• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

काठमाडौं प्रहरी प्रमुख ‘हट सीटमा’ बसेर चुनौती चिर्दै

Stambha News by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
in नेपाल प्रहरी, विशेष
0
काठमाडौं प्रहरी प्रमुख ‘हट सीटमा’ बसेर चुनौती चिर्दै
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

ताराचन्द्र देवकोटा (वरिष्ठ पत्रकार) काठमाडौं  । संघीय राजधानी काठमाडौंको सुरक्षा व्यवस्था त्यसै पनि चुनौतीपूर्ण हुन्छ । हरेक किसिमका दबाबमूलक आन्दोलन यहीं केन्द्रीत हुन्छन् भने आपराधिक मानसिकता बोकेकाहरुले यस्तै भीडभाडमा टाउको उठाउने प्रयास गर्छन् मात्रै होइन, भीआईपी र भीभीआईपी भनिनेहरुको ओहोर-दोहोर पनि यहाँ बाक्लै हुने गर्छ । त्यसैले काठमाडौं प्रहरी प्रमुखको कुर्सीलाई ‘हट सीट’ भन्दा फरक पर्दैन ।

अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको त्यही ‘हट सीट’ मा विगत ६ महिनादेखि बसिरहेका छन्, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी । उनी त्यो ‘हट सीट’ मा बस्दासाथ शिक्षक आन्दोलन, चैत १५ (२०८१) को आन्दोलन, लघुवित्त पीडित, सहकारी पीडितहरुको आन्दोलनलगायतका थुप्रै आन्दोलनको चपेटामा पर्यो, काठमाडौं । तर, ‘प्रहरी मेरो साथी’ को अवधारणाकर्ता र नेपाल प्रहरी संगठनमा सुम्पिएको जिम्मेवारीमा आफूलाई जहिल्यै अब्बल सावित गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शान्ति-सुरक्षाको दृष्टिकोणबाट ती सबै आन्दोलनहरुलाई सुरक्षित अवतरण गराए ।

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ काठमाडौं उपत्यकाका प्रहरी कमाण्डर हुन् । जहाँ रहँदा पनि ‘रोल मोडल’ बनेका प्रहरी अतिरिक्त महानिरीक्षक तामाङको कमाण्डमा रहेर प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले शान्ति-सुरक्षामा दखल पुर्याउने गतिविधिलाई काठमाडौंमा निस्तेज पार्न विभिन्न शीर्षकमा अपरेशन नै चलाए । गुण्डागर्दी निर्मूल पार्न समाजबाट आएका सूचनाका आधारमा समेत यस्ता अवाञ्छित क्रियाकलापमा संलग्नहरुको दैनिक १ सयदेखि १ सय २०-३० जनासम्मको स्क्रिनिङ अहिले पनि भइरहेको छ ।

 

शान्ति-सुरक्षामा दखल पार्ने जुनकुनै किसिमका अपराधविरुद्ध असहिष्णु बनेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले विपद् उद्धारका निम्ति चाहिने सामग्री पनि जुटाएका छन् । काठमाडौंमा प्राकृतिक विपद् परिहाले उद्धारका लागि चाहिने बोट, लाइफ ज्याकेटलगायतका सामग्री अहिले जिल्ला प्रहरी परिसर काठमाडौं र अन्तर्गतका कार्यालयहरुमा समेत छन् । आफ्नै साधन-स्रोतले नभ्याएको अवस्थामा सहयोगी संघ-संस्थाहरुको सहयोगमा ती विपद् उद्धार सामग्री जुटाइएका हुन् ।

 

कुनै पनि अप्रिय आपराधिक घटना नघटोस् भनेर शान्ति-सुरक्षा कायम गर्नु आफ्नो पहिलो दायित्व भएको बताउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले इच्छाशक्तिले चुनौतीलाई काम गर्ने अवसरका रुपमा बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे भने काठमाडौंको सुरक्षा चुनौतीमाथि सफल ‘छलाङ’ मारेर नेपाल प्रहरीको शाखलाई उच्च पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

 

यसैबीच गत आर्थिक वर्षमा मानवस्रोत, स्रोत-साधन व्यवस्थापन, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र जिल्ला प्रहरी परिसर काठमाडौंले गरेका काम-कारबाही प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सार्वजनिक गरेका छन् । उनका अनुसार काठमाडौं प्रहरीका १ सय २९ कार्यालयमध्ये १४ वटामात्र आफ्नै भवन र जग्गासहित छन् । बाँकी २० वटा आफ्नै भवन, तर जग्गा नभएका, ८ वटा भाडामा, ६० वटा सरकारी जग्गामा, ११ वटा संघ-संस्थाको जग्गामा, ४ वटा स्थानीय निकायको भवनमा, ५ वटा गुठी भवनमा, २ वटा क्लब भवनमा र ५ वटा पशुपति विकास कोष भवनमा सञ्चालित छन् ।

 

जिल्लामा ४ हजार १६ प्रहरी जनशक्ति दरबन्दी भए पनि हाल ३ हजार २ सय ३३ मात्र कार्यरत छन्, जसमा ४ सय ९ महिला छन् । गतवर्ष ६ सय ८१ जनालाई उत्कृष्ट कार्यका लागि पुरस्कृत र १ सय ५८ जनालाई कारबाही गरिएको छ । सो अवधिमा १ सय ७८ जनाले राजीनामा दिएका छन् र १८ जना अनिवार्य अवकाशमा गएका छन् । सवारी साधनमा प्रारम्भिक ४६ सीआरभीमध्ये हाल ३८ मात्र सञ्चालनमा छन् । दैनिक २ हजार ५ सय २१ प्रहरी जनशक्ति गस्ती, चेकिङ, पिकेट र अनुगमनमा परिचालित छन् । प्रहरीमा गतवर्ष ४ लाख २८ हजार ९६ कल प्राप्त भए, जसमा २९ हजार १ सय ४८ झगडासम्बन्धी र १ हजार १ सय ९२ लागूऔषधसम्बन्धी थिए । ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभित्र घटनास्थलमा पुगेको तथ्यांक छ ।

 

गत आर्थिक वर्षमा विपद् व्यवस्थापनमा काठमाडौं प्रहरीले २ हजार ७ सय २२ आगलागी घटनामा उद्धार गर्यो । विद्युत् सर्टका कारण सबैभन्दा धेरै आगलागी भएको छ । उद्धारका लागि लाइफ ज्याकेट, रबर बोट, स्ट्रेचर, डोरीलगायत सामग्रीको व्यवस्थापन गरिएको छ । विपद् हेल्पलाइन डायरी पनि प्रकाशित गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ५ हजार ५ सय ८५ मुद्दाको फैसला हुँदै २४ करोडभन्दा बढी जरिवाना संकलन भएको छ । ५ हजार ५ सय १२ अपराधी पक्राउ परेका छन् । हुण्डी कारोबारसम्बन्धी १८ मुद्दाबाट ६ करोड ८५ लाख रुपैयाँ बरामद भएको छ । नवीनतम सेवामा डिजिटल इन्ट्री सिस्टमसहितको नागरिक सहायता कक्ष र ‘पुलिस डिजिटल डायरी’ कार्यान्वयनमा ल्याइएको छ । प्रहरी बिट स्तरोन्नति योजना अघि सारिएको छ ।

गत आर्थिक वर्षमा लागूऔषध नियन्त्रणमा ९ सय १ किलो गाँजा र १ लाख ७३ हजार ३ सय ६१ ट्याबलेट ट्रामाडोल बरामद भएको छ । सबैभन्दा बढी दर्ता मुद्दा बैंकिङ कशुरका (६,५५३) छन् भने सबैभन्दा कम सवारी अंगभंगका (७४) छन् । गतवर्ष काठमाडौंमा भएको धर्ना र विरोध प्रदर्शन नियन्त्रणमा ३ लाख ८६ हजार ९ सय ४० प्रहरी जनशक्ति परिचालित भएको थियो । काठमाडौंमा मात्र ८१.६८ प्रतिशत धर्ना र ७४ प्रतिशत विरोध र्‍याली भएका छन् ।

 

Facebook Comments Box
Previous Post

समिप आचार्यको शब्द तथा संगीतमा तयार ‘भो यो माया’ सार्वजनिक — आधुनिक प्रेमको नयाँ परिभाषा

Next Post

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ श्रावण ३२, शनिबार ०६:४५
Next Post
कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

बुद्ध एयरको कार्गो काउण्टरमा अत्यधिक भीडभाड

२०८२ श्रावण ३२, शनिबार ०६:४५
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

२०८२ श्रावण ३२, शनिबार ०६:४५
माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

माघ देखि बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र र मोबाइल नम्बर आफ्नै नामको हुनुपर्ने

२०८२ श्रावण ३२, शनिबार ०६:४५

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?