• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

Stambha News by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
in विशेष, स्वास्थ्य
0
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

​चन्द्रागिरि, काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखामा चरम लापरबाही र भद्रगोल अवस्था फेला परेको छ। नगरभित्रका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म नियमित रूपमा वितरण गरिने संवेदनशील औषधि र भ्याक्सिन (खोप) को ओसारपसार र आपूर्ति प्राविधिक ज्ञान नभएका कार्यालय सहयोगीमार्फत गराइने गरेको पाइएको छ।

​औषधिको नाम र त्यसको संवेदनशीलता समेत थाहा नहुने तल्लो तहका कर्मचारीलाई स्वास्थ्य जस्तो गम्भीर र प्राविधिक जिम्मेवारी सुम्पिँदा जनस्वास्थ्यमा गम्भीर संकट निम्तिने खतरा बढेको छ। यस कदमप्रति चन्द्रागिरिका स्थानीय बासिन्दाहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।

​प्रमुख महतोको ‘बेइमानी’ र स्वास्थ्यमा भद्रगोल

​नगर स्वास्थ्य शाखाका प्रमुख शम्भु कुमार महतोको गैरजिम्मेवारपूर्ण कार्यशैली र बेइमानीका कारण यो स्थिति सिर्जना भएको स्थानीयको आरोप छ। भ्याक्सिन र जीवनरक्षक औषधिहरूको भण्डारण, तापक्रम (Cold Chain) व्यवस्थापन र वितरण अत्यन्तै संवेदनशील प्राविधिक प्रक्रिया हो। यसका लागि निश्चित स्वास्थ्य प्रविधिक वा फर्मासिस्टको आवश्यकता पर्दछ।
​तर, चन्द्रागिरि स्वास्थ्य शाखाले भने जनशक्ति व्यवस्थापनमा ध्यान नदिई कार्यालय सहयोगीलाई नै औषधि बाँड्ने काममा खटाएको छ। जसका कारण गलत औषधि आपूर्ति हुने वा तापक्रम नमिल्दा भ्याक्सिन नै निष्क्रिय हुने उच्च जोखिम बढेको छ।

​कार्यक्रमका नाममा भत्ता स्वाहा, जिम्मेवारी कसको?
​एकातिर औषधिको संवेदनशीलता र जनशक्ति व्यवस्थापनमा ध्यान दिइएको छैन, भने अर्कोतिर स्वास्थ्य शाखाभित्र बजेटको व्यापक दुरुपयोग भइरहेको गुनासो बढेको छ। विभिन्न तालिम, अभिमुखीकरण र अनुगमनका नाममा दैनिक भत्ता र बजेट भने व्यापक रूपमा सिध्याउने काम भइरहेको स्रोतको दाबी छ।
​यस्तो भद्रगोल अवस्थाका बीच भोलि नागरिकको स्वास्थ्यमा कुनै गम्भीर असर परेमा वा औषधिको गलत प्रयोगका कारण कुनै दुर्घटना भएमा यसको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न खडा भएको छ।

​स्थानीय आक्रोशित, तत्काल छानबिनको माग
​स्वास्थ्य शाखाको यो कदम सार्वजनिक भएपछि चन्द्रागिरिका स्थानीयबासी र सरोकारवालाहरू आक्रोशित बनेका छन्। उनीहरूले नगरबासीको स्वास्थ्यमाथि खेलबाड गर्ने स्वास्थ्य शाखा प्रमुख महतोमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न र स्वास्थ्य क्षेत्रको बेथिति अन्त्य गर्न नगरपालिका प्रशासनसँग माग गरेका छन्।

Facebook Comments Box
Previous Post

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

Next Post

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ असार १३, शनिबार १४:१७
Next Post
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८३ असार १३, शनिबार १४:१७
दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

२०८३ असार १३, शनिबार १४:१७
धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

धरहरा सहित देशका केही संरचना सञ्चालन जिम्मा सरकारले निजी क्षेत्रलाई दिने

२०८३ असार १३, शनिबार १४:१७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?