• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

विपिनको रिहाइका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्रीको आग्रह

Stambha News by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
in विशेष, समाज
0
विपिनको रिहाइका लागि पहल गरिदिन कतारका राजदूतसँग गृहमन्त्रीको आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले आज शिष्टाचार भेटघाट गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखक र राजदूत अन्सारी द्विपक्षीय हित र चासोबारे छलफल भएको थियो।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा मन्त्री लेखकले जोड दिए।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारलाई २४ घण्टा नै बीमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीको राहत र उद्धारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे।

भेटमा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे।

गत वर्ष असोज २० गते इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

हराएका विपिन कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका हुन्। हमासको आक्रमणपछि इजरायली डिफेन्स फोर्स आईडीएफले भिडिओ सार्वजनिक गर्दै विपिनलाई प्यालिस्टिनी विद्रोही समूह हमासले नियन्त्रणमा लिएर गाजातर्फ लगेको बताएको थियो।

महेन्द्रनगरका विपिनलाई हमासले अपहरण गरेर लगेको उनका साथीहरूले घरमा म्यासेज पठाएका थिए।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी गत वर्ष भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासका आक्रमणकारीले गोली बर्साउँदा विपिन साथीभाइसँगै थिए। पहिलोपटक प्रहार गरिएको बम विपिनले समातेर बंकरभन्दा बाहिर फालेका थिए। दोस्रोपटकको बम भने बंकरमै विस्फोट भएको थियो।

त्यसैगरी राजदूत अन्सारीले बिपीन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए। उनले कतारको विकासमा नेपालीले गरेको सहयोगको प्रशंसा गरे।

Facebook Comments Box
Previous Post

सवारी लाइसेन्समा विचौलिया जन्माउने “दफा ४९” !

Next Post

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
Next Post
डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

२०८१ श्रावण ३२, शुक्रबार ०५:३६
कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

कीर्तिपुर नगरपालिकाको भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ श्रावण ३२, शुक्रबार ०५:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?