काठमाडौं। काठमाडौँमा विभिन्न पक्षले गरेको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
कामाडौँका विभिन्न ठाउँबाट निकालिएका र्यालीले गर्दा ट्राफिक अस्तव्यस्त बनेको हो ।
यसैगरी दुर्गा प्रसाइँको समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ भने एमालेको समूहले नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ । जसकारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाउ गर्न रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।









