• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

Stambha News by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
in विशेष, समाज, स्तम्भ विशेष
0
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

Passengers heading for their hometowns for Dashain at Old Bus Park, Kathmandu on Thursday, October 15, 2015. Photo: THT

0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
  • स्तम्भन्युज

    — खेम राज अधिकारी

स्तम्भन्युज अनलाइन खबर

काठमाडौँ, असोज १४। दसैँ नजिकिँदै जाँदा राजधानी काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको चाप दिन प्रतिदिन बढ्दै गएको छ। घटस्थापनादेखि आजसम्मका आठ दिनमा मात्र पाँच लाख ५३ हजार २६१ जनाले उपत्यका छाडिसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामै ८५ हजार २८४ जनाले उपत्यका छाडेका छन्। त्यस्तै, सो अवधिमा १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि आजसम्म उपत्यकाबाट बाहिरिएका सवारीसाधनको कुल सङ्ख्या एक लाख ८९ हजार पुगेको छ। यात्रुको मुख्य गन्तव्य पूर्व, पश्चिम र सुदूरपश्चिमका जिल्ला रहेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार यात्रुको सहजता र सुरक्षाका लागि विभिन्न नाकामा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ। उहाँले सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली सक्रिय रूपमा खटिएको बताउनुभयो।

ट्राफिक प्रहरीले विशेषगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र प्राविधिक अवस्था अनिवार्य जाँच गर्न आग्रह गरेको छ।

यता, उपत्यकामा भने ७२ हजार ४१ सवारीसाधनमार्फत दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन्। कोटेश्वर, कलङ्की, बल्खु, नयाँबसपार्क र जगतीलगायतका नाकामा यात्रुको भीड देखिएको छ।

सार्वजनिक यातायात बाहेक निजी सवारीसाधन र पर्यटक बसमार्फत यात्रा गर्नेहरूको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। राजधानीमा भने यात्रु बाहिरिन थालेसँगै सडक चाप घटेर तुलनात्मक रूपमा फुर्सदिलो देखिन थालेको छ।

Facebook Comments Box
Previous Post

नेपालगञ्ज यातायात कार्यालय बन्द, सम्पूर्ण कागजात रेकर्ड जलेर नष्ट

Next Post

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ आश्विन १४, मंगलवार १६:२८
Next Post
नेपालगञ्जमा रावण दहनको तयारी पूरा

नेपालगञ्जमा रावण दहनको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

ठुलो वर्षाअघि महाकाली नदीमा बाँध निर्माण हुने गृहमन्त्री लेखकको दाबी

२०८२ आश्विन १४, मंगलवार १६:२८
सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

सांसदको वार्षिक तलब करिब १० लाख, भत्ता जोड्दा १८ लाखसम्म सुविधा

२०८२ आश्विन १४, मंगलवार १६:२८
कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

कृष्ण जन्माष्टमी : पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा विशेष भीडभाड

२०८२ आश्विन १४, मंगलवार १६:२८

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?