काठमाडौं २५ । धापासी जेसीजको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । बिहिबार आयोजित एक समारोहबीच धापासीं जेसीज वर्ष २०२४ का अध्यक्ष प्रबल गौतमले वर्ष २०२५ का अध्यक्ष सुजिना डंगोल लाई पदभार हस्तान्तरण गरेका हुन् ।
पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै जेसीज पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि शिव राज खनालले निती नियम, बिधी र बिधान तथा पदभारको उचित कार्यान्नयन, लोकतन्त्र र देशको सुशासन प्रबर्धनमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
समारोहमा धापासी जेसीज वर्ष २०२५ की अध्यक्ष सुजिना डंगोलले यो वर्ष नेपाल जेसीजमा रहेको बिभिन्न चार बिधा भित्र रही उत्कृष्ट कार्यहरु समाजमा गर्दै जाने र विविध कार्यक्रम गरिने बताईन । उनले युवा उद्यमशिलता, अन्तराष्ट्रिय स्तरको तालिम, स्वास्थ्य शिबिरहरु तथा टोखा नगरपालिकाको संस्कृति प्रबर्धन र सामाजिक सेवाको क्षेत्रमा आगामी वर्ष प्रभावकारी कार्ययोजनासहित काम गरिने बताईन । तसर्थ धापासी जेसीजमा महासचिवमा अर्जुन गिरी, कानुनी सल्लाहकारमा रिता के.सी. भण्डारी र कोषाध्यक्षमा दिवाकर सुबदी लाई नियुक्त समेत गर्नु भयो । यसै गरी बर्ष २०२५ का अन्य पदहरु १९ औ अधिवेशन बाट निर्बिरोध निर्वाचित भैसकेको थियो । कार्यकारीणी उपाध्यक्षमा २ र उपाध्यक्षमा ४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित हुने कार्यकारीणी उपाध्यक्ष मा बिपुल घिमिरे र ईन्द्रजित कुमार यादब रहेका छन् भने उपाध्यक्षमा डा. सिजन कोर्जु, अमृत भण्डारी, संगिता भार्ट र कामना कुमारी रेग्मी रहेका छन् ।
समारोहमा धापासी जेसीजका कार्यहरुमा सहयोग पुर्याउनें व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।











