• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

नागढुंगा सुरूङमार्ग नजिकैको पहिरो पन्छाइयो, राजमार्ग दुईतर्फी सञ्चालनमा

Stambha News by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
in विशेष, समाज
0
नागढुंगा सुरूङमार्ग नजिकैको पहिरो पन्छाइयो, राजमार्ग दुईतर्फी सञ्चालनमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५ भदौ, काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा लेदोसहितको पहिरो खस्दा अवरूद्ध बनेको राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ।

धादिङको धुनिबेँसी नगरपालिका-९ स्थित खत्रीपौवामा सोमबार साँझ ६ बजेतिर लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको त्रिभुवन राजमार्ग मंगलबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाले जानकारी दिए।

दुईवटा एक्सकाभेटर र टिपर प्रयोग गरी बिहान ३ बजे पहिरो पन्छाइएको इन्स्पेक्टर थपलियाले जानकारी दिए। ‘पहिरो पन्छाएपछि बिहान ३ बजेदेखि नै सवारी साधन दुईतर्फी नै चल्न थालिसकेका छन्,’ इन्स्पेक्टर थपलियाले सेतोपाटीसँग भने। साँझ ६ बजेदेखि बाटो दुईतर्फी नै अवरूद्ध हुँदा धादिङ र काठमाडौंतर्फ लामो जाम भएको थियो।

काठमाडौंतर्फको जाम चन्द्रागिरि नगरपालिका-२ वाणभन्ज्याङस्थित महाशक्तिसम्म पुगेको थियो भने धादिङतर्फ सिक्रे खोलासम्म जाम भएको थियो। राति ८ बजेसम्म पहिरो खसिरहेका कारण पन्छाउन मुस्किल भएको थियो। पहिरो रोकिएपछि राति १० बजेदेखि मात्रै पन्छाउने काम सुरू भएको थियो।दुईटा एक्सकाभेटर र टिपर प्रयोग गरी पहिरो पन्छाउँदा झन्डै पाँच घन्टा लागेको थियो। बाटो दुइतर्फी सञ्चालनमा भएपनि सवारीको चाप केही बढी रहेको इन्स्पेक्टर थपलियाले बताए। ‘लामो जाम थियो। बाटो खुलेपछि जाम हटेपनि सवारी साधनको चाप केही बढी छ,’ उनले भने।

Facebook Comments Box
Previous Post

विदेशमा दैनिक चार नेपालीको मृत्यु, एक वर्षमा १४७ ले गरे आत्महत्या

Next Post

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ भाद्र २५, मंगलवार ०६:१९
Next Post
रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

रास्वपाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पोखराबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई प्रहरी प्रभाग बलम्बुद्वारा विशेष सम्मान

२०८१ भाद्र २५, मंगलवार ०६:१९
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

२०८१ भाद्र २५, मंगलवार ०६:१९

नेपालगन्जमा चियागन्जको मोह

२०८१ भाद्र २५, मंगलवार ०६:१९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?