• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

Stambha News by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
in राजनीति, विशेष
0
मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको   प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।”

बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले पर्याप्त भौतिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याएर आयआर्जन गर्न सकिने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा अघि बढाउन आह्वान गर्दै झोलुङ्गे पुल र बुट्टेनलीको जिल्लाका रुपमा रहेको बागलुङका पहिचानलाई व्यापक प्रचारप्रसार गरेर आम्दानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिको उर्भरभूमिका रुपमा रहेको बागलुङ आउँदा आफूलाई आफ्नै घर आएजस्तो भयो, २०४६ सालमा आन्दोलनका क्रममा चार महिना यहाँ जेलजीवन बिताएको ताजा भयो ।” उहाँले जेलमा बसेका बागलुङका राजनीतिक व्यक्तिहरुलाई स्मरण गर्नुभएको थियो ।

राजनीतिक चेतनाको उर्वरभूमि मात्र होइन धौलागिरि हिमशृङ्खलासहितका प्राकृतिक छटाले सुसज्जित बागलुङ वरपरका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासका लागि महोत्सव आयोजना गरिएकामा राष्ट्रपतिले त्यसको सराहना गर्नुभयो ।

सबैभन्दा धेरै विपे्रषण भित्र्याउने जिल्लाका रुपमा बागलुङले परिचय बनाएको तथा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको  नेतृत्व जन्माएको यो जिल्लाप्रति गर्व लागेको बताउनुभयो ।

बागलुङको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोका रुपमा  विकास गरी नयाँ पुस्तालाई यस क्षेत्रको भ्रमणको लागि प्रेरित गर्नु आजको आवश्यकता भएको राष्ट्रपति पौडेलले बताउनुभयो ।

उहाँले ढोरपाटन पर्यटन र शिकारका लागि प्रख्यात क्षेत्र भए पनि धेरै पर्यटक आकर्षित गर्न नसकेको भन्दै यसको प्रचारप्रसारमा विशेष ध्यान दिन सुझाउनुभयो ।

बागलुङका कृषि उपज र जडीबुटीलाई प्रदेश सरकारले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै यिनको विकासमा उद्योगी– व्यवसायीलाई उत्प्रेरित गर्नुपर्ने राष्ट्रपतिले बताउनुभयो ।

महोत्सवका माध्यमबाट जडीबुटीको प्रवद्र्धनमा योगदान पुगेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

महोत्सवमा पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको विकासका लागि सबै सांसद एकजुट हुन आवश्यक छ भन्नुभयो ।

उहाँले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको काममा भइरहेको ढिलाइप्रति जनता आक्रोशित भएका बताउँदै सरकारले आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद देवीप्रकाश भट्टचन र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

महोत्सव २१ गतेसम्म चल्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

Facebook Comments Box
Previous Post

जिप दुर्घटनामा चालकसहित ५ जना घाइते

Next Post

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८० पुष ११, बुधबार १७:२२
Next Post
बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

२०८० पुष ११, बुधबार १७:२२
थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

२०८० पुष ११, बुधबार १७:२२
काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८० पुष ११, बुधबार १७:२२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?