काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोडमा फुटपाथ बिस्तार गर्न थालेपछि तनाव भएको छ । शुक्रबार साँझ स्थानीयले महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुत्ला दहन गरेका छन् ।
शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । फुटपाथ बढाउन थालेपछि स्थानीय बिहानैदेखि विरोधमा उत्रिएका थिए ।
केही दिनअघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन्। उनीहरूले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए।
काठमाडौँ महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरूले अदालतको आदेशको अवहेलना गरेको बताएको छ।
यसअघि महानगरले फुटपाथ बढाउन खनेको नालीलाई संघीय सरकार मातहतको सडक विभागले रातारात पुरेर पिच गरेको थियो ।
उच्च अदालतको आदेशसँगै बालेन्द्रले आफ्नो योजना अघि बढाउन थालेका हुन् ।
काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोडमा फुटपाथ बिस्तार गर्न थालेपछि तनाव भएको छ । शुक्रबार साँझ स्थानीयले महानगरपालिकाका मेयर बालेन्द्र शाहको पुत्ला दहन गरेका छन् ।