• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण

Stambha News by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
in राजनीति, विशेष, समाज
0
शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न राजमोद्वारा सरकारको ध्यानाकर्षण
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षक आन्दोलनप्रति खेलवाड नगर्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

शिक्षकको आन्दोलन समग्र शिक्षाप्रणाली र देशको भविष्यसित जोडिएको धारणा राख्दै राजमोले सरकारको ध्यानाकर्षण गराएको हो ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८२ वैशाख ३ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सरकार आफैले गरेको सहमति पालना नगरेर गैरजिम्मेवारपन रवैया देखाएको ठहर गरेको छ । प्रेसवक्तव्यमा सरकारले शिक्षकका माग समेटर नयाँ शिक्षा ऐन ल्याउने सहमति गरिसकेको अवस्थामा अहिलेको आन्दोलनले अविलम्ब शिक्षा ऐन माग गर्नु जायज भएको बताइएको छ ।

शिक्षक आन्दोलनका माग पूरा गराउनका लागि जनदबाब सिर्जना गर्न अपिल गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

“शिक्षकको दुई हप्तादेखि निरन्तर चलिरहेको आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । उनीहरूका माग बिल्कुल सिधा र न्यायपूर्ण रहेका छन् ।

उनीहरूले पहिले सरकारसित सम्झौता गरेर सहमतिका मागअनुसार नै शिक्षा ऐन निर्माणको माग गरेका छन् । पहिले स्वयम् आफै सहमत भइसकेपछि त्यसअनुसार शिक्षा ऐनको निर्माण नगर्नु सरकारको गम्भीर गैरजिम्मेवारपन हो ।

सरकारले शिक्षकसित वार्ताको लागि आह्वान गरेको छ तर वार्ता गरेर सहमति भएका मागलाई सरकारले बारम्बार उलङ्घन गर्ने र त्यसअनुसार कानुन निर्माण नगर्ने गरेपछि अर्को वार्ता वा सम्झौता के अर्थ भयो ? त्यो अवस्थामा शिक्षकले कुनै वार्ता वा नयाँ सम्झौताको सट्टामा सिधै शिक्षा ऐनको माग गर्ने अडान न्यायपूर्ण छ । हामीले सरकारसित स्वयम् सरकारले पहिले शिक्षकसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्ने आवश्यकता जोड दिन्छौँ ।

सरकारले पहिले आफै सहमत भएका सम्झौताअनुसार शिक्षा ऐन नबनाएको हुनाले नै शिक्षकले ठुलो सङ्ख्यामा आएर सङ्घर्ष गर्नु परिरहेको छ । त्यसबाट शिक्षकको अनावश्यक रूपले ठुलो धनराशि खर्च भइरहेको छ । त्योबाहेक देशभरि नै विद्यार्थीको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कपीको जाँच गर्ने काममा समेत बाधा पुगेको छ । ती सबैका लागि सरकारको गैरजिम्मेवारपन नै जिम्मेवार छ । पहिले त त्यसले शिक्षकसित भएका सम्झौताअनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ ।

देशमा त्यस प्रकारको स्थिति उत्पन्न हुन नदिन राष्ट्रिय जनमोर्चाले देशका सम्पूर्ण न्यायप्रमी जनतासित शिक्षकका माग पूरा गराउन सरकारमाथि जनदबाब सिर्जना गर्न अपिल गर्दछ । समग्र रूपमा यो कुरा प्रष्ट छ कि अहिलेको शिक्षक आन्दोलन खालि शिक्षकसित मात्र जोडिएको नभएर हाम्रा सबै छोराछोरी र उनीहरूको भविष्य तथा त्यसरी सम्पूर्ण देशको भविष्यसित समेत जोडिएको छ । त्यसकारण हामीले शिक्षकको आन्दोलन र देशको सम्पूर्ण भविष्यसित खेलवाड नगर्नका लागि सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौँ ।”

Facebook Comments Box
Previous Post

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

Next Post

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:३२
Next Post
प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८२ बैशाख ७, आईतवार १५:३२
सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

सडकमा सेना, सर्वसाधारणलाई विना काम घरबाहिर ननिस्कन आग्रह

२०८२ बैशाख ७, आईतवार १५:३२
सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

सरकारको मेडिकल माफिया चरित्रविरुद्ध अखिल (छैठौं) द्वारा प्रदर्शन

२०८२ बैशाख ७, आईतवार १५:३२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?