• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

मकवानपुरमा बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

Stambha News by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
in विशेष, समाज
0
बम्जनविरुद्ध जाहेरी कर्ता  किशोरीका बुबाको दुर्घटनामा मृत्यु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा सोमबार साँझ यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ३१२० नम्बरको बस र मनहरिबाट चितवनतर्फ जाँदै गरेको ना ६ख ३११९ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

घाइतेहरु विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रौतहटको चन्द्रनिगाहपुरका ४४ वर्षीय शत्रुराज सिलवाल, १५ वर्षीय भीमकुमार थापा, पाल्पाका ३६ वर्षीया ममता नेपाली, १५ वर्षीया आशिका नेपाली, चितवनको राप्ती नगरपालिका–११ का १० वर्षीया मुना लोप्चन, मकवानपरको हेटौँडा उपमहानगरपालिका–४ का ४५ बर्षीया सुशीला पराजुली, चितवन राप्ति नगरपालिका–११ का ३० वर्षीया ममता तामाङ, ११ वर्षीया मनिषा तामाङ, ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ का वर्षीय गणेश लामा, तनहुँको घिरिङ गाउँपालिका–२ का ३१ वर्षीया नन्दकली थापा, निजको छोरी नौ वर्षीया मिनाक्सी थापा, मोहत्तरीको बर्दिबास–५ का ३४ वर्षीय गोरेबहादुर परियार र ३० वर्षीय बिमलकुमार परियारको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

यस्तै पाल्पाको रामपुर नगरपालिका–९ का ३५ वर्षीय भीमबहादुर नेपाली, निजको छोरी १० वर्षीया अमिना नेपाली, ६ वर्षीय छोरा अङ्कित नेपाली, चितवन राप्ति नगरपालिका–११ का ३५ वर्षीया शान्तिमाया थिङ, निजको छोरा १२ वर्षीय लख्वा दोर्जे तामाङ, निजको छोरी ११ वर्षीया सुष्मा लोप्चन, सर्लाहीको लालबन्दी नगरपालिका– ९ का ५७ वर्षीय तिलक बिकको पुरानो मेडिकल कलेज चितवनमा भरतपुरमा उपचार भइरहेको छ ।

साथै रौतहटको चन्द्रनियापुर नगरपालिका–४ का २१ वर्षीया तारा गुरुङ, सोही ठाउँका २५ वर्षीय पुष्कर गुरुङ, चितवनको राप्ति नगरपालिका–११ का ३१ वर्षीय चित्र तामाङ, मकवानपुरको मनहरि गाउँपालिका–६ का १८ वर्षीया सुहाना राई, महोत्तरीको बर्दिवास नगरपालिका–५ का ३३ वर्षीय बिनोदकुमार परियार र चितवनको भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय प्रभु सापकोटाको पनि पुरानो मेडिकल कलेज चितवन भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते बाराको निजगढ नगरपालिका–७ माझीटोल निवासी ३८ वर्षीय हरिकुमार माझी, सोही ठाउँका ३६ वर्षीय सम्झना माझी, चितवनको खैरेनी नगरपालिका–२ निवासी २९ वर्षीय प्रज्वल कुमाल र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ निवासी ५४ वर्षीया सिता ढुङ्गानाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

Facebook Comments Box
Previous Post

मेची–महाकाली उद्धार यात्रा : पहिलो दिन झापाबाट १० जनाको उद्धार

Next Post

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ आश्विन २८, सोमबार १७:२१
Next Post
राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नाडा अटाे शाे  आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

नाडा अटाे शाे आजवाट सुरू अर्थमन्त्रीले गरे उद्घाटन

२०८१ आश्विन २८, सोमबार १७:२१
प्रधानमन्त्रीले अघि सारेका नयाँ नीतिहरू (सूचीसहित)

प्रधानमन्त्रीले अघि सारेका नयाँ नीतिहरू (सूचीसहित)

२०८१ आश्विन २८, सोमबार १७:२१
बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

बानेश्वर प्रहरीमा केपी ओली विरुद्ध जाहेरी

२०८१ आश्विन २८, सोमबार १७:२१

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?