• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा राष्ट्रिय परिचय पत्रका आधारमा खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ।’

Stambha News by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
in विशेष, समाज, स्तम्भ विशेष
0
माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। केन्द्रीय बैंकले एकिकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गर्दै माघ एक गतेदेखि लागू हुने गरी बैंकिङ प्रणालीमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो।

यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् बैंकको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपनि कार्यान्वयन भएको थिएन। जसालाई केन्द्रीय बैंकले माघ एक गतेदेखि नयाँ खाता खोल्न तथा पुरानोलाईसमेत राष्ट्रिय परिचय पत्रकै आधारमा ग्राहकको पहिचान तथा पुष्टि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा राष्ट्रिय परिचय पत्रका आधारमा खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ।’

बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक उच्च पदस्थका व्यक्ति वा नजिकको सम्बन्ध भए नभएको एकिन आफूसँग ग्राहकबाट जानकारी लिनुपर्नेछ। यस्ता ग्राहकको खातामा राष्ट्रिय परिचय पत्रको विवरण ०८१ माघ एक गतेसम्म गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

                                          

साथै, बैंक तथा वित्तीय संस्थाको खाता खोल्दा ग्राहकले उपलब्ध गराएको नम्बरको विवरण निज ग्राहककै रहे नरहेको, निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धती अवलम्बन गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ। केन्द्रीय बैंकले खाता बहाकलाई बैंक तथा वित्तीय संस्थाले दिने सेवामा जोडिने व्यक्तिको मोबाइल नम्बर निजकै नाममा जारी भएको हुनपर्ने व्यवस्था गर्न लागेको हो।

ग्राहक पहिचान गर्दा वा ग्राहकको विवरण अद्यावधिक गर्दा राष्ट्रिय जोखिम मुल्याङ्कन र पारस्परिक मुल्याङ्कन प्रतिवेदन २०२३ ले औल्याएका जोखिमयुक्त सम्बद्ध कसुर जस्तैः भष्ट्राचार, कर छली, मानव बेचबिखन एवं अन्य जोखिमयुक्त सम्बद्ध कसुरहरु र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तु व्यवसायी, घरजग्गा खरिद÷बिक्री व्यवसायी तथा सहकारीहरुको खाता र आवद्ध व्यक्तिहरुको पहिचान र निजहरुको कारोबारलाई प्राथमिकतामा राखी अनुगमन गर्नुपर्ने जनाइएको छ।

उल्लेखित व्यवस्था क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थासँगै पूर्वाधार विकास बैंकका लागि पनि गरिएको हो।

ABC-UD-19-1736423571

Facebook Comments Box
Previous Post

काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

Next Post

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ ३, बिहीबार १४:२३
Next Post
ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

ज्योतिष्मती विद्यापीठ लमहीको १९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

२०८१ माघ ३, बिहीबार १४:२३
राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८१ माघ ३, बिहीबार १४:२३
राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

२०८१ माघ ३, बिहीबार १४:२३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?