• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

अध्यक्ष केसी ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममा बागलुङ, मङ्सिर ३० गतेसम्म कार्यक्रम

Stambha News by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
in राजनीति, विशेष
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङबजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न गर्न बागलुङ पुग्नुभएको छ ।

सङ्गठनको आन्तरिक कार्यक्रम सम्पन्न गरेपछि मङ्सिर २५ गतेदेखि मङ्सिर ३० गतेसम्म आयोजित विभिन्न कार्यक्रम सम्पन्न गर्न उहाँ बागलुङ पुग्नुभएको हो ।

राजमो पूर्व केन्द्रीय सचिव तथा अध्यक्ष केसीका स्वकीय सचिव कृष्ण अधिकारीका अनुसार बागलुङमा विनियोजन भएका बजेट, सो बजेअनुसारका विभिन्न विकास निर्माण योजना कार्यान्वयन भए/नभएको अनुगमन र जनता तथा जनप्रतिनिधिको गुनासो सुन्न अध्यक्ष केसी बागलुङ पुग्नुभएको छ ।

नेता अधिकारीले भन्नुभयो– ‘मङ्सिर ३० गतेसम्म अध्यक्ष केसीले बागलुङमा रहेर विनियोजन भएका बजेटअनुसारका विकास निर्माणका काम भए/नभएको अनुगमन तथा जनता र जनप्रतिनिधिको गुनासो पनि सुन्नुहुने छ ।’

‘जनतासित गुनासो सुन्ने क्रममा अध्यक्ष केसीले देशको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी गराई रहनुभएको छ’ अध्यक्ष केसीलाई उद्धृत गर्दै अधिकारीले युगदर्शनसित भन्नुभयो– ‘अहिलेको गणतन्त्रबाट जनताको अपेक्षा पूरा नभए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । गणतन्त्रको विकल्प गणतन्त्र नै हो भन्ने अभिव्यक्ति अध्यक्ष केसीले दिनुभएको छ ।’

अधिकारीका अनुसार अन्तरक्रिया गर्ने क्रममा अध्यक्ष केसीले जनताको जनचेतनाबिना सुशासन कायम हुन नसक्ने पनि बताउनुभएको छ ।
अध्यक्ष केसीले भन्नुभएको छ– ‘जनताको खबरदारीपूर्ण सचेतनाबिना सुशासनको परिकल्पना नै गर्न सकिन्न । सुशासनका लागि जनताको चेतनास्तर माथि उठ्नैपर्छ ।’

अध्यक्ष केसी मङ्सिर २२ गते बिहान काठमाडौँबाट बागलुङ पुग्नुभएको थियो ।

मङ्सिर २३ गते उहाँ राजमो बागलुङको जिल्ला समितिको बैठकमा सहभागी हुनुभएको थियो । सोही दिन उहाँ बागलुङबजारमा आयोजित सर्वदलीय बैठकमा सहभागी हुनुभएको थियो ।

आजै मङ्सिर २४ गते अध्यक्ष केसीले धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसको अनुगमन गर्नुभएको थियो । त्यसभन्दा अघि उहाँले बागलुङबजारमा आयोजित महिला हिंसा विरुद्ध १६ दिने अभियानसम्बन्धी कार्यक्रममा आतिथ्य ग्रहण गर्नुभएको थियो । सो कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय बागलुङले गरेको थियो ।

आजै उहाँ मानव अधिकार आयोगद्वारा आयोजित प्रभातफेरी कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । त्यस्तै उहाँले जिल्ला प्रशासन कार्यालयका कर्मचारीसित कामको अनुगमनसमेत गर्नुभएको थियो ।

अभियानका सहभागी
‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममा सम्बन्धित क्षेत्रका राजमो नेता तथा जनप्रतिनिधिको सहभागिता रहेको छ ।

नेता अधिकारीका अनुसार अध्यक्ष केसीसँग जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर थापा, राजमो बागलुङका अध्यक्ष तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण शर्मालगायतका राजमो नेताकार्यकर्ताको सहभागिता छ ।

आगामी कार्यक्रम

अभियानअन्तर्गत मङ्सिर २५ गते सोमबार बिहान बागलुङ नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने कार्यक्रम रहेको छ । दिउसो उहाँ काठेखोला गाउँपालिका पुग्नुहुने छ ।

मङ्सिर २६ गते मङ्गलबार बिहान अध्यक्ष केसीको कार्यक्रम काठेखोलाको तङ्ग्राममा निश्चित गरिएको छ भने सोही दिन दिउसो उहाँ हटिया र मल्ममा जनताका गुनासो सुन्ने तथा अन्तरक्रिया र अनुगमन कार्यक्रममा सहभागी हुनुहुने छ ।

अध्यक्ष केसी मङ्सिर २७ बुधबार बिहान दुदिलाभाटी पुग्नुहुने छ भने दिउसो बरेङ गाउँपालिकामा पुगेर विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ ।

मङ्सिर २८ र २९ अध्यक्ष केसीले जैमिनी नगरपालिकाका विभिन्न वडामा अन्तरक्रिया, अनुगमन र जनगुनासो सुन्ने कार्यक्रममा सहभागी हुनुहुने छ ।

त्यसैगरी, मङ्सिर ३० गते उहाँ बागलुङ नगरपालिकाको वडा नम्बर १२, १३ र १४ बलेवा एरियामा जनभेटघाट कार्यक्रममा सहभागी हुनुहुने छ ।

Facebook Comments Box
Previous Post

अमेरिकाको टेनेसीमा भीषण आँधी: ६ जनाको मृत्यु, २३ जना घाइते

Next Post

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८० मंसिर २४, आईतवार १५:४७
Next Post
पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु

पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

२०८० मंसिर २४, आईतवार १५:४७
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८० मंसिर २४, आईतवार १५:४७
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

२०८० मंसिर २४, आईतवार १५:४७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?