• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home समाज

Stambha News by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
in समाज
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हाल भइरहेको फलाम आयात घटाउन नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रबाट फलाम उत्खनन् गर्ने भएको छ ।

खानी तथा भूगर्भ विभागको अध्ययनमा सो क्षेत्रमा फलाम रहेको तथ्य फेला परेपछि उत्खनन् गर्ने भएको हो ।

अध्ययनको क्रममा धौवादीको १० किलोमिटर क्षेत्रमा ठुलो परिमाणमा फलाम खानी पत्ता लागेको थियो । २०७६ भदौ ४ गते मन्त्रिपरिषद्ले निर्णय गरी धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिसकेको छ ।

उक्त कम्पनी २०७६ असोज ९ गते कम्पनी रजिस्ट्रार कार्यालयमा धौवादी फलाम कम्पनी लिमिटेडको नाममा दर्ता भई सोही वर्षको फागुनदेखि सञ्चालित छ ।

भारतको एम एन्ड दस्तुर, एसआरके र नेपालको जेड कम्पनीले आठ महिना लगाएर फलाम खानीबारे अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिवेदनमा २०८४ देखि फलाम उत्पादन गर्न सकिने उल्लेख छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा जनकबहादुर चन्दले धौवादी फलाम खानीमा आधारित आइरन/स्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन भई अन्तिम प्रतिवेदन प्राप्त भएको बताउनुभयो ।

अध्ययनले आइरन/स्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको उहाँको भनाइ छ । आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन् गर्दा हुने कम्पन), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र विस्तृत परियोजना प्रतिवदेन तयार गरी उत्पादनतर्फ लागिने कम्पनीले जनाएको छ ।

डा. चन्दका अनुसार उद्योग स्थापना भएसँगै दुई हजारदेखि दुई हजार पाँच सयले प्रत्यक्ष र २० देखि २५ हजार जनशक्तिले अप्रत्यक्ष रूपमा रोजगारी पाउने छन् ।

अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड लाग्ने प्रक्षेपण गरेको छ । उक्त लगानी असुल भई कम्पनी नाफामा जान सात वर्ष लाग्ने प्रतिवेदनमा उल्लेख छ । कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाइसकेको छ ।

धौवादी फलाम खानीबाट निकाल्न सकिने परिमाण र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको पुष्टि भएको जनाएको थियो ।

सुरुमा ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने तय भए पनि लगानीको ढाँचा टुङ्गो लागेको छैन । आइरन/स्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत्समेत उत्पादन हुने छ । धौवादी क्षेत्रमा फलाम उत्पादन भएमा २० देखि २५ प्रतिशत व्यापारघाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम रहेकामा नौ करोड ६० लाख टन मात्र उत्खनन् गर्न सकिने बताइएको छ ।

कम्पनीका अध्यक्ष एवम् खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले २०६८ देखि फलाम खानीको अध्ययन गर्दै आएको बताउनुभयो ।

‘नेपालमा रहेको फलाम खानीबाट फलाम उत्पादन गरी बिक्रीवितरण गर्न सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्थ्यो’ उहाँले भन्नुभयो ।

महानिर्देशक घिमिरेले खानी तथा भूगर्भ विभागले देशभरका साना तथा ठुला खानीको अध्ययन अनुसन्धान गर्दै आएको बताउनुभयो । कम्पनी सञ्चालनमा आउँदा व्यापारघाटामा कमी, रोजगारी सिर्जना, फलामजन्य कच्चापदार्थको आयातमा कमी, पूर्वाधार औद्योगिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

Facebook Comments Box
Previous Post

प्रतिनिधि सभामा सांसदमाझ गीतमार्फत् बिम्ब प्रहार

Next Post

मेघालय घटनाले नेपालीमाझ भय सिर्जना गरेकाले सुरक्षाको प्रत्याभूति दिन मूल प्रवाहको माग

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन
राजनीति

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

by Stambha News
२०८१ असार २४, सोमबार १७:१६
Next Post
मेघालय घटनाले नेपालीमाझ भय सिर्जना गरेकाले सुरक्षाको प्रत्याभूति दिन मूल प्रवाहको माग

मेघालय घटनाले नेपालीमाझ भय सिर्जना गरेकाले सुरक्षाको प्रत्याभूति दिन मूल प्रवाहको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपालगन्जमा चियागन्जको मोह

२०८१ असार २४, सोमबार १७:१६
राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

राष्ट्रपति पौडेलद्वारा माघे संक्रान्तिको शुभकामना

२०८१ असार २४, सोमबार १७:१६
प्रधानमन्त्री ओलीद्वारा ‘श्रमसंसार पोर्टल’ शुभारम्भ, श्रमिक सेवामा प्रविधिको प्रयोगमा जोड

गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध हुने अराजक गतिविधिको प्रतिवाद गर्छाैँ: प्रधानमन्त्री

२०८१ असार २४, सोमबार १७:१६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?