• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मुन्ना सयौं च्याङ्ग्रा लिएर गायब च्याङ्ग्राधनी खोजेको खोज्यै

मुस्ताङीको १०३ च्यांग्रासहित ३ जना पोखराबाट बेपत्ता

Stambha News by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
in विशेष, समाज
0
मुन्ना सयौं च्याङ्ग्रा लिएर गायब च्याङ्ग्राधनी खोजेको खोज्यै
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

जोमसोम । मुस्ताङको १०३ च्यांग्रासहित ३ जना पोखराबाट बेपत्ता भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ का स्थानीय ताक्ला गुरुङको १०३ वटा च्यांग्रा सहित मुना नाम गरेका व्यक्ति र उनका २ सहयोगी बिहिबार बिहान ४ बजे पोखराबाट एकाएक बेपत्ता भएका हुन्। खोजी गर्दा अहिलेसम्म फेला परेका छैनन् भने सम्पर्कमा पनि आएका छैनन्। उनीहरूले ट्रकमा ४०-५० वटा च्याङ्ग्रा भेटिएको जानकारी च्यांग्रा धनी ताक्ला गुरुङले दिएका छन् । उनी पोखरामा प्रहरीलाई उजुरी गरेर यतिबेला चितवन गएको खबर छ । मुन्ना कुख्यात ठग भएको जानकारी प्राप्त भएको छ ।

दसैंका लागि मुस्ताङमा निजी कार चढेर च्यांग्रा व्यापारका लागि च्यांग्रा खरिद गर्न आएका मधेशी मूलको जस्तो हुलिया भएको मुख्य व्यक्ति मुना नाम गरेको र उनका सहयोगी २ जना सहयोगीले गुरुङको च्यांग्रा पैसा नदिई कुलेलाम ठोकेको च्यांग्रा धनी गुरुङले बताए।

बुधबार मुस्ताङ आएका अपरिचत उनीहरूले च्यांग्रा खरिद गर्न भनेर चैले पुगेका थिए। बुधबार चैले पुगेका उनीहरूले ताक्ला गुरुङको च्यांग्रा गोठमा भएका १०३ वटा च्यांग्रा एक गठ्ठा प्रतिगोटा ३७ हजारमा मोलतोल गरे। च्यांग्राको पुरै भुक्तानी पोखरामा बुझाउने र च्यांग्रा धनी पनि साथै जाने निर्णय गरे।

त्यसपछि बुधबार साँझ चराङका स्थानीय किमी छोटेन गुरुङको ग १ ख ५१७४ नम्बरको ताक्ला गुरुङको १०३ वटा च्यांग्रा ट्रकमा लोड गरी पोखरा झारियो। च्यांग्रा खरिद गर्ने ब्यापारी बताउने मुना नाम गरेका व्यक्ति र उनका २ जना सहयोगीसँगै उनी पनि कारमा चढेर पोखरा झरे।

ट्रकमा लोड गरिएको च्यांग्रा पोखरा हेम्जा याम्दीमा मध्यराती पुग्यो। ट्रकमा भएको च्यांग्रा अनलोड गर्दा बिहीबार बिहानको ४ बजेको थियो। च्यांग्रा व्यापारी मुनासहितको च्यांग्रा धनी पोखराको एक होटलमा बस्न पुगे। ट्रकमा राखेर च्यांग्रा तल झार्दा १० वटाजति च्यांग्रा निस्सासिएर मरेका थिए।

व्यापारी मुना र उनका सहकर्मी च्यांग्रा धनी ताक्ला गुरुङलाई होटलमै बस्न भनेर उनीहरू मरेको च्यांग्रा व्यवस्थित गर्न जान्छौं भनी त्यहाँबाट हिडे। त्यसपछि होटलमै उनीहरूलाई पर्खिएर बसेका च्यांग्रा धनी ताक्लाको पर्खाईको धैर्यता टुट्न थाल्यो। उनले विस्तारै आफू ठगिएको महसुस गर्न थाले। च्यांग्रा ठगीबाट ताक्लालाई ३८ लाख ११ हजार रुपैयाँ क्षति हुने देखिन्छ।

‘पैसा पोखरा पुगेरै दिन्छु भनेको थियो, मलाई पनि सँगै जाउ भने’, च्यांग्रा धनी ताक्लाले भने, ‘ पोखरा पुगेपछि मलाई होटलमा कुराएर उनीहरू सम्पर्कमा नआई बेपत्ता भए, उनीहरूले अर्को ट्रकमा लोड गरी च्यांग्रा लिएर भागेको हुनसक्छ।’

मुस्ताङबाट ट्रकमा लोड गरेको भाडा उनीहरूले ट्रक धनीलाई बुझाएको ताक्लाको भनाइ छ। पोखरा हेम्जा याम्दीमा अनलोड भएको च्यांग्रा अर्को ट्रकमा लोड गरेर सम्पर्कविहिन भएका थिए । भीआईपी च्यांग्रा व्यापारी बनेर कार चढेर आएको र आफूले त्यसमा विश्वास गर्दा ठगिन पुगेको ताक्लाले जनाए।‘हामीसितै तलै जाउँ तलै पैसा दिउँला भन्यो, ताक्लाले थपे,‘ उनीहरू सुकिला र स्टार्ड जस्ता देखिन्थे, त्यसको भ्रममा पर्दा मेहनतले दुख गरेर पालेको च्यांग्रा योजनाबद्ध रुपमा लिएर बेपत्ता भइदिए।’

च्यांग्रासहित बेपत्ता भएका व्यक्तिहरूको खोजतलास गरी आफ्नो च्यांग्रा फिर्ता गराइदिन बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित निवेदन दिन पुगे। जिल्ला प्रहरी कार्यालय कास्कीले यस सम्बन्धी बुझ्दा च्यांग्रा धनी च्यांग्रा लिएर पैसा नदिई बेपत्ता भएको घटनाको विवरणसहित उजुरी दिन आएको जनाएको छ।

च्यांग्रा धनी ताक्लाले विगतका वर्षहरूमा च्यांग्रा गोठमै बिक्री गर्ने गरेको र पैसा जोमसोमबाट लिने गरेको बताए। तर, यसपटक उनीहरूको वास्तविक नियत बुझ्न नसक्दा आफू ठगिन पुगेको दुखेसो सुनाए।

  • समाचार सौजन्य: खेम राज अधिकारी

Facebook Comments Box
Previous Post

दशैंको टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा

Next Post

अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ आश्विन ५, शनिबार ०७:३४
Next Post
अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

अदालतले प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

थानकोटमा महिला कमाण्डर, उपत्यकाको ९ वृत्तका प्रहरी प्रमुख फेरिए

२०८१ आश्विन ५, शनिबार ०७:३४
चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

२०८१ आश्विन ५, शनिबार ०७:३४
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

२०८१ आश्विन ५, शनिबार ०७:३४

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?