११ बैशाख, काठमाडौं । आज सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीले एक पुरुषलाई कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, घटना मिति २०८१ साल मंसिर २३ गते काठमाडौंको सुन्धारा आकाशेपुल मुनि घटेको पुष्टि भएको हाे ।
घटनामा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीहरूलाई तत्कालीन जिम्मेवारी—ट्राफिक प्रहरी वृत्त जनसेवाबाट हटाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइ आवश्यक छानविन र अनुसन्धान थालिएको जानकारी दिइएको छ।
यस सम्बन्धमा ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिपक गिरीले भने, “उक्त घटनालाई गम्भीरताका साथ लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ। प्रहरी संगठनभित्र अनुशासन कायम राख्न र जनविश्वास सुनिश्चित गर्न हामी कडाइका साथ अघि बढ्नेछौं।”
प्रेस विज्ञप्ति हेर्नुस ।










