• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’

Stambha News by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
in विशेष, स्तम्भ विशेष
0
मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । ‘की मोबाइल खेल्न दिनु, नभए घुमाउन लैजानु’ भनेर छोराले दुई सर्त राखेपछि पोखरा फुलबारी सिम्लेपानीकी इन्दु पौडेलले घुमाउन ठिक ठानिन्  । मोबाइल माग्दै रोइरहेको छोरालाई लिएर उनी नजिकैको लेकसाईड खरा स्थित पोखरा डिज्नील्याण्ड’ पुगिन् ।

पोखरा डिज्नील्याण्ड’ मा थुप्रै खेलौँनासँग खेल्दा खेल्दै छोराले मोबाइल बिर्सिएपछि पौडेलले भनिन्, “मोबाइल हेर्नुभन्दा त पोखरा डिज्नील्याण्डमा खेलाउनु नै ठिक नि ।” दसैँतिहार पर्वको अवसरमा सबै विद्यालय बन्द छन् । बालबालिका स्कुल बिदा भएकाले घरमै बस्न बाध्य छन् । बालबालिकालाई भुलाउने र खेलाउने थलो खोज्दै अभिभावकले फन पार्क रोजेका छन् ।

बैदामकी शोभा बरालकी अचेल नातिनातिनिलाई घुमाउन फन पार्क र बाल उद्यान पुग्छिन् । दसैँतिहार पर्वमा एक महिनाको स्कुल बिदा भएकाले दिनभरी बालबालिकालाई खेलाउन उनलाई बाल उद्यान खोज्नु परेको हो ।

कोठामा राख्दा राख्दै केटाकेटीले खाली मोबाइल र टेलिभिजनमा झुम्मिने बानीदेखि जोगाउन उनले पनि फन पार्क घुमाउन आउने गरेको बताइन् । फन पार्कमा नातिनातिलाई खेलाउँदै गरेकी बरालले खुला चौर र प्रशस्त खेल्ने स्थानको अभाव भएको हुँदा बालबालिकालाई फन पार्क ल्याउनु परेको सुनाइन् ।

लामाचौरकी दुर्गा पौडेललाई सात वर्षे छोराको मानसिक र शारीरिक विकासमा निकै चासो छ । स्कुल बिदाको समयमा उनी जति सक्दो धेरै छोरासँग खेल्न र खेलाउन रुचाउँछिन् । “फन पार्कमा आउँदा म पनि बच्चा जस्तै हुन्छु”, उनले भनिन्,“पर्वको बेला परिवार र छोराछोरीलाई भरपुर समय दिने मन हुन्छ ।”

लामाचौरकी दुर्गा पौडेलले भने जस्तै, महेन्द्रपुलका कृष्ण प्रसाद अधिकारी ले जागिरको व्यस्तता छिचोल्दै १० वर्षको छोरी लिएर फन पार्कमा रमाउन आएको बताए । स्कुल हुँदा छोरी र बुबाको भेटघाट नै मुस्किलले हुने गर्ने बताउँदै उनले छुट्टीमा सकभर छोरीलाई खेलाउने योजना रहेको बताए ।

पर्वको अवसरमा झन्डै एक महिना स्कुल बिदा भएपछि फन पार्कमा बालबालिका खेल्ने र घुम्न आउने सङ्ख्या बढेको काठमाडौँ फन पार्कका कर्मचारी राजकुमार खत्रीले बताए । उनका अनुसार अरु बेला शनिबार बालबालिकाको बढी घुइँचो लाग्ने गथ्र्याे भने अहिले हरेक दिन बालबालिका आउन थालेका छन् । दसैँतिहार पर्वमासमेत फन पार्क खुला हुने उनले बताए।

सौजन्य:  खेम राज अधिकारी 

Facebook Comments Box
Previous Post

बाँकेको बागेश्वरी मन्दिरमा दर्जनौँले छेडे जिब्रो

Next Post

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन २६, शनिबार ०४:५६
Next Post
आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

आज दुर्गा भवानीको मूर्ति सेलाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

कश्यप गोत्रीय अधिकारी प्रतिष्ठान बागमतीको प्रथम अधिवेशन सम्पन्न

२०८१ आश्विन २६, शनिबार ०४:५६
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

२०८१ आश्विन २६, शनिबार ०४:५६
अमेरिकाको टेक्सासमा भयानक बाढी

अमेरिकाको टेक्सासमा भयानक बाढी

२०८१ आश्विन २६, शनिबार ०४:५६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?