पुष २९, काठमाडौ । फास्ट फूड एसोसिएसन नेपालले आफ्नो नव निर्वाचित कार्यसमितीको पदभार ग्रहण गरेको छ । सोमबार होटल ए वन भेन्युु कोटेश्वरमा आयोजित एक समारोह बीच आठौ राष्ट्रिय अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । आठौ अधिवेशनबाट अध्यक्षमा होम राज श्रेष्ठ सर्बसम्मत रुपमा चयन भएका हुन । उक्त अधिवेशनमा महत्वपुर्ण भागका केही भाग बिधान समेत संशोधन गरिएकोमा जिल्ला प्रशासन कार्यालय बाट प्रमाणित गर्न बाकी रहेको समेत जानकारी गराउनु भयो । नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ जसमा उपाध्यक्षहरू रामकाजी भण्डारी, नविन श्रेष्ठ, महासचिवमा राकेश श्रेष्ठ, सचिवहरूमा भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ, सदस्यहरुमा रविन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुवास श्रेष्ठ, सुवास श्रेष्ठ, महेन्द्र श्रेष्ठ, तुलसी श्रेष्ठ रहनु भएको छ । पदभार हस्तान्तरण तथा सम्मान कार्यक्रममा बोल्दै संस्थापक अध्यक्षले संस्थाको गरिमा राख्न हर संवत काम गर्ने बताउनु भयो ।










