• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

मध्यरातमा पेप्सीकोला प्लानिङमा आगलागीको ताण्डव: सेना र महानगरको टोलीद्वारा नियन्त्रण, भीषण आगलागी: करोडौँको क्षति, मानवीय हताहत टर्यो

Stambha News by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
in विशेष, समाज, स्तम्भ विशेष
0
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

—Khem Raj Adhikari

स्तम्भन्युज खबर

काठमाडौं, १९ भाद्र

काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला प्लानिङ क्षेत्रमा गएराति भीषण आगलागी भएको छ। यस दुर्घटनाबाट १० वटा पसल र ३ वटा पक्की घरमा क्षति पुगेको छ भने ६ भन्दा बढी घर–टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगलागीको सूचना प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाको जुद्ध वारुणयन्त्र कार्यालयबाट कार्यालय प्रमुख तथा महानगर प्रहरी डीएसपी लीलाराज गच्छाको नेतृत्वमा ३ वटा दमकल, ३० जना अग्नि नियन्त्रक र २ वटा पानी ट्याङ्करसहितको टोली तत्काल घटनास्थलमा खटाइएको थियो। आगलागी नियन्त्रणका लागि नेपाली सेना र छिमेकी पालिकासँगको समन्वयमा अन्य दमकलहरू समेत परिचालन गरिएको थियो। आगलागीको क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको बताइएको छ।

यस घटनाका कारण काठमाडौं क्याफे, बम्बू कटेज (Bamboo Cottage), तरकारी पसल, सेकुवा क्याफे तथा खाद्यान्न पसललगायतका विभिन्न व्यवसाय र संरचनाहरूमा ठूलो क्षति पुगेको छ।

महानगरपालिकाका अग्नि नियन्त्रक टोलीको अविरल प्रयास र सुरक्षाकर्मीको सक्रियताले आगो पूर्णरूपमा नियन्त्रणमा लिन सफल भएको छ। यस ठूलो दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको अधिकारीहरूले पुष्टि गरेका छन्।

सतर्कता अपनाउन महानगरको अपिल

यस घटनाले आगलागी नियन्त्रणपछिको प्रयासभन्दा पनि आगलागी हुन नदिन पूर्वतयारी र सावधानी अपनाउनु अति आवश्यक रहेको देखाएको छ। महानगरपालिकाले ग्यास सिलिन्डर, विद्युतीय उपकरण तथा सम्भावित आगलागीका अन्य स्रोतहरूको सुरक्षित व्यवस्थापन गर्न, अग्नि नियन्त्रणसम्बन्धी सामग्रीको तयारी राख्न र प्रभावकारी आपतकालीन योजना बनाउन सम्बन्धित सबैमा जोडदार अपिल गरेको छ।

Facebook Comments Box
Previous Post

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

Next Post

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८३ भाद्र १९, शुक्रबार ०६:१३
Next Post
बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

२०८३ भाद्र १९, शुक्रबार ०६:१३
FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८३ भाद्र १९, शुक्रबार ०६:१३
त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

त्रिविको सम्पूर्ण पठनपाठन कात्तिक १० गतेसम्म बन्द

२०८३ भाद्र १९, शुक्रबार ०६:१३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?