• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

बारापाकले गुमाएको त्याे मौलिक पहिचान !

Stambha News by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
in विशेष, स्तम्भ विशेष
0
बारापाकले गुमाएको त्याे मौलिक पहिचान !
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

गोरखा( करिब २३०० मिटर उचाइमा बुद्ध हिमालको काखमा रहेको गोरखाको बारपाक गाउँ । गुरुङ, घले र दलित समुदायको बसोबास रहेको यो गाउँ २०७२ को भूकम्पअघिसम्म टाढैबाट झट्ट हेर्दा प्राकृतिक सौन्दर्यको बीचमा ढुंगाकै छानो, ढुंगाको गारो लगाएका एकैनाुे करिब १ हजार घरधुरी एकै ठाउाँ देखिन्थ्यो ।

ढुंगा नै बिच्छ्याएको गाउँका गल्ली हुँदै जुनसुकै घर पुगे पनि आँगनमा ढुंगा नै छापिएको हुन्थ्यो । हत्तपत्त जोकोहीले यहाँका धनी र गरीब मान्छे छुट्याउन भेउ पाउँदैनथे ।

जब १२ वैशाख २०७२ मा बारपाक केन्द्रबिन्दु भएर ७।६ रेक्टर भूूकम्प गयो । नेपालमा लाखौँ परिवारका घर ढले, लाखौँ घाइते बने अनि हजारौँको मृत्यु भयो । त्यही लाखौँ परिवारका घरसँगै बारपाक गाउँका हजारौँ घर पनि ढले अनि एकैसाथ यहाँका ७२ जनाले पनि अकाल ज्यान गुमाए ।

२०७२ को भूूकम्पको सहनै नसक्ने पीडालाई बिर्सन खोज्दै बारपाकी अहिले पुनर्निर्माण र पूर्वाधार विकासको विस्तारमा जुट्दै छन् । उतिबेलै कच्ची सडक पुगेको बारपाकसम्म जाने सडक अहिले कालोपत्रे हुँदै छ ।

२०४८ देखि नै लघुु विद्युुत् बालेर उज्यालोमा बस्दै आएका बारपाकबासीले हालै केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न पाएका छन् । फोरजी इन्टरनेट सेवा सुरु भइसक्यो । घरघरै खानेपानीको पहुँच पुग्दै छ । विद्यालय र स्वास्थ्य चौकीका भवन पनि बनिसके ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ मा ३७८ र वडा नम्बर २ मा ९२२ घरधुरी गरी १३०१ घरधुरी रहेको बारपाक गाउँमा अहिलेसम्म ९० प्रतिशत नयाँ घर पुनर्निर्माण भइसकेका छन् । स्वास्थ्य चौकी, विद्यालय भवन, वडा कार्यालय भवन पनि बनिसके ।

भूकम्प गएयता यहाँ भौतिक विकासले फड्को मारिसक्यो । तर, बारपाकबासीले भूूकम्पले भत्काएको बारपाक गाउँको एकनासे ढुंगाका घरले दिएको मौलिकता र पहिचानलाई पुनर्निर्माण गर्न सकेनन् ।

यहाँको पुनर्निर्माणसँगै मौलिकता र पहिचान इतिहास बन्न पुग्यो । पुनर्निर्माणपछिको बारपाकमा अहिले रंगीबिरंगी अनेकौँ रङका जस्तापाताको छानाले छाएका अनि सानाठूला आरसीसी घर देखिन्छन् ।

यहाँका स्थानीयको मनमा पुरानै ढाँचामा एकनासे घर बनाएर बारपाकको मौलिकता जोगाउने इच्छा नभएकै हो त रु भूकम्पअघिजस्तै गरी किन यहाँका स्थानीयले एकैनासे घर बनाएनन् रु के कारणले जोगाउन सकिएन यहाँको पहिचान रु

हामीले यसको रहस्य बुझ्न यही गाउँमा पुनर्निर्माण गरेर बसिरहेका केही स्थानीयसँग पुनर्निर्माणपछि बारपाकको पहिचान गुम्यो । के पहिलेजस्तै एकैनासे घर बनाउन सम्भव थिएन रु यहाँको पहिचान जोगाउन किन सम्भव भएन भन्ने प्रश्न पनि अगाडि आएका छन् ।

उमेरले ६० नाघेका लालजित घले भन्छन्, ‘कलियुग भनेको यही हो । विकास गर्ने नाममा आफ्नो सभ्यता र पहिचानको वास्तै छैन । पहिचान जोगाउनुपर्ने थियो तर के गर्नु रु हुनेखानेले ठूल्ठूूला घर बनाउँदै छन् । गरिबले स–साना । अब पूरानो जमाना गएर नयाँ जमाना आयो रे १’

भिक्टोरिया क्रस पदक विजेता घलेको गाउँ भनेर पनि पहिचान पाएको यो गाउँमा गोरखा भूकम्पअघि अधिकांश मानिस ढुंगा नै ढुंगाको एकीकृत बस्ती हेर्न भन्दै आउँथे ।

‘अहिले ढुंगा नै ढुुंगाको घर देख्नै पाइन्न । आजभोलि मानिसहरू यहाँ भूकम्पको केन्द्रबिन्दु कस्तो छ, कस्तो भयो होला भनेर हेर्न आउँछन् । अनि फर्कने बेला सबैले खै एकैनासे घर रु यहाँको पहिचान हराएछ भन्दै फर्कन्छन्’, सोही गाउँका तिल विश्वकर्मा भन्छन्, ‘भूकम्पपछि धनीले ठूला आरसीसी घर बनाए । गरिबले माटो, ढुंगाका स(साना रंगीबिरंगी जस्तापाताले छाएका घर । बारपाकको पहिचान गुम्यो । दुःख लाग्छ तर के गर्नु रु एक्लैले चाहेर नहुने रहेछ ।’

अब बारपाकमा आउने जोकोहीले यहाँका धनी र गरीब मानिस सजिलै चिन्न सक्ने भएको यहाँका युवा देवबहादुर गुरुङ बताउँछन् । उनी भन्छन्, ‘पहिलेजस्तो सबैले ढुंगाको घर अब छँदै छैन । पहिचान गुम्यो । पहिलेजस्तो एकनासै छैन । यहाँ बनेका ठूूला घर धनीका र साना गरिबको हो भनेर सबैले सजिलै चिन्न सक्छन् । पैसा हुनेले सरकारले दिएको ३ लाख रुपैयाँमा थपेर ठूलो बनाए । नहुनेले त्यही पैसाले सानै बनाए ।’

‘बारपाकमा ढुंगा नै ढुंगाले बनेका घर अब छैनन् । पहिचान गुम्यो तर के गर्ने । हामी काम गरेर दुःख गरेर खाने मान्छे । दुःख नगरी खान पुग्दैन । धनीले जस्तै ठूलो घर बनाउन सक्दैनौँ । धनीहरूले हामीले जस्तो सानो घर बनाउन चाहेनन् अनि कसरी एकै किसिमका घर बन्छन् रु’ स्थानीय सोम गुरुङ भन्छन् ।

यहाँको मौलिकता र पहिचानलाई जोगाएर पुनर्निर्माण गर्न नचाहे पनि बाध्यताको परिबन्धमा परेको उनी सुनाउँछन् । ‘पुनर्निर्माण प्राधिकरणले बनाएको डिजाइनअनुसार घर नबनाए ३ लाख रुपैयाँ राहत नदिने भन्यो । हाम्रो मौलिकता जोगाएर बनाउन मिल्ने घरको डिजाइन हामीले पाएनौँ । यसमा हाम्रोभन्दा पनि सरकारको कमजोरी छ’, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङ बारपाकको पहिचान गुम्नुमा सरकारको कमजोरी देखाउँदै भन्छन्, ‘अनि राहत लिनकै लागि पुनर्निर्माणको डिजाइनअनुसार घर बनाउँदा मौलिकता गुम्ने पक्का भएपछि धनीले ठूूल्ठूला आरसीसी अनि गरिबले स(साना ढुंगा, माटो र काठ प्रयोग गरेर जस्तापाताले छाएको घर बनाउन थाले ।’

Facebook Comments Box
Previous Post

महानगरद्वारा तीन महिनामा रु १६ करोड २६ लाख राजस्व सङ्कलन

Next Post

`नागरिककाे काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु´

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८० कार्तिक १७, शुक्रबार ०८:०७
Next Post
`नागरिककाे काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु´

`नागरिककाे काम गर्न कसैको निर्देशन नकुर्नु, माथिको आदेश भन्दै कानुन नमिच्नु´

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

काठमाडौं उपत्यकामा वसन्तसँगै चेरीको बहार, राजधानी झनै मनमोहक

२०८० कार्तिक १७, शुक्रबार ०८:०७
सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

सोनापुर जुट मिल नजिक ठुलो दुर्घटना, तीन सवारी साधन एकआपसमा ठोक्किए

२०८० कार्तिक १७, शुक्रबार ०८:०७
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गत दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न

२०८० कार्तिक १७, शुक्रबार ०८:०७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?