बैशाख ५, नेपालगंज । पछिल्लो समय कफिको पारखी बढेपनि चियाको चुस्के लिनेको पनि उत्तिकै भिडभाड छ । धेरै पहिले देखी चिया पिउने अनि स्वाद लिनेको चलन रहे पनि हिजोआज फेरि चिया पारखी ह्वात्तै बढेको पाईन्छ ।
छुट्टै स्वाद र विभिन्न ब्रान्डका चियाका लागि यतिबेला नेपालगन्जमा चियागन्जले तहल्का मच्चाईरहेको छ । चिया पारखीका लागि स्वादिष्ट चियाको थलो मात्र होइन युवा युवती देखि जेष्ठ नागरिकसम्म चियाको स्वाद लिन चियागन्ज आएको सन्चालक रोशन केसी तथा रत्नकाजी शाक्य बताउँछन् ।
पाथि इन्भेस्टमेन्ट संस्थाका १५ जना युवाकाे समुहले सामुहिक रुपमा चियागन्ज संचालनमा ल्याएको हो । सात प्रजातीका चिया पाउने चियागन्जमा सबेैभन्दा बढी एप्पल र पानको चिया बढि बिक्री हुने गरेको केसी बताउछन् ।
नयाँ बर्षको अवसरमा रु १ को चियाले निकै चर्चा पाएको चियागन्जले व्यावसाय भन्दापनि चिया स्वादका लागि प्रचार प्रसारमा ध्यान दिएको र नयाँ बर्षको दिन झण्डै पच्चीस सय चिया बिक्री भएको संचालक समिति सदस्य बताउँछन् ।











