• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

सवारी लाइसेन्समा विचौलिया जन्माउने “दफा ४९” !

केही नेपाल ऐन संसोधन विधेयक, २०८० मा छुटेको प्रस्ताव

Stambha News by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
in विशेष, समाज
0
सवारी लाइसेन्समा विचौलिया जन्माउने “दफा ४९” !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ई.उमेश रुपाखेती, ३१ श्रावण, काठमाडौं। संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र दुर्बल पक्षको बारेमा विश्लेषण हुन्छ भन्ने विश्वास गरिन्छ । कानुन संसोधनको सन्दर्भमा विधेयक दर्ता भइसकेपछि विभिन्न तह र क्षेत्रबाट सुझाव लिने प्रक्रिया पनि आरम्भ हुन्छ ।

राम्रोपालिका टिमले गरेको अध्ययनअनुसार नेपालको संघिय संसदको प्रतिनिधि सभामा २०८० बैशाख २६ गते दर्ता भएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा विद्यमान कानुनी व्यवस्थामा सुधार गरी जनताको गुनासो सम्बोधन गर्ने विषयहरु छुटेको पाइएको छ । विधेयकमा समेटिएको ७९ वटा प्रचलित कानुनलाई संसोधन गर्ने दफाहरुको बारेमा अध्ययन गर्दा विधेयकको दफा २४ मा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४, दफा ५६ र दफा १६८ लाई मात्र संसोधन गर्ने व्यवस्था देखिएको छ ।

आम जनता र सेवाग्राहीले पटक पटक चालक अनुमती सम्बन्धी परिक्षामा भएको अनियमितता र विचौलियाको शोषणलाई अन्त्य गरियोस् भनेर लामो समयसम्म आवाज उठाउँदै आए पनि त्यसैसंग सम्बन्धित दफामा संसोधन नहुँदा जनगुनासो कायम रहन सक्ने परिस्थिति उत्पन्न हुने भएकाले माननीय सांसद लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुपर्ने अवस्था सृजना भएको छ ।

नेपालमा हाल यातायात व्यवस्था सम्बन्धी विषयहरुमा विभिन्न तहको गुनासोहरु छन् । सवारी साधनको दर्ता, नामसारी, र नविकरणको प्रक्रियामा भोग्नुपरेको कठिनाई र चालक अनुमतीपत्रको परिक्षा प्रणालीमा सहभागी भइसकेपछिको समस्याहरु अत्यन्त पीडादायक छन् ।

यस्ता नकारात्मक अनुभवहरुले जनताको गुनासो बढाउँदै लैजाने र समग्र शासकीय प्रणालीमाथि थप अविश्वास सृजना गराएको छ। सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्न महिनौं लाग्ने दुरावस्थाले एकातर्फ ठुलो नकारात्मक प्रतिक्रिया जन्माएको छ भने अर्को तर्फ केही विद्यमान कानुनी व्यवस्थाको सहारामा परिक्षा प्रणालीलाई विचौलियाकरण गरी सेवाग्राहीलाई शोषण गरिएको अवस्था छ ।

सवारी लाइसेन्समा विचौलिया जन्माउने दफा ४९, सम्बन्धित नियमावली र निर्देशिकाको कस्तो छ त ? आउनुहोस्, एकपटक कानुनी व्यवस्थाको अध्ययन गरौं

१) सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ।

२) सवारी तथा यातायात व्यवस्था नियमावली २०५४(आठौं संसोधन सहित)

३) यातायात व्यवस्थपन कार्यविधि निर्देशिका २०७४

उपरोक्त ३ वटै कानुनी व्यवस्थाहरुले परिक्षार्थीहरुलाई पटक तोकेर मनोवैज्ञानिक दवाव सृजना गराएको छ । कसैले सवारी चालक अनुमती पत्रको लिखित परिक्षा पास गरेर ३ पटक सम्म प्रयोगात्मक परिक्षा अनुत्तिर्ण हुने बित्तिकै पुनः परिक्षामा सामेल हुनको लागि उसले ३ महिना कुर्नुपर्ने व्यवस्थाको कारण पहिलो पटक अनुत्तिर्ण हुने बित्तिकै सेवाग्राहीलाई मनोवैज्ञानिक दवाव उत्पन्न हुन्छ ।

राम्रोपालिका टिमले उपत्यकाको यातायात सेवा कार्यालयमा भ्रमण गर्दा विचौलियाको चक्र सृजना गर्नको लागि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४९ ले बाटो खोलीदिएको अवस्थाको अवलोकन गरेको छ । सामान्यत: परिक्षा फारम भर्ने बेलादेखि नै सेवाग्राहीलाई विचौलियाले पछ्याउँदै जान्छन् । एक पटक प्रयोगात्मक परिक्षा अनुत्तिर्ण भइसकेपछि अधिकांश सेवाग्राही विचौलियाका सम्पर्कमा पुग्छन् र दोस्रोपटक पनि अनुत्तिर्ण भएका पूर्णत: विचौलियाको शरणमा पर्छन् । ९० दिनपछि मात्र पुनः परिक्षाको लागि योग्य भइने, फेरी पनि लिखित परिक्षामा सहभागी हुनुपर्ने झन्झटिलो व्यवस्था सम्झदैंमा सेवाग्राहीको मन अमिलो भएको देखिन्छ ।

यदी दफा ४९ संसोधन गरी , त्यसको उपदफा २ मा स्पष्ट रुपमा “एकपटक लिखित परिक्षा उत्तिर्ण भएको व्यक्तिले पुनः अर्को पटक लिखित परिक्षामा सामेल हुनुपर्ने छैन र निश्चित दस्तुर तिरेर पुनः प्रयोगात्मक परिक्षामा सामेल हुन पाउनेछन् । यसरी पुनः परिक्षामा सामेल हुने परिक्षार्थीलाई पटक तोकेर परिक्षाको अवसर सिमित पारिनेछैन । “ भन्ने व्यहोरा वा उपयुक्त कानुनी भाषा “केहि नेपाल ऐन संसोधन विधेयक, २०८० “ मा संसोधन प्रस्ताव राखी पास गराउन सके यसले विचौलियाको एउटा चक्रलाई भत्काइदिनेछ ।

यस प्रकारको संसोधनले एकातर्फ सेवाग्राहीले आत्मविश्वासपूर्वक परिक्षामा सहभागि हुने अवस्था सृजना हुनेछ भने अर्कोतर्फ राज्यको राजस्व पनि बढोत्तरी गर्नेछ । एकपटक लिखित परिक्षा उत्तिर्ण भइसेकेपछि निश्चित अवधीसम्म प्रयोगात्मक परिक्षा दिइरहने पाइने र पुन लिखित परिक्षा दिनु नपर्ने व्यवस्था गर्नेबित्तिकै नागरिक अनुशासनको पनि बढोत्तरी हुनेछ ।

Facebook Comments Box
Previous Post

पशुपतिमा सञ्चालित विशेष कोटीहोम महायज्ञमा उत्साहजन सहभागिता, पहिलो दिनमै पाँच हजार बढी भक्तजनको सहभागिता

Next Post

विपिनको रिहाइका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्रीको आग्रह

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ श्रावण ३१, बिहीबार १३:२३
Next Post
विपिनको रिहाइका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्रीको आग्रह

विपिनको रिहाइका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

स्कुटर चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ, मुख्य योजनाकार अझै फरार

स्कुटर चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ, मुख्य योजनाकार अझै फरार

२०८१ श्रावण ३१, बिहीबार १३:२३
प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२०८१ श्रावण ३१, बिहीबार १३:२३
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

‘हेर्दाहेर्दै श्रीमती पुरिइन्…म बाँच्न सफल भएँ’

२०८१ श्रावण ३१, बिहीबार १३:२३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?