गोदावरी, भाद्र १३ । फास्टफुड एशोसिएसन नेपाल (FAST-FAN) ले संघीय संरचना अनुसार विधान लेखन एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। प्याराडाइज हिल्स रिसोर्ट होटल, गोदावरीमा आयोजित उक्त कार्यक्रममा संघीय संरचना अनुरूप विधान संशोधन तथा प्रभावकारी कार्यान्वयनका विषयमा सहभागीहरूबीच व्यापक छलफल भएको थियो।
कार्यशालामा सहभागीलाई चार समूहमा विभाजन गरी प्रस्तुति गराइएको थियो।
• Group A को तर्फबाट प्रस्तुति संघका वरिष्ठ उपाध्यक्ष रामकाजी भण्डारी ले प्रस्तुत गर्नुभयो।
• Group B को प्रतिनिधित्व पूर्वअध्यक्ष फणिन्द्र श्रेष्ठ ले गर्नुभयो।
• Group C को तर्फबाट प्रस्तुति पूर्वअध्यक्ष केशरबहादुर श्रेष्ठ ले दिनुभयो।
• Group D को तर्फबाट प्रस्तुति निर्वतमान अध्यक्ष राजु श्रेष्ठ ले प्रस्तुत गर्नुभयो।
कार्यक्रमको सभाध्यक्ष वर्तमान अध्यक्ष होमराज श्रेष्ठ रहनुभयो भने सञ्चालन महासचिव राकेश श्रेष्ठ ले गर्नुभयो।
कार्यशालामा विधानमा सदस्यता प्रणाली, पदाधिकारीहरूको अधिकार र जिम्मेवारी, संघीय संरचनाअनुसार केन्द्र–प्रदेश–स्थानीय तहबीचको समन्वय, तथा विधान संशोधन प्रक्रियाबारे सहभागीहरूले आफ्ना विचार राखेका थिए।
कानुनी सल्लाहकार शुसिल पोखरेलको सल्लाह अनुसार, विधान संशोधनको खाका तयार पारिने र आगामी अधिवेशनमार्फत कार्यान्वयनमा ल्याइने फास्टफुड एशोसिएसन नेपाल (FAST-FAN) ले जनाएको छ।










