• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

मेलम्ची भ्रष्टाचार प्रकरण : पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद, २६ करोडसम्म जरिवाना

Stambha News by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
in अपराध, विशेष
0
मेलम्ची भ्रष्टाचार प्रकरण : पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद, २६ करोडसम्म जरिवाना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजना भ्रष्टाचार प्रकरणमा नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई जनही ८ वर्षका दरले कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरले १० करोड १० लाख ६१ हजार ७५ रूपैयाँबराबरको भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुल गरी त्यति नै जरिवाना र ८ वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको हो।

सचिवजस्तो जिम्मेवार र निर्णायक पदमा भएको व्यक्तिले भ्रष्टाचार गरेकोले १ महिना कैद थप सजाय हुने फैसला पनि विशेष अदालतले गरेको छ।

मेलम्ची खानेपानी विकास समिति (बोर्ड) का तत्कालीन अध्यक्षका हैसियतले उनले गरेका निर्णयबाट ठूलो नोक्सानी पुगेको विशेष अदालतको ठहर छ।

यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि १० करोड १० लाख ६१ हजार रूपैयाँ नै भ्रष्टाचार गरेको अदालतको ठहर छ। उनलाई पनि यो बिगो असुल गरी त्यति नै जरिवाना तथा ८ वर्ष कैद सजाय अदालतले सुनाएको छ। उनलाई पनि एक महिना कैद थप सजाय हुने निर्णय अदालतले गरेको छ।

यस्तै अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले २ करोड ९५ लाख ६५ हजार रूपैयाँ भ्रष्टाचार गरेकाले यो रकम असुल गरी त्यति नै जरिवाना तथा ८ वर्ष कैद हुने अदालतको फैसला छ। उनलाई पनि एक महिना कैद थप सजाय हुने निर्णय अदालतले गरेको छ।

परामर्शदाता शिवकुमार शर्माले २ करोड ९५ लाख ६५ हजार रूपैयाँ भ्रष्टाचार गरेकोले यो रकम असुल गरी यति नै जरिवाना तथा ८ वर्ष कैद सजाय हुने अदालतको फैसला छ। तर, उनी ज्येष्ठ नागरिक भएकाले २५ प्रतिशतले हुने २ वर्ष कैद सजाय छुट पाएका छन्।

१७ अभियुक्तमध्ये पूर्वसचिव गजेन्द्र ठाकुरसहित तीन कर्मचारी, एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ।

पूर्वसचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायतले सफाइ पाएका छन्। सहसचिव रुद्रसिंह तामाङले पनि सफाइ पाएका छन्।

ठेकेदार कम्पनी तथा तिनका सञ्चालकहरूबाट भने बिगो तथा जरिवाना भराउने निर्णय अदालतले गरेको छ।

परामर्शदाता इप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सलटिङ सर्भिसेज लिमिटेड जेभीबाट ६ करोड २१ लाख ९३ हजार बिगो र त्यति नै जरिवाना असुल हुने अदालतले भनेको छ।

निर्माण व्यवसायी सीएमसी डी राभेनाबाट २६ करोड ११ लाख बिगो र त्यति नै जरिवाना असुल हुने फैसला भएको छ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, लेखा उपसचिवहरू मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन्।

Facebook Comments Box
Previous Post

आईजीपी कुँवर ग्रीस प्रस्थान

Next Post

सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशी पाँच दिन थुनामा बस्ने

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ आश्विन ७, सोमबार १७:१८
Next Post
सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशी पाँच दिन थुनामा बस्ने

सहकारी ठगीमा पक्राउ परेका पूर्वडीआईजी जोशी पाँच दिन थुनामा बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

२०८१ आश्विन ७, सोमबार १७:१८
लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुनःसुरुवात हुने

२०८१ आश्विन ७, सोमबार १७:१८
काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८१ आश्विन ७, सोमबार १७:१८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?