• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

Stambha News by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
in विशेष, स्तम्भ विशेष
0
बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

बागेश्वरी मन्दिर, नेपालगञ्ज

दशै नजिकिदै जादा बागेश्वरी मन्दिरमा भिडभाड दिन प्रतिदिन बढ्दै गईरहेको छ । पश्चिम नेपालमा अवस्थित बागेश्वरी मन्दिर एक प्रशिद्ध मन्दिर  हो । बाँके जिल्लाको नेपालगञ्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ । सतीदेवीको जिब्रो पतन भएकोले पहिले बाक्यश्वरी, बाग्यश्वरी हुदै बागेश्वरी नाम रहन गएको जनश्रुती छ । यहाँ पशुपति जान आएका बाबा र चेलाले रात बिताएको र सपनामा देवीले आफ्नो थान उक्त स्थानमा रहेको बताएपछि उक्त स्थानको पहिचान भएको थियो । खोज्दै जादा खाल्डो भएको ठाउँ देवीको थान भएकोले त्यसैलाइ आधार मानी मन्दिर स्थापना गरिएको थियो । सोहि खाडलमा अहिले पनि खुला दर्शन गराउने गरिन्छ ।

यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ। मुख्य पुजारी मन्दिर स्थपना गर्दा बाबासँगै आएका चेलाको पुस्ता रहेकोछ । अहिले २४ औं पुस्ता चन्द योगी रहेका छन् । मन्दिर स्थापना गर्ने बाबाको समाधि पिपल बोट छेउमा छ । दशैमा सप्तमी, अष्ठमी, नवमीमा ठुलो भिड हुने गर्छ । सप्तमीमा फुलपाती भित्राउने काम सेना प्रहरीले गर्छन् । अष्ठमीमा बली दिने गरिन्छ । दशैको दशौ दिनसम्म भिड हुन्छ । तिज, शिवरात्री, जनैपूणिर्मा, तिहार सबै हिन्दु पर्वमा भिड हुनेगर्छ ।

माता बागेश्वरीमा भकल गरी पुजा विधि गरे मागेको पुरा हुने विश्वास गरिन्छ । ठूलो तलाउको नजिकै रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो। यो मन्दिर २०२५, २०३३ पछि धेरै पटक पुर्ण निर्माण गरेर भव्य स्वरुप पाएकोछ । अहिले तामाले छाएको निकै ठुलो आकर्षक प्यागोडा शैलीको मन्दिर छ । छेउछाउमा मण्डप, शनी मुर्ती, गणेश मुर्ति, नाग मुर्ती, रामसिता मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर रहेकोछ । मन्दिरको छेउमा सिद्ध पोखरी रहेकोछ । जसको बिचमा महादेवको मन्दिर जुन अहिले निर्माधिन अवस्थामा रहेको छ । जुघा भएको महादेवको एकमात्रै मन्दिर उक्त पोखरीमा रहेको छ ।

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ। असोज (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ।

महत्त्व

शक्तिवादका अनुयायीहरूका लागि, यो देवी दुर्गाको विजयको प्रतिनिधित्व गर्दछ। हिन्दु धर्मशास्त्रमा महिषासुर दानवले देवलोक (देवताहरू बस्ने संसार)मा आतङ्क मच्चाएका थिए तर दुर्गाले राक्षसहरूलाई मारेकी थिइन् । दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो। दसौं दिन त्यो दिन हो जब दुर्गाले अन्ततः उनलाई पराजित गरेकी थिइन्। अन्य हिन्दुहरूका लागि यो चाड रावणमाथि रामको विजयको प्रतीक हो जुन रामायणमा वर्णन गरिएको छ ।

आयू द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते॥

Facebook Comments Box
Previous Post

जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

Next Post

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०७:०४
Next Post
दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

२०८१ आश्विन २३, बुधबार ०७:०४
देशका यी स्थानमा शुक्रबार वर्षा रहने

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

२०८१ आश्विन २३, बुधबार ०७:०४
नाडा अटाे शाे  आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

नाडा अटाे शाे आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

२०८१ आश्विन २३, बुधबार ०७:०४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?