• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति

Stambha News by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
in विशेष, समाज
0
सुख्खा पहिरोले आठवटा कन्टेनर डिब्बामा क्षति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रसुवा, असोज  १६ गते । जिल्लाको टिमुरेभन्दा दक्षिण तातोपानी नजिक रोकिएर राखिएका आठवटा कन्टेनर डिब्बामा सुख्खा पहिरोले क्षति भएको छ । केरुङतर्फ सामान लिन जान पालो कुरेर रोकी राखिएका ती कन्टेनर डिब्बामा मङ्गलबार राति आएको सुख्खा पहिरोले क्षति पुर्‍याएको हो ।

भारी वर्षाले अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्डको सडक मङ्गलवार खुलेसँगै केरुङमा सामान लिन गएका ती कन्टेनर डिब्बा केरुङतर्फको भूभागमा सडक बन्द भएको जानकारी पाएपछि पार्किङ अभाव अभावका कारण सडक छेउमा राखिएको थियो ।

चिनियाँ भू–भागको केरुङ रसुवागढीबिच भागका पहिरोले सडक पूर्ण क्षति भएपछि उक्त खण्ड पुनः सञ्चालनका लागि करिब ४०–४५ दिन  लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई केरुङ प्रशासनले जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो ।

रोकेर राखिएका कन्टेनरका डिब्बामा क्षति भएपछि पार्किङ गरेर राखिएका अन्य कन्टेनर आ–आफ्ना घरतर्फ फर्काउन सबै सवारी धनीलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख भट्टराईले जानकारी दिनुभयो । यसअघि पहिरोले अवरुछ भएको सडक मङ्गलबार सञ्चालन भएपछि केरुङ जानका लागि ४० वटा कन्टेनर टिमुरे क्षेत्रमा प्रवेश गरेका प्रहरीले जनाएको छ ।

स्याफ्रुबेँसी, टिमुरेको तातोपानी, टिमुरे घट्टेखोला क्षेत्रको भूभाग कमजोर भएकाले पहिरोको जोखिम उच्च रहेको भन्दै सामान बोकी आएका मालवाहक कन्टेनर भन्सार हातामा मात्र राख्न रसुवा जाने सबै चालकलाई अनुरोध गरिएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो । सुरक्षित पार्किङको अभाव भएका टिमुरे, रसुवागढी क्षेत्रमा केरुङतर्फको सडक नखुलेसम्म स्याफ्रुबेँसीबाट सवारीसाधन कहिन नलैजान अनुरोध गरिएको उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच, केरुङबाट दसैँका लागि आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुसहित कपडा बोकेर आएका दुई सय कन्टेनर भन्सार हातामा रहेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । ती कन्टेनरका सामग्री यथाशीघ्र काठमाडौँ पठाउने तयारी भएको जनाउँदै विद्युत् अभावले जाँचपास गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।

साथै एक सय ५० बढी विद्युतीय सवारीसाधन समेत टिमुरे क्षेत्रमा रहेका भन्सार कार्यालयले जनाएको छ । यही असोज १० गतेसम्म आयात सामग्रीको शुल्कबाट रु एक अर्ब राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत भट्टराईले जानकारी दिनुभयो । चिनियाँ भागमा पहिरो गएकाले सडक सञ्चालन गर्न समय लाग्ने चिनियाँ समकक्षीले भन्सार कार्यालयलाई जानकारी गराइसकेका उहाँले उल्लेख गर्नुभयो ।

सडक अवरुद्ध हुँदा सामान आयात हुन नसकेपछि लक्षित राजस्व असुलीमासमेत कमी आउने देखिएको प्रमुख भट्टराइले जानकारी दिनुभयो ।

Facebook Comments Box
Previous Post

बडादसैँ सुरु, आज घटस्थापना

Next Post

झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ आश्विन १७, बिहीबार ०३:३६
Next Post
झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

झापामा चाडपर्व लक्षित सुरक्षा योजना : १२६० प्रहरी परिचालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

२०८१ आश्विन १७, बिहीबार ०३:३६
प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए

प्रतिनिधिसभा निर्वाचनका लागि ४९ जनाले उम्मेदवारी फिर्ता लिए

२०८१ आश्विन १७, बिहीबार ०३:३६

नेपालगन्जमा चियागन्जको मोह

२०८१ आश्विन १७, बिहीबार ०३:३६

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?