• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजदेखि सुरू, टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ

Stambha News by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
in समाज
0
नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजदेखि सुरू, टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ । जसमा देशभरका १०० विद्यार्थीले अन्तिम प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन्। टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ रहेको यो प्रतियोगिता फागुन १६ (आज) देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। प्रतिस्पर्धीहरूले अर्थशास्त्र, वित्तीय साक्षरता र व्यावसायिक चिन्तनलगायतका क्षेत्रमा आफ्नो दक्षता प्रमाणित गर्नेछन्।

यस वर्षको ओलम्पियाडका लागि प्रारम्भिक चरणमा कुल १,७२४ विद्यार्थीले आवेदन दिएका थिए। सातै प्रदेशका १८५ विद्यालय तथा कलेजका विद्यार्थीले क्षेत्रीय छनोटमा भाग लिएपछि उत्कृष्ट १०० प्रतिस्पर्धी राष्ट्रिय चरणका लागि छनोट भएका हुन्। अब उनीहरूले तार्किक सोच, वित्तीय विश्लेषण र जटिल आर्थिक समस्याहरू समाधान गर्ने क्षमतामा परीक्षा दिनुपर्नेछ।

राष्ट्रिय चरणमा उत्कृष्ट ठहरिएका पाँच विद्यार्थीले आगामी जुलाईमा अजरबैजानको बाकुमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यसैगरी, अन्य पाँच प्रतिस्पर्धीले अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा सहभागी हुने अवसर पाउनेछन्।

प्रतियोगितामा बिजनेस केस एनालिसिस, वित्तीय साक्षरता सत्र, आर्थिक समस्यासँग सम्बन्धित तार्किक परीक्षण र सिमुलेशन गेमहरू समावेश गरिनेछन्। नेपालका अनुभवी अर्थशास्त्री, वित्तीय विज्ञ तथा शैक्षिक प्रशिक्षकहरूले प्रशिक्षण सत्र सञ्चालन गर्ने योजना गरिएको छ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक दीपक भण्डारीले यस प्रतियोगिताले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने क्षमतावान् बनाउने उल्लेख गरे। उनका अनुसार, यो ओलम्पियाड केवल ज्ञान परीक्षण गर्ने स्थल नभएर भविष्यका अर्थशास्त्री, नीति निर्माता तथा व्यावसायिक नेतृत्व विकास गर्ने महत्त्वपूर्ण अवसरसमेत हो।

यस वर्षका उत्कृष्ट विद्यार्थीहरूले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड र अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड सँगै विश्व इकोनोमिक्स कप, अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड र इकोनोमिक्स एसिया कन्भेन्सन जस्ता प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडले केवल प्रतिस्पर्धा नभएर ज्ञान, सोच, नवाचार र व्यावसायिक क्षमताको परीक्षण गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ। यो ओलम्पियाड नेपाली विद्यार्थीहरूलाई वित्तीय साक्षरता, आर्थिक निर्णय क्षमतामा दक्ष बनाउँदै, अन्तर्राष्ट्रिय स्तरमा चुनौती सामना गर्न तयार पार्ने एक महत्त्वपूर्ण मञ्च बन्दै गएको छ।

नेपाल इकोनोमिक्स ओलम्पियाड नेपालमा आर्थिक शिक्षा र वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक महत्त्वपूर्ण प्रतियोगिता हो। यो नेपालका विभिन्न विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूको लागि आयोजना गरिन्छ, जसमा आर्थिक सन्दर्भमा गहिरो ज्ञान र विश्लेषणात्मक क्षमता प्रदर्शन गर्न प्रतिस्पर्धा गरिन्छ।

नेपाल इकोनोमिक्स ओलम्पियाडको इतिहास सन् २०१९ मा शुरू भएको हो, र त्यसपश्चात यसले विद्यार्थीहरूको बीचमा आर्थिक बोध र सोचको स्तरलाई महत्त्वपूर्ण रूपमा सुधार गरेको छ। प्रतियोगिता वित्तीय व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार, सरकारी नीति, र सामाजिक(आर्थिक समस्यामा आधारित प्रश्नहरूको उत्तर दिनमा केन्द्रित हुन्छ।

यो प्रतियोगिता तीन चरणमा विभाजित हुन्छ। पहिलो चरणमा विद्यालय स्तरका प्रतिस्पर्धीहरूलाई छनोट गरिन्छ। दोस्रो चरणमा क्षेत्रीय स्तरका विद्यार्थीहरू सामेल हुन्छन् भने त्यहाँबाट छनोट भएर आएका विद्यार्थीहरूले तेस्रो चरण अर्थात् राष्ट्रिय प्रतियोगितामा भाग लिई अन्तर्राष्ट्रियका लागि छनोट हुन्छन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडले विद्यार्थीहरूलाई विश्वव्यापी आर्थिक समस्याहरूको समाधान खोज्न प्रेरित गर्छ, जसले नेपालको आर्थिक क्षेत्रको भविष्यमा योगदान पुर्याउन मद्दत गर्छ। यस ओलम्पियाडका विजेताहरूलाई विभिन्न छात्रवृत्ति र पुरस्कारहरू प्रदान गरिन्छ, जसले उनीहरूलाई आर्थिक क्षेत्रका क्यारियर विकल्पहरूमा प्रगति गर्न थप अवसर प्रदान गर्छ।

Facebook Comments Box
Previous Post

टेक्नो स्मार्टफोनमा डीपसीक एलएलएमः अब झन् स्मार्ट र शक्तिशाली हुने

Next Post

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
Next Post
गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बिच कडा प्रतिस्पर्धा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

२०८१ फाल्गुन १६, शुक्रबार १५:४१
राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

राति १० बजेबाट सेना परिचालन, नेपाली सेनाको विज्ञप्ति

२०८१ फाल्गुन १६, शुक्रबार १५:४१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?