• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने राष्ट्र बैंकको प्रयास : भूकम्पपीडितलाई २५ लाखसम्मको घर कर्जा

Stambha News by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
in समाज
0
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने राष्ट्र बैंकको प्रयास : भूकम्पपीडितलाई २५ लाखसम्मको घर कर्जा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ मंसिर । नेपाल राष्ट्र बैंकले उद्योगी व्यवसायी एवं सरकार समेतको चौतर्फी दबाब र विज्ञहरूको सल्लाहअनुसार चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ ।

यो नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिए पनि रिजल्ट भने कार्यान्वयनपछि मात्र देखिनेछ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीतिको सजगतापूर्वक लचिलो कार्यदिशालाई कायमै राख्दै पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको जानकारी दिएका हुन् ।

मौद्रिक नीतिले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई ध्यानमा राखेर बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा झारेको छ ।

यसैगरी नीतिगत दरलाई पनि छ दशमलव पाँच प्रतिशतबाट घटाएर पाँच दशमलव पाँच प्रतिशतमा कायम राखिएको छ ।

यो व्यवस्थाले बैंकिङ क्षेत्रको कर्जा विस्तार थप सहज हुने र तरलता पनि नियन्त्रणमा आउने विश्वास राष्ट्र बैंकले लिएको छ ।

राष्ट्र बैंकले पहिलो त्रैमासिक समीक्षामार्फत निक्षेप संकलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट घटाई तीन प्रतिशतमा झारेको छ भने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत् राखेको छ ।

बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिबेन्चरलाई २०८० पुससम्मको लागि स्रोतको रूपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात् उक्त डिबेन्चरको ५० प्रतिशत रकम २०८१ असारसम्मका लागि स्रोतको रूपमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरूबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको १० प्रतिशत रकम असूल गरी कर्जा पुनर्संरचना गर्नसक्ने अवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनर्संरचना गर्नसक्ने क्षेत्रहरूको विस्तार गर्नै राष्ट्र बैंकको भनाइ छ ।

भूकम्पपीडितलाई २५ लाखसम्मको घर कर्जा
नेपाल राष्ट्र बैंकले भूकम्पपीडितलार्ई २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रस्तुत गर्दै राष्ट्र बैंकले २०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्पबाट प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा उपलब्ध गराउने नीति लिएको हो ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जामा आधार दरमा दुई प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिनेछ । यस प्रयोजनको लागि साबिकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी विन्दुसम्म थप गर्नसक्ने व्यवस्था गरेको राष्ट्र बैंकको भनाइ छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्याई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्नसक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । (आर्थिक दैनिकबाट)

Facebook Comments Box
Previous Post

सङ्घीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल

Next Post

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Stambha News

Stambha News

Related Posts

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८० मंसिर २४, आईतवार ०७:१६
Next Post
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

२०८० मंसिर २४, आईतवार ०७:१६
नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

नेपाल प्रहरीको एसएसपीमा ११ जनाको बढुवा सिफारिस

२०८० मंसिर २४, आईतवार ०७:१६
FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८० मंसिर २४, आईतवार ०७:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?