• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

Stambha News by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
in राजनीति, विशेष
0
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ ।

    राष्ट्रिय जनमोर्चाले चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको कार्यपत्र प्रस्तुतिसँगै २०८२ चैत २१ गते शनिबार बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

राजमोका कावा अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षता तथा महासचिव मनोज भट्टको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा नै “चुनावको मूल्याङ्कन र नेपालको परराष्ट्रनीतिका बिचको सम्बन्ध” विषयक अवधारणापत्र प्र्रस्तुत गरिएको थियो । त्यससँगै कार्यपत्रमाथि विचार राख्ने क्रम सुरु भएको थियो ।

युथ काउन्सिल खारेज गर्नुपर्दछ : पोखरेल

कार्यपत्रमाथि विचार राख्दै नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोखरेलले काठमाडौँस्थित अमेरिकी दूताबासद्वारा सञ्चालित युथ काउन्सिल खारेज हुनुपर्ने माग गर्नुभयो ।

‘अमेरिका नेपालीले कुनै सङ्गठन खोल्नुपर्‍यो भने त्यहाँ संस्था दर्ता गर्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘यहाँ भने अमेरिकी दूताबासले युथ काउन्सिल खोलेर आफ्ना साम्राज्यवादी स्वार्थको पक्षमा कथित नेतृत्व विकासको तालिम दिइरहेको छ ।’

२०६४ सालमा तत्कालीन माओवादी पार्टी संसद्मा ठुलो शक्तिको रूपमा देखा परेलगत्तै अमेरिकाले युथ काउन्सिल खोलेको दाबी गर्दै उहाँले त्यसलगत्तै अमेरिकाले एमसिसी पारित गराउनमा सफलता प्राप्त गरेको बताउनुभयो ।

नेपाली सेनाले सन् २०१५ र २०१७ मा एसपिपीमा सामेल हुनका लागि दुईपटक पत्र पठाइसकेको बताउँदै उहाँले अहिले एसपिपी संसद्बाट पारित नगरेरै पनि लागु गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

असंलग्नता नै परराष्ट्रनीति : साउद

नेपाली कङ्ग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपालले २०७२ सालको संविधानमार्फत असंलग्न परराष्ट्रनीति अँगालेको स्पष्टीकरण दिनुभयो ।

जुनसुकै देशले पनि परराष्ट्रनीति निर्धारण गर्दा आन्तरिक सुरक्षालाई प्राथमिकतामा राख्ने गरेको बताउँदै उहाँले असंलग्न परराष्ट्रनीतिमार्फत् नै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता सुरक्षित हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हाम्रो देशको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नका लागि असंलग्नता नै सही परराष्ट्रनीति हो ।’

परराष्ट्रनीति कुनै व्यक्ति, पार्टी वा सरकारले चाहेर फरक हुन नसक्ने स्पष्ट पार्दै उहाँले विश्वको भौगोलिक अवस्थाअनुसार नै त्यसको निर्धारण हुने बताउनुभयो ।

मन्तव्यको क्रममा आर्थिक समृद्धिसँगै स्वतन्त्र तथा असंलग्न परराष्ट्रनीतिको कार्यान्वयन हुन सक्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताका लागि एकजुट बनौँ : तामाङ

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता सीताराम तामाङले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

फागुन २१ गतेको चुनावपछि देशको राष्ट्रिय स्वाधीनता बचाउन बेग्लै मोर्चा आवश्यक रहेको उहाँको तर्क थियो ।

‘हिजो एमसिसीको विरोध गर्दा हामीले प्रहरीको लाठी खाएका थियौँ’ उहाँले भन्नुभयो– ‘आज एसपिपी पारित गर्न तयार नभएकाले तिनै साथीहरूलाई सत्ताच्यूत गरिएको छ । अब हामी सबै मिलेर देशभक्त जनताको तर्फबाट राष्ट्रिय मोर्चा बनाउनुपर्दछ ।’

उहाँले राष्ट्रियताको सन्दर्भमा उत्तरतिर हिँड्न खोजेकोमा दक्षिणमुखी भएकाले समस्या बल्झिएको बताउँदै मिल्न सक्नेजति दल वा पक्षहरू मिलेर सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

भूराजनीतिक संवेदनशीलताको ख्याल गरौँ : भट्टराई

नेकपा (एमाले) का नेता डा. राजन भट्टराईले परराष्ट्रनीतिको सन्दर्भमा भूराजनीतिक संवेदनशीलताको ख्याल गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘हामीले हाम्रो देशको भूराजनीतिक संवेदनशीलताको ख्याल गर्नुपर्दछ’ उहाँले भन्नुभयो– ‘संविधानमा नै नेपालको यस्तो संवेदनशीलताको स्मरण गरेर असंलग्न परराष्ट्रनीति स्वीकार गरिएको छ ।’

उहाँले राष्ट्रिय एकता कायम गरेर देशको रक्षा गर्दै अगाडि बढ्न असंलग्न परराष्ट्रनीति नै सही विकल्प भएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कुनै पनि अन्तर्राष्ट्रिय सन्धिसम्झौता नमान्ने अभिव्यक्तिले गर्दा विश्वका कमजोर देशहरू अहिले पनि औपनिवेशिक भूमिकामा रहेको उहाँको भनाइ थियो ।

समदुरी परराष्ट्रनीति अपनाऔँ : नरेन्द्र

नेकपा (माओवादी) का नेता नरेन्द्र सीले दुई छिमेकी देशसित समदुरीको सिद्धान्त अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

‘हामीले दुई छिमेकी देशरू भारत र चीनसित समदुरीको सिद्धान्तको आधारमा परराष्ट्रनीति िअनाउनुपर्दछ’ उहाँको भनाइ थियो ।

अहिलेको विश्व शान्तिको सट्टा द्वन्द्वतर्फ अगाडि बढिरहेको बताउँदै उहाँले साम्राज्यवादले ‘म्याड म्यान डिप्लोमेसी’ अपनाउँदै गइरहेको बताउनुभयो ।

साम्राज्यवादीको विश्वव्यापी चलखेलले गर्दा नयाँ परिस्थिति उत्पन्न भएको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘स्वाधीनताको सन्दर्भमा अब नयाँ तरिकाले विचार गर्नुपर्ने भएको छ ।’

उहाँले पनि राष्ट्रिय स्वाधीनताको रक्षा गर्न देशभक्त शक्तिको एकतामा जोड दिनुभयो ।

एसपिपीसँगै खम्पा विद्रोहको सम्भावना : श्रेष्ठ

पूर्व परराष्ट्रमन्त्री हिरण्यलाल श्रेष्ठले यदि नेपालले एसपिपी लागु गर्दछ भने त्यससँगै खम्पा विद्रोहजस्तो घटना दोहोरिन सक्ने बताउनुभयो ।

अमेरिकाले चीनको विरुद्ध खम्पा विद्रोह प्रायोजित गरेको बताउँदै उहाँले अहिले एसपिपीसँगै त्यो खतरा पुन: दोहोरिएको जिकिर गर्नुभयो ।

‘एसपिपीमार्फत अमेरिकाले फेरि खम्पा विद्रोह प्रायोजित गर्न सक्दछ’ उहाँले भन्नुभयो– ‘हामीले यसबारे नेपाली जनतालाई साम्राज्यवादी षड्यन्त्रको भण्डाफोर गर्दै सही शिक्षा दिनुपर्दछ ।’

फरक प्रसङ्गमा उहाँले फेरि एकपटक शान्ति क्षेत्रको प्रस्ताव गर्नुपर्ने दिन आएको बताउनुभयो । चीनविरोधी अमेरिकी युद्धमैदान होइन, नेपाल शान्तिक्षेत्र बन्नुपर्ने उहाँको धारणा थियो ।

युक्रेनजस्तै बनाउने प्रयास : त्रिपाठी

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नेपाललाई युक्रेनजस्तै बनाउने प्रयत्न भइरहेको अवधारणा अगाडि सार्नुभयो ।

‘युक्रेन तटस्थ राष्ट्र थियो । ऊ अमेरिका वा नेटोजस्ता सैन्यशक्तिबाट तटस्थ हुन चाहान्थ्यो’ उहाँले भन्नुभयो– ‘त्यहाँ जेलेन्स्कीलाई अगाडि सारियो । तटस्थता त्याग गर्दा युक्रेनको अवस्था कस्तो छ ? स्पष्टै छ ।’

अहिले गठन भएको बालेन सरकार पनि संविधान, परराष्ट्रनीति र भूराजनैतिक संवेदनशीलता नबुझ्ने प्रकारको भएको उहाँको आरोप थियो ।

उहाँका अनुसार अहिलेको सरकार संविधान भनेको कुन रुखमा फल्छ भनेर सोध्ने खालको विचारविहीन भएको भन्दै व्यङ्ग्य गर्नुभयो ।

दलकै कमजोरीले विदेशी हस्तक्षेप : सुवेदी

साउदी अरबका लागि पूर्व राजदूत नवराज सुवेदीले सत्तारूढ दलकै कमजोरीका कारणले विदेशी हस्तक्षेप बढेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो– ‘विदेशीलाई सुँड घुसार्न दिने हाम्रै देशका सत्तारूढ राजनीतिक दल हुन् ।’

राजनीतिक दलहरू परराष्ट्रनीतिको मामिलामा चुकेको बताउँदै उहाँले पछिल्लो समयमा ओलीले चीन भ्रमणमा कूटनीतिक अपरपक्वता प्रदर्शन गरेको जिकिर गर्नुभयो ।

परराष्ट्रनीतिको मामिलामा कमसेकम सत्तारूढ राजनीतिक दलहरू एकै ठाउँमा उभिन नसक्नुलाई उहाँले गम्भीर कमजोरीको संज्ञा दिनुभयो ।
उहाँले देशभक्त शक्तिलाई समेटेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोर्चा बनाउनुपर्ने धारणासमेत राख्नुभयो ।

चीनविरोधी अमेरिकी प्रभाव विस्तारमा अमेरिका : शर्मा

अस्ट्रेलियाका पूर्व राजदूत अजय शर्माले चीनको विरुद्ध अमेरिकी प्रभाव विस्तार गर्ने अमेरिकी प्रयासमा अहिले नेपाल पनि परेको बताउनुभयो ।

‘पछिल्लो समयमा चीनलाई घेराबन्दी गर्ने अभियानमा अमेरिका अगाडि बढिरहेको छ’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा अमेरिकाले नेपालमा आफ्नो प्रभाव विस्तारलाई प्राथमिकता दिएको छ ।’

चीनले आफूलाई अहिले पनि पञ्चशील र संयुक्त राष्ट्र सङ्घको बडापत्र पालनकर्ता रहेको पुष्टि गरिरहेको बताउँदै उहाँले अमेरिका भने चीनलाई विश्वव्यापी दुस्मन घोषणा गरेर नेपाललाई उपयोग गर्न खोजेको बताउनुभयो ।

उहाँले नेपालमा राजनीतिक दललाई समेत अमेरिकाले उपयोग गर्न खोजिरहेको धारणा राख्नुभयो ।

सिआइएले पुराना विरोधी भाष्य बनायो : दाहाल

परराष्ट्र मामिलाका जानकार विन्देश दाहालले अमेरिकी जासुसी संस्था सिआइएले नेपालमा बुढापुराना विरोधी भाष्य खडा गरेको आरोप लगाउनुभयो ।

‘सिआइएको योजनामा एउटा एनजिओले बुढापुरानाबाट केही हुन्न, अब युवाहरू उठ्नुपर्दछ भन्ने भाष्य बनाउन देशव्यापी प्रशिक्षण दियो’ उहाँले भन्नुभयो– ‘त्यति मात्र होइन, चीन एउटा निरङ्कुश देश हो भनेर कम्युनिस्ट विरोधी मानसिकता तयार पार्न पनि उसले काम गर्‍यो ।’

अहिले नयाँ सरकारलाई दलाई लामा मात्रै होइन, पाकिस्तानको पृथकतावादी समूहले समेत बधाई दिनुले वर्तमान सरकारलाई विदेशीले उपयोग गर्न खोजेको उहाँको दाबी थियो ।

अमेरिकाले नेपाललाई आफ्नो इन्डोप्यासिफिक भौगोलिक सीमामा राखेको स्पष्ट पार्दै उहाँले राष्ट्रिय स्वाधीनताको पक्षमा सचेत रहनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अन्तमा अवधारणा प्रस्तोता महामन्त्री सिंहले कार्यक्रममा उपस्थित भएर आआफ्ना धारणा राख्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

Facebook Comments Box
Previous Post

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

Next Post

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ चैत्र २२, आईतवार ०६:१५
Next Post
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

विक्रमलाई आक्रण गराउने मूख्य योजनाकार लक्ष्मी दुबईमा मस्ती गर्दै, किन बढेन इन्टरपोलमार्फत पक्राउको प्रक्रिया ? (भिडियो सहित)

२०८२ चैत्र २२, आईतवार ०६:१५
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत्र २२, आईतवार ०६:१५
रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

२०८२ चैत्र २२, आईतवार ०६:१५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?