• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

Stambha News by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
in विशेष, समाज
0
९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धादिङ । सडक कुनाको भित्ताबाट खसेका ससाना पहिरो नालीमै छन् । आवतजावत छेकिनेगरी झरेका पहिरो पन्छाए पनि सडक कुनामा थुप्रो लागेका अनगिन्ती पहिरो सफा गर्न अझै बाँकी छ ।

कृष्णभिरसहित तत्काल मर्मतको सम्भावना नहरेका केही स्थानमा सडक एकतर्फी छ । तर, सवारी चल्न अवरोध भएको छैन । त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डको वास्तविक अवस्था यही हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाही भन्छन्, “जो कोही पनि सहजै यात्रा गर्न सक्नुहुन्छ । कहीँकतै असहज अवस्था सिर्जना नहोस्, विपद् नपरोस्, परिहालेछ भने धनजनको क्षति हुन नदिन हामी चौबिसै घण्टा तपाईँको साथमा छौँ ।”

एक साताअघि चार दिन निरन्तर परेको वर्षात्का कारण पाइलैपिच्छे झरेको पहिरो र गेग्रानले सडक कतै धुलाम्मे छ । भित्तामा मूल निस्किएको र नाली थुनिएर सडकमा पानी उक्लिएको स्थान हिलाम्मे छ । सडक विस्तारको काम गर्ने क्रममा भित्ता खारेको स्थानबाट खसेर सडकमा फिँजारिएको माटोले घाम लाग्दा धुलो उड्नु र पानी पर्दा हिलो हुनुलाई यतिबेला सामान्य मान्नुपर्छ । हरेक चालक होसियार भएर सवारी नियमको पालना गर्ने हो भने सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सकिन्छ ।

दुईपाङ्ग्रे मोटरसाइकल–स्कुटरदेखि चार पाङ्ग्रे कार जिपसँगै ठुला यात्रु बस र दस, बाह्र, चौध पाङ्ग्रे ट्रकसम्म सबै किसिमका सवारी यही सडकमा चलेको छ । राजमार्ग एक मिनेट पनि खाली छैन । दसैँ मनाउन घर फर्किनेको भीडले पृथ्वी राजमार्ग रातदिन नै व्यस्त छ । गृह मन्त्रालयबाट जिल्ला प्रहरी कार्यालय धादिङको जिम्मेवारी लिएर कार्यालय प्रवेश गर्नुअघिदेखि नै सडकको जाम हटाउन र जोखिमपूर्ण स्थानको निरीक्षणमा खटिएका प्रहरी उपरीक्षक शाहीले बताए, “यस्तो अवस्थामा सडक छेउकुनामा डोजर चलाएर कुदिरहेका सवारीलाई पर्खाउन सक्ने अवस्था छैन ।”

त्रिभुवन राजपथको सिक्रेखोलादेखि नागढुङ्गासम्म यतिबेला अत्यधिक धुलो छ । साना सवारीले झ्यालढोका बन्द गरेर हिँड्छन् । तर, मोटरसाइकल र स्कुटरलाई यो सडक पार गर्न निकै कष्ट छ । रातिको समयमा भने ठुला सवारीका चालक पनि अनुमानको भरमा सवारी चलाउन बाध्य छन् । पानी पर्‍यो भने त्यही धुलो लेदो हिलोमा परिणत भएर चिप्लो हुने निश्चित छ । फाटिएका सडक भासिनसक्ने खतरा पनि उस्तै छ ।

धुलोले रङ्मङगिएको बेला जथाभाबी उछिन्न खोज्ने र दुर्घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर पीपलमोड, झ्याप्ले खोला, गणेश मन्दिरलगायत अप्ठ्यारा स्थानमा ट्राफिक प्रहरी र जनपथ प्रहरीले संयुक्त रुपमा ‘डयुटी’ गरिरहेको छ ।

साना तथा हलुका अधिकांश सवारीले धार्के–सीतापाइला सडक प्रयोग गरिरहेका छन् । धादिङको गल्छीबाट नुवाकोटको गँगटे, छहरे हुँदै काठमाडौँ प्रवेश गर्ने र त्यही सडक प्रयोग गरेर काठमाडौँबाट बाहिरिने सवारीको सङ्ख्या पनि कम छैन । पछिल्लो समय चित्लाङ र पालुङ भएर हेटौँडा निस्कने सडक मर्मत भएपछि पनि नागढुङ्गा नौबिसे सडकलाई सवारीको भार केही कम भएको छ । सवारीको भार कम भएसँगै जामको चुनौती पनि कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रूपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ । जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनगर गरेर पनि साना तथा हलुका सवारीलाई धादिङको वैकल्पिक सडक प्रयोग गर्न पनि प्रहरीले सुझाव दिने गरेको छ । सडकमाथि भित्ताबाट सडकमा खसेका गेग्रान ढुङ्गा, नाली थुनिएर सडकमा बगेको पानी, सफा गर्दै गरेको पहिरोले नौबिसे नागङ्गा खण्डमा जस्तै पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा पनि साना सवारी र दुईपाङ्ग्रे सवारीलाई जोखिमपूर्ण नै छ ।

नागढुङ्गादेखि मुग्लिनसम्म ९६ किलोमिटर राजमार्गमा भएका सबै पहिरो गन्न सकिने अवस्था छैन । करिब ५० भन्दा बढी स्थानमा पानी परेपछि गाडी छेकिने किसिमको पहिरो छ । यसअघि सवारी छेकिनेगरी पहिरो झरेका स्थान, निर्माणाधीन पुल र सवारी एकतर्फी हुनसक्ने साँघुरा स्थानको दुवैतर्फ ट्राफिक प्रहरी र जनपथ प्रहरी तैनाथ गरेर चालकलाई सजग गराइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरीले समेत राजमार्गमा सक्रियताका साथ गस्ती गरिरहेको छ ।

पृथ्वी राजमार्गमा दैनिक कति सवारी गुड्छन् ?

नागढुङ्गाको चेकपोष्ट हुँदै दैनिक कति सवारी काठमाडौँ भित्रिन्छन् र कति बाहिरिन्छन् यकिन तथ्याङ्क छैन । सामान्य अवस्थामा दैनिक १३ हजार र चाडपर्वका बेला २० हजारसम्म सवारी आवतजावत हुने अनुमान छ । निजी सवारीबाहेक चौबिसै घण्टा सबै सवारीको नम्बरसहित तथ्याङ्क राख्ने महानगरीय प्रहरी प्रभाग नागढुङ्गासँग पनि नौबिसे नागढुङ्गा खण्ड हुँदै दैनिक कति यात्रुवाहक र मालवाहक सवारी आवतजावत गर्छन् भन्ने तथ्याङ्क छैन । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खानले भने, “हामीसँग ठ्याक्कै तथ्याङ्क छैन । नागढुङ्गा र धादिङले नै यसको अनुमान लगाउन सक्छ ।”

Facebook Comments Box
Previous Post

खैरो हेरोईनसहित कैलालीमा २ युवक पक्राउ

Next Post

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन २३, बुधबार ०३:३६
Next Post
बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

बागेश्वरी मन्दिरमा दशैको चहलपहल दिन प्रतिदिन बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

किरियापुत्री अवस्थामा पनि मतदान

किरियापुत्री अवस्थामा पनि मतदान

२०८१ आश्विन २३, बुधबार ०३:३६
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै

२०८१ आश्विन २३, बुधबार ०३:३६
आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

आज देखि काठमाडौंको प्रदूषित हावा कम हुँदै जाने

२०८१ आश्विन २३, बुधबार ०३:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?