• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

Stambha News by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
in विशेष, स्तम्भ विशेष
0
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ मङ्सिर : वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ ।

जलवायु परिवर्तनमा नेपालको खास योगदान नभए पनि क्षतिका हिसाबले ठूलो समस्यामा परेको छ । पानीका मूल क्रमशः सुक्दै गएका छन् । कहिल्यै बाढी नआउने मुस्ताङमा बाडीबाटै ठूलो क्षति पुगेको छ । मेलम्चीको बाढीका कारण भोग्नुपरेको क्षति र त्यसपछिको पुनः निर्माण तथा पुनःस्थापनाको काम अझै पूरा भइसकेको छैन ।

यी र यस्ता समस्याका बारेमा जानकारी गराउने, विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यतिबेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई)को दुबइमा  पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज ‘हिमाल : हामीलाई जलवायु सङ्कटबाट कसले बचाउँछ ?’ विषयक उच्चस्तरीय छलफल सत्रलाई सम्बोधनसहित अध्यक्षता गर्नुभयो ।  नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै इभेन्टको अध्यक्षता गर्दै छलफल सञ्चालन गरेको पनि यो पहिलो पटक हो ।

सो बैठकलाई संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसले विशेष सम्बोधन गर्नुभएको थियो । सो बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसिसिआई, इसिमोडलगायत अन्तरराष्ट्रिय संस्थासँग आबद्ध विषयविज्ञद्वारा प्रस्तुतीकरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पारेको प्रभावबारे गम्भीर छलफल भएको थियो ।     जलवायु परिवर्तनका कारण पूर्वघोषित तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेन्टिग्रेटभन्दा माथि जान नदिने प्रतिबद्धता व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।

विश्वव्यापी जलवायु परिस्थितिका बारेमा संयुक्त राष्ट्र महासचिव गुटेरेसले पटकपटक विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । गत महिना उहाँले नेपालको चारदिने भ्रमणमा जलवायु परिवर्तनका असर नजिकबाट नियाल्नुभएको छ । अन्नपूर्ण र सोलुखुम्बु पुगेर उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई नजिकबाट नियाल्दै यस सङ्कट समाधान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।

जीवास्म इन्धनको अत्यधिक प्रयोग, बढ्दो कोइलाको प्रयोगका अलावा ग्रिन हाउस ग्यास उत्सजर्नका कारण प्राणीजगत्को साझा घरका रुपमा परिचित पृथ्वीले समस्या भोग्नुपरेको छ । त्यसमाथि जलवायु परिवर्तनको सङ्कट भोग्ने विश्वका केही देशहरुमध्ये नेपाल अग्रस्थानमा छ ।

प्रधानमन्त्री प्रचण्डले आज गर्नुभएको हिमालका मुद्दा विषयक सम्बोधनमा पनि पेरिस सम्झौता कार्यान्वयनको माग गर्नुभएको छ । सो सम्झौतामा ‘जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रुपमा घटाउने कुरालाई आत्मसात् गर्दै विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्वऔद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने’ उल्लेख छ ।

यसैगरी, खाद्य उत्पादनमा कमी हुन नदिने गरी जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई अनुकूलनका लगि क्षमता वृद्धि गर्ने र न्यून हरितगृह ग्यास उत्सर्जन तथा जलवायु समानुकूलनलाई प्रवद्र्धन गर्ने सम्झौतामा स्पष्ट छ । न्यून हरितगृह ग्यास उत्सर्जन तथा जलवायु समयानुकूल विकासमूलक कार्यप्रणालीअनुरुप लगानी प्रवाह गर्ने सो सम्झौताको मुख्य मर्म छ ।

सो सम्झौतामा जलवायु परिवर्तनबाट देखिने समस्या न्यूनीकरणका लागि पहिले नै चेतावनी दिने प्रणाली, आपत्कालीन तयारीका विषयलाई उत्तिकै प्राथमिकता दिइएको छ । अपूरणीय र अस्थायी प्रकृतिका हानिनोक्सानीका घटना, विस्तृत जोखिम मूल्याङ्कन तथा व्यवस्थापन, जोखिम बीमा सुविधा, जलवायु जोखिम व्यवस्था तथा अन्य बीमाजन्य समाधान, गैरआर्थिक नोक्सानी  र समुदाय, जीविकोपार्जन र पारिस्थितिकीय प्रणालीको समानुकूलन जोड दिइएको छ ।

सन् २०२२ मा नासाको नेतृत्वमा गरिएको एक अध्ययनअनुसार, यदि तापमान पूर्वऔद्योगिक स्तरभन्दा दुई डिग्री माथि पुग्यो भने मानव उत्पन्न सङ्कटका कारण थप जोखिम देखिनेछ । सन् २०२३ लाई ‘अत्यधिक गर्मी’ को वर्षका रुपमा चित्रण गरिएको छ ।

यस वर्ष विश्वको तापक्रम पूर्व औद्योगिक औसतको तुलनामा करिब एक दशमलव एक डिग्रीले बढेको छ । अझै, विश्व तापक्रमलाई एक दशमलव पाँच डिग्रीमा सीमित गर्ने मार्गबाट अझै टाढा रहेको देखिन्छ ।

विश्वव्यापी औसत तापमान सन् दुई हजार एक सयसम्म दुईदेखि चार डिग्रीले बढ्ने प्रक्षेपण गरिएको छ । यदि त्यसो भएको खण्डमा चरम मौसम घटना निम्तने चेतावनी दिइएको छ ।

विषम घटनाहरुबाट जोगिन दुबइमा जारी कोप–२८ मा हानिनोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर र जोखिममा रहेका राष्ट्रले ‘हानि र नोक्सानी’ कोषको माग गरेपछि उक्त कोषको शुभारम्भ गरिएको हो ।

वर्षांैदेखि यस विषयलाई निष्कर्षविहीन अवस्थामा बनाएका धनी राष्ट्रहरूले गत वर्ष इजिप्टको शार्म अल शेखमा भएको कोप–२७ शिखर सम्मेलनमा भएको ऐतिहासिक सम्झौतामा कोषलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कोप–२८ सम्मेलनको उद्घाटनका दिन यही मङ्सिर १४ गते उक्त कोष र कोषको व्यवस्थापनका लागि चार सय २३ दशमलव एक मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरिएको छ । आयोजक संयुक्त अरब इमिरेट्स र जर्मनीले एक/एक सय मिलियन, युरोपियन युनियनबाट एक सय ४५ दशमलव छ (जर्मनीको सहित), संयुक्त अधिराज्यबाट ७५ मिलियन, संयुक्त राज्य अमेरिकाबाट २४ दशमलव पाँच मिलियन र जापानबाट १० मिलियन अमेरिकी डलर प्रतिबद्धता व्यक्त भएको छ ।

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेन्डाले गत वर्ष इजिप्टको शार्म अल शेखमा भएको कोप–२७ शिखर सम्मेलनमा औपचारिकरुपमा प्रवेश पाएको थियो । कोषको संरचनाबारे बृहत् वार्तापछि यसलाई अन्तरिम रूपमा विश्व बैंकमा राखी उल्लेख छ ।

सम्मेलन अघि युएईको अवुधाबीमा अक्टोबरमा भएको सङ्क्रमणकालीन समितिको बैठकले हानिनोक्सानीसम्बन्धी कोष परिचालनमा भएको सहमतिको अनुमोदन कोप–२८ ले गर्नुपर्ने जनाएको थियो । यस सहमतिले कोप–२८ को पूर्वसन्ध्यामा सकारात्मक सन्देश दिएको छ ।

तीव्ररूपमा भइरहेको जलवायु परिवर्तनमा कम जिम्मेवार स्थानीय तथा बढी प्रभावित सङ्कटापन्न समुदाय छन् । कोषले नेपालजस्ता सङ्कटापन्न विकासोन्मुख देशमा जलवायु परिवर्तन तथा जलवायुजन्य अतिशय मौसमी र ढिलो सुरु हुने विपद्का घटनाबाट हुने आर्थिक र गैरआर्थिक हानिनोक्सानीलाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ ।

 अल्पविकसित देशहरूका लागि हानिनोक्सानी वित्त सरल र समन्यायिक पहुँचका आधारमा परिचालन होस् भन्ने विषयलाई स्थापित गर्न आवश्यक छ । कोप–२८ मा विश्वका गरिब र कमजोर राष्ट्र (जो जलवायु सङ्कटको भुमरीमा पर्न थालेका छन्) ले स्पष्ट रुपमा आफूहरुका माग सम्बोधन गर्न जबर्जस्त रुपमा आफ्ना धारणा राखेपछि धनी र औद्योगिक राष्ट्र विगतका प्रतिबद्धता कार्यान्वयनमा लाग्नैपर्ने बाध्यात्मक अवस्थामा पुग्ने अपेक्षा गरिएको छ ।

 प्रधानमन्त्री प्रचण्डले आजको सम्बोधनमा भन्नुभयो, “यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो ।” उहाँले विश्व समुदाय मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा जोड दिनुभयो ।  कोष–२८ लाई जलवायु परिवर्तनविरुद्ध लड्ने प्रभावकारी एवम् वस्तुनिष्ठ साझा मोर्चा बनाउने लक्ष्यका साथ संसारभरका  जलवायु विज्ञ र सरकार प्रमुखहरु जुटेका छन् ।

Facebook Comments Box
Previous Post

प्यालेस्टाइन युद्धको विरोध गर्दै थोरङपासमा कालो ब्यानर

Next Post

कोप–२८ मा प्रधानमन्त्रीको अपिल : ‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८० मंसिर १६, शनिबार १३:१७
Next Post
कोप–२८ मा प्रधानमन्त्रीको अपिल : ‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

कोप–२८ मा प्रधानमन्त्रीको अपिल : ‘हामी आफैँलाई बचाउन पहिला हिमाल बचाऔँ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

आज देखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिने

२०८० मंसिर १६, शनिबार १३:१७
आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नुपर्ने आवश्यकता छैन

२०८० मंसिर १६, शनिबार १३:१७
FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

FAST-FAN द्वारा विधान लेखन कार्यशाला सम्पन्न

२०८० मंसिर १६, शनिबार १३:१७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?