• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home मनोरञ्जन

सोलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न, लुकेका प्रतिभा उजागर

Stambha News by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
in मनोरञ्जन, विशेष, समाज, स्तम्भ विशेष
0
सोलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न, लुकेका प्रतिभा उजागर
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

२२ असार, काठमाडौं। श्री नेवा सम्पर्क समूह रामेछाप अन्तर्गत सञ्चालित सोलुथुम्का कला समूहको आयोजनामा भएको सोलुथुम्का नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। रामेछापमा आयोजित प्रतियोगितामा कुल १८ जना युवा युवतीहरूले आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेवा सम्पर्क समूहका संस्थापक अध्यक्ष नन्दबहादुर श्रेष्ठ, वर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरू ताराराम श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, केशरबहादुर श्रेष्ठ, टिकाराम श्रेष्ठ तथा भक्तपुरबाट आएका अतिथि रामहरि श्रेष्ठ र खाँडादेवी जेसिजका पूर्व अध्यक्ष तथा युवा व्यवसायी ॐराज श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मनोरञ्जन विभाग प्रमुख हिमाल श्रेष्ठले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै भने, “हामीभित्र लुकेका प्रतिभा उजागर गर्दै हाम्रो मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”

त्यस्तै, सल्लाहकार सम्झना श्रेष्ठले समूहले युवालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको जानकारी दिँदै भनिन्, “यस नृत्य प्रतियोगिता मार्फत युवाहरूमा रहेको अन्तरनिहित प्रतिभा बाहिर ल्याउनुका साथै नेवारी संस्कृति र परम्परालाई संरक्षण गर्न योगदान पुग्नेछ।”

प्रतियोगितामा रुपेश तामाङ प्रथम भई प्रमाणपत्र, मायाको चिनो र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए। दोस्रो स्थान सोनिका तामाङले हासिल गर्दै नगद ७ हजार रुपैयाँ पुरस्कार पाइन् भने तेस्रो स्थान जस्मी श्रेष्ठले हात पारिन् र उनले नगद ५ हजार रुपैयाँ जितिन्। प्रतियोगितामा सृष्टि श्रेष्ठले उत्कृष्ट चार स्थान प्राप्त गरिन्।

साेलुथुम्का कला समूहकी अध्यक्ष सृष्टि श्रेष्ठले प्रतियोगिता सम्पन्न भएपछि भनिन्, “यो प्रतियोगिता हाम्रो संस्कृति जगेर्नाको एउटा प्रयास मात्र नभएर, युवाहरूलाई सक्रिय रूपमा आफ्नो पहिचानप्रति गर्व गर्न सिकाउने माध्यम पनि हो। भविष्यमा अझ धेरै यस्ता कार्यक्रमको आयोजना गरी हामीले हाम्रो संस्कृति बचाउने छौं।”

प्रतियोगिताले स्थानीय तहमा सांस्कृतिक चेतना अभिवृद्धि गर्दै समुदायमा एकताको भावना समेत बढाएको सहभागी र दर्शकहरूले बताएका छन्।

Facebook Comments Box
Previous Post

अमेरिकाको टेक्सासमा भयानक बाढी

Next Post

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ असार २२, आईतवार ०१:०२
Next Post
भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

भूमिहीनलाई ०८४ सम्म जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्ने सरकारको लक्ष्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

बालेनले जरिवाना तोकेपछि एमालेले भन्यो : दरबारमार्गको आयोजक हामी होइनौँ

२०८२ असार २२, आईतवार ०१:०२
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

२०८२ असार २२, आईतवार ०१:०२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

२०८२ असार २२, आईतवार ०१:०२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?