• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

Stambha News by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
in राजनीति, विशेष, समाज, स्तम्भ विशेष
0
बहुविवाहलाई कानुनी मान्यता दिने विषयमा सांसदहरूको आपत्ति, सरकारसँग स्पष्ट जवाफ माग

सांसद चौधरी काठमाडौँ, १९ साउनः प्रतिनिधिसभा बैठकमा सोमबार आकस्मिक समयमा धारणा राख्नुहुँदै सांसल रूपा सोशी (चौधरी) । तस्बिरः रत्न श्रेष्ठ÷रासस

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी तयार पारिँदै गरेको विधेयकको मस्यौदाबारे गम्भीर आपत्ति जनाउँदै सरकारसँग स्पष्ट धारणा माग गरेका छन्।

बैठकको आकस्मिक समयमा विभिन्न सांसदहरूले बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाह सम्बन्धी कानुनी मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचार प्रति गम्भीर चिन्ता व्यक्त गरे।

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले प्रस्तावित विधेयक प्रति कडा आलोचना गर्दै भनिन्, “पहिलो पत्नीसँग मन नमिल्दा सम्बन्ध विच्छेद गर्ने कानुनी अधिकार भए पनि बहुविवाह लाई वैधता दिनु महिला समानता र संविधानप्रदत्त अधिकार माथिको कुठाराघात हो।” उनले सिडविर समेत उल्लंघन हुने भन्दै सम्पूर्ण महिलालाई चुनौती दिने प्रयासप्रति डटेर विरोध गर्ने चेतावनी दिइन्। साथै, महिला समन्वय समिति अझै गठन नहुनु दुःखद् भएको भन्दै महिला मुद्दाहरू प्रभावकारी रूपमा उठ्न नसकेको गुनासो गरिन्।

एमाले सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी कार्य भएकाले यसलाई कानुनी मान्यता दिन खोजिएको खण्डमा संसद्ले चुप लागेर बस्न नहुने बताइन्। “समाजमा महिलामाथि हिंसाको दर अझै उच्च छ, यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढंगले हुनु आवश्यक छ,” उनले भनिन्।

सांसद रुपा सो.शी (चौधरी)ले पनि बहुविवाह सम्बन्धी कानुनी मस्यौदाबारे सामाजिक सञ्जाल र मिडियामा आएका खबरप्रति चिन्ता व्यक्त गर्दै महिलाहरू अझै अधिकारका लागि संघर्षरत रहेको बेलामा यस्तो विषय उठाइनु गम्भीर रहेको बताइन्।

त्यस्तै, सांसद रमा कोइराला पौड्यालले संसद्मा विधेयक नआइसकेकै अवस्थामा यसको सार्वजनिक चर्चा हुनु चिन्ताजनक भएको बताउँदै मन्त्रालयले यसबारेमा चाँडै स्पष्ट धारणा दिनुपर्ने माग गरिन्।

सांसदहरूको सामूहिक आवाजले बहुविवाहसम्बन्धी सम्भावित विधेयक प्रति गम्भीर प्रश्न उठाइएको छ। अब सरकारको आधिकारिक प्रतिक्रिया र स्पष्ट नीति सार्वजनिक रूपमा आउनुपर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
Previous Post

काठमाडौँमा अपराध विरुद्धको अपरेशन तीव्र, चक्रे मिलनसहित १९ जनामाथि मुद्दा

Next Post

एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीहरूलाई राहत वितरण

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ श्रावण २०, सोमबार १६:२१
Next Post
एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीहरूलाई राहत वितरण

एनआरएनए पोर्चुगलद्वारा ओदिमिरा आगलागी पीडित नेपालीहरूलाई राहत वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ श्रावण २०, सोमबार १६:२१
मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

मतदाता नामावलीमा नाम दर्ता गर्न समय थप्ने तयारी, सरकारले ल्याउने भयो अध्यादेश

२०८२ श्रावण २०, सोमबार १६:२१
भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

भाइरल भिडियोमा देखाइएको ‘जेसिका राडक्लिफ’लाई हत्यारा व्हेलको आक्रमणको दाबी पूर्ण रूपमा असत्य

२०८२ श्रावण २०, सोमबार १६:२१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?