• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

शिक्षालाई व्यवसायमुखी र उत्पादन केन्द्रित बनाउन आवश्यक नगर प्रमुख गिरी

Stambha News by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
in समाज
0
शिक्षालाई व्यवसायमुखी र उत्पादन केन्द्रित बनाउन आवश्यक नगर प्रमुख गिरी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका-१ दहचाेक स्थित ऋचा सह शिक्षा सदनले आफ्नो ३५औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, विशेष अतिथि हरिश्याम राना मगर विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरीले शिक्षालाई व्यवसायमुखी र उत्पादन केन्द्रित बनाउन आवश्यक रहेको बताए। उनले वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्दै सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे। साथै, विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षामा जोड दिँदै यसको विकासका लागि नगरपालिका सधैं सहयोगी रहने प्रतिवद्धता जनाए।

विद्यालयका प्रधानाध्यापक सतिस खड्काले कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावक, अतिथि तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे। संस्थापक प्रधानाध्यापक नवराज खड्काको योगदानलाई नगर प्रमुख गिरीले उच्च सम्मान गर्दै विद्यालयलाई यस स्थानसम्म पुर्‍याउन उनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

ऋचा सह शिक्षा सदनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अतिस खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताए ।

उनका अनुसार विद्यालयमा भौतिक पूर्वाधार सुधारसँगै अध्यापन शैलीलाई आधुनिक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। “विद्यार्थीको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक बीचको समन्वय महत्वपूर्ण छ। अभिभावकको सुझाव र सहभागिता बिना प्रभावकारी शैक्षिक सुधार सम्भव छैन,” खड्काले भने।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले दर्जनौँ सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, तथा वाद्यवादन प्रदर्शन गरेका थिए। कार्यक्रममा मयुर नित्य विशेष रहेकाे स्थानीय अभिभावक तथा सञ्चारकर्मी यमन पाैडेलले बताए ।

विद्यालयबाट यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरूलाई विशेष सम्मान गर्दै विदाइसमेत गरिएको थियो।

कार्यक्रममा नेकपा (एमाले) दहचोकका प्रतिनिधि राजन गिरी, माओवादी केन्द्रका राजन गिरी, जसपाका राजु रोक्का लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप भव्य बनाएको थियो।

विद्यालयको ३५ वर्षको यात्रामा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको निरन्तर सहयोग रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।

तस्बिरहरू : प्रविन बागटी 

Facebook Comments Box
Previous Post

अर्जुन घर्ति मगर अखिल (क्रान्तिकारी) पशुपति क्याम्पस सभापति पदका उम्मेदवारमा सर्वसम्मत

Next Post

समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ फाल्गुन १७, शनिबार १७:३६
Next Post
समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

समाज डेन्टल अस्पतालको सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८१ फाल्गुन १७, शनिबार १७:३६
मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

२०८१ फाल्गुन १७, शनिबार १७:३६
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका बिधुतमन्त्री नेपाल आउँदै

२०८१ फाल्गुन १७, शनिबार १७:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?