• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home स्तम्भ विशेष

‘मैले सहयोग गर्न सकिनँ’

हमासको आक्रमणमा बचेका नेपाली

admin by admin
२०८० कार्तिक ९, बिहीबार १०:०२
in स्तम्भ विशेष
0
‘मैले सहयोग गर्न सकिनँ’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गौरव पोखरेल/हाना एलिस पिटर्सन

९ कात्तिक, काठमाडौं । धनबहादुर चौधरी अहिले सपनामा रगतको नदी देख्छन् । १४ दिनअघि उनी नेपाल फर्किएका छन्, तर इजरायलमा उनले देखेका दृश्यहरुले धनबहादुरलाई छाडेका छैनन् । सपनामा देखिने रगताम्ये दृश्यहरुले उनलाई कयौं दिनदेखि निदाउन दिएका छैनन् ।

चौधरी, २५, नेपालबाट इजरायल गएका ४९ विद्यार्थीमध्ये एक हुन्, जो इजरायल–गाजा सीमा क्षेत्र किबुज अलुमिममा थिए । ७ अक्टुबर २०२३ मा इजरायलको सीमा क्षेत्रमा हमासका लडाकुले उनीसहित १७ नेपाली बसेको बंकरमा आक्रमण गरेका थिए ।

त्यसदिनदेखि सुरु भएको इजरायल–हमास द्वन्द्वपछि अहिलेसम्म दुवै देशमा गरेर कम्तिमा ४२ सय व्यक्ति मारिएका छन् । इजरायल–गाजा सीमा क्षेत्रमा रहेको किबुज अलुमिममा १० जना नेपाली विद्यार्थी मारिएका छन् । उनीहरुमध्ये अधिकांशलाई स्थलमार्गबाट आएका आतंकवादीले हानेको गोली र ग्रिनेडका छर्रा लागेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

मृतकमध्ये ५ जनाको शव नेपाल आइपुगेको छ । सरकारले नेपाल वायु सेवाको विशेष विमानमार्फत २५४ जना विद्यार्थीलाई उद्दार गरेर नेपाल ल्याएको छ । एक नेपालीलाई हमासका आतंकवादीले बन्धक बनाएको बताइँदै आएको छ । नेपाली विद्यार्थीको मृत्युले पूरै देशलाई शोकमा लगिदिएको छ, जहाँ रोजगारीका लागि विदेश जानु आम विषय हो ।

चौधरी त्यो दिन बिहान ६ बजे उठ्ने वित्तिकै ठूलो आवाजसहित मिसायल झरेको अझै सम्झन्छन् । त्यतिबेला सुनेका गोलीका एकोहोरो आवाज पनि उनको स्मरणमा ताजै छन् । त्यो आवाज आउने वित्तिकै उनीसहित साथीहरु बंकरतिर भागेका थिए

नेपाली विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ (सिक्दै अनि पढ्दै) कार्यक्रम अन्तरगत इजरायल–गाजाको सीमा क्षेत्र पुगेका थिए, जहाँ उनीहरुले एभोकाडो र टमाटर खेती गरेर केही आम्दानी गरिरहेका थिए ।

चौधरी त्यो दिन बिहान ६ बजे उठ्ने वित्तिकै ठूलो आवाजसहित मिसायल झरेको अझै सम्झन्छन् । त्यतिबेला सुनेका गोलीका एकोहोरो आवाज पनि उनको स्मरणमा ताजै छन् । त्यो आवाज आउने वित्तिकै उनीसहित साथीहरु बंकरतिर भागेका थिए । तर, बंकरभित्र पनि हमासका आतंकवादीले ग्रिनेड फ्याँकिदिएका थिए, जसका कारण उनी अर्धबेहोसी अवस्थामा पुगेका थिए ।

‘मलाई छर्राले लाग्यो’, उनले भने, ‘जतिबेला म ब्यूझिएँ म रगतले पूरै लतपतिएको थिएँ । मेरो वरिपरि घाइते साथीहरु र लास मात्र देखिरहेको थिएँ ।’

‘एक जना साथीको खुट्टा थिएन, अर्कोको हात थिएन’, उनले थपे, ‘बंकरको ढोकामा समेत साथीहरुको लास थियो ।’

प्रमोद केसी ।

त्यसपछिका केही घन्टा उनले आफ्नो वरिपरि भएका साथीहरुलाई सहयोग गर्ने कोशिश गरे । गोली लागेका साथीहरुलाई सहयोग गर्न उनी शवमाथि घिस्रिँदै गए । पानी लिएर आएर साथीलाई दिए, घाउहरुमा बेडसिटले बाँधिदिए । उनका अनुसार, साँझ अवेरसम्म पनि उद्दारका लागि इजरायली फोर्स नआउँदा साथीहरुको धेरै ‘ब्लीडिङ’ भएर मृत्यु भएको थियो ।

‘म निश्चित थिएँ कि त्यो मेरो जीवनको अन्तिम क्षण हो’, इजरायली प्रहरीले उद्दार गर्नुअघि घन्टौं आँखा चिम्लिएर परिवार सम्झँदै बसेको बताउँदै उनले भने ।

प्रमोद केसी, २४, पनि त्यो दिन बिहान एउटै बंकरमा थिए । साथीहरु गणेशकुमार नेपाली र दिपेशराज विष्टलाई गोली हानेर मारेको उनले आँखै अगाडि देखे । अर्का साथी, विपिन जोशीलाई बंकरको ढोकाबाट तानेर हमासका आतंकवादीले लगेको उनी बताउँछन् । ‘त्यसपछि विपिन देखिएका छैनन्’, केसी भन्छन् ।

‘साथीहरुले त्यतिबेला हामी नेपाली हौं, हामी नेपाली हौं भनेका थिए, तर उनीहरुले सुनेनन् । एकोहोरो गोली चलाइरहे, दुई वटा ग्रिनेड बंकरतिर फ्याँकिदिए’, प्रमोदले भने, ‘त्यसपछि बंकर पूरै रगतले भरिएको थियो ।’

प्रमोदका अनुसार, उनी साथीहरुको शवपछाडि कम्तिमा चार घन्टासम्म लुकेका थिए । ‘केही साथीहरुको एकदमै धेरै ‘ब्लीडिङ’ भइरहेको थियो, तर म सहयोग गर्न सक्ने अवस्थामा थिइनँ’, उनले भने, ‘ठ्याक्कै त्यसबेला त मैले को मरे, को बाँचेका छन् भन्ने पनि थाहा पाइन ।’

‘नेपालमा घर फर्किसकेपछि पनि मलाई रगतले लतपतिएका साथीहरुको यादले सताउँछ, जो मसँग सहयोग मागिरहेका थिए’, उनी भन्छन्, ‘यो एकखाले ट्रमाको रुपमा जिन्दगीभर मसँग रही रहने भयो ।’

किबुजको आक्रमणमा मारिएका परिवारका सदस्यहरुलाई इजरायलको विषयमा धेरै जानकारी थिएन । धेरै अभिभावकलाई उनीहरुको छोराछोरी जोखिममा होलान् भन्ने विषयमा पनि एकदमै थोरै मात्र जानकारी थियो । यो घटनामा धेरैले आफ्नो परिवारको भरोसा गुमाएका थिए ।

किबुजमा मारिएकामध्ये एक जना थिए, मुकेश स्वर्णाकार । उनका दाजु राजेशकुमार स्वर्णाकारका अनुसार, अहिलेसम्म उनकी आमा रुन छाडेकी छैनन् । आमाले राम्रोसँग बोल्न सकेकी पनि छैनन् ।

‘मलाई एकदमै रिस उठेको छ, द्वन्द्व भइरहेको क्षेत्रमा ऊ सुरक्षित थिएन भने मेरो भाइलाई किन त्यहाँ पठाइयो ?’, उनले प्रश्न गरे, ‘नेपालीको जिन्दगी कति सस्तो ! हाम्रो लागि उनी परिवारको आशा थिए । भरोसा थिए ।’

आक्रमणमा कन्यैहालाल चौधरी, ७०, ले उनका नाती आशिष चौधरी गुमाए । उनका अनुसार, आशिष इजरायल गएर थोरै पैसा जम्मा गरेर फर्किएर विवाह गर्ने योजनामा थिए ।

‘आफैंले हुर्काएको नातीको मृत्युको खबर सुन्नुपर्यो । भगवानले किन मलाई पहिले लगेनन् ?’, उनी रुँदै भन्छन्, ‘अब बुढेसकालमा मेरो सहारा को हुन्छ ? नाती, तिमीले किन हामीलाई छाडेर गयौ ?’

द गार्डियनबाट

Facebook Comments Box
Previous Post

जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति दिलाउन सक्नुपर्छ : अध्यक्ष नेपाल

Next Post

रुपन्देहीमा बेपत्ता युवकको शव फेला

admin

admin

Related Posts

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १०:०२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १०:०२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १०:०२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १०:०२
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८० कार्तिक ९, बिहीबार १०:०२
Next Post
रुपन्देहीमा बेपत्ता युवकको शव फेला

रुपन्देहीमा बेपत्ता युवकको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

२०८० कार्तिक ९, बिहीबार १०:०२
काठमाडौ उपत्यका लगाएत पहाडी र हिमाली क्षेत्रमा होली हर्षोल्लासका साथ सम्पन्न

काठमाडौ उपत्यका लगाएत पहाडी र हिमाली क्षेत्रमा होली हर्षोल्लासका साथ सम्पन्न

२०८० कार्तिक ९, बिहीबार १०:०२
सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

२०८० कार्तिक ९, बिहीबार १०:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?