• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध

काठमाडौँमा अपराध विरुद्धको अपरेशन तीव्र, चक्रे मिलनसहित १९ जनामाथि मुद्दा

Stambha News by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
in अपराध, नेपाल प्रहरी, विशेष, समाज
0
काठमाडौँमा अपराध विरुद्धको अपरेशन तीव्र, चक्रे मिलनसहित १९ जनामाथि मुद्दा
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १७ । काठमाडौँ प्रहरीले आपराधिक गतिविधि विरुद्ध सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत हालै महत्त्वपूर्ण कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार काठमाडौँभरि गुण्डागर्दी नियन्त्रणका लागि व्यापक अपरेशन जारी छ ।

एसएसपी अधिकारीले भने, “गुण्डाहरूले अब टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ । काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गर्नेहरूको नामावली संकलन भइसकेको छ र खोजीखोजी कारबाहीको दायरामा ल्याइँदैछ ।”

यही अपरेशन अन्तर्गत शुक्रबार काठमाडौँको महराजगञ्ज स्थित होटल साम्बालाबाट ४७ जना व्यक्तिहरू पक्राउ परेका थिए । ती मध्ये चर्चित गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ सहित १९ जनाविरुद्ध सार्वजनिक हितविपरीत गतिविधिमा संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिएको छ र उनीहरूलाई सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

अन्य २८ जनालाई भने हाललाई प्रहरीमा नियमित हाजिर हुने शर्तमा छोडिएको भए पनि उनीहरूमाथि पनि अनुसन्धान जारी रहेको एसएसपी अधिकारीले जानकारी दिए । उनका अनुसार “१९ जनामाथि अन्य उजुरीहरू पनि आउन सक्ने भएकाले सर्वसाधारणले चाहेमा थप उजुरी दिन सक्ने व्यवस्था गरिएको छ ।”

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रिय सहयोगमा भइरहेको उक्त अपरेशनबाट राजधानीमा आपराधिक गिरोहहरूलाई ठुलो धक्का लागेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार यस्ता अभियानलाई निरन्तरता दिँदै काठमाडौँलाई सुरक्षित र अपराधमुक्त बनाउने उद्देश्यसहित थप निगरानी र कारबाही गरिँदैछ ।

Facebook Comments Box
Previous Post

३ करोड लगानीमा खुलेको जिरे खुर्सानी दरबार: लोकन्थली, भक्तपुरमा स्वादप्रेमीहरूको नयाँ गन्तव्य

Next Post

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८२ श्रावण १८, शनिबार ०७:३३
Next Post
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

धापासी जेसीजको २१औँ वार्षिक साधारणसभा तथा २०औँ शाखा अधिवेशन सम्पन्न

२०८२ श्रावण १८, शनिबार ०७:३३
सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरी बलमा ६ प्रदेशका प्रमुख सहित १२ डीआईजीको जिम्मेवारी हेरफेर

२०८२ श्रावण १८, शनिबार ०७:३३
परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीको भ्रमण तयारीका लागि चीन जाने

२०८२ श्रावण १८, शनिबार ०७:३३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?