- स्तम्भ न्युज
खेम राज अधिकारी
भदौ ३०, काठमाडौं । नेपाल बिधुत प्राधिकरणलाई लामो समयदेखि बक्यौता रहेको रकम धमाधम भुक्तानी हुन थालेको छ। विभिन्न संघसंस्था, कार्यालय र निकायहरूले हालसम्म तिर्न बाँकी राखेको करोडौँ रुपैयाँ बैंकमार्फत भुक्तानी गर्न थालेका छन्।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पदभार ग्रहण गरेसँगै विद्युत प्राधिकरणमा बक्यौता असुलीको गति तीव्र बनेको हो।
भुक्तानी गर्ने क्रममा ७ करोड, ९ करोड, १२ करोडदेखि दर्जनौँ करोडसम्मका रकमहरू निरन्तर प्राधिकरणको खातामा जम्मा भइरहेका छन्। प्राधिकरणका अनुसार अझै ठूलो मात्रामा बक्यौता रकम बाँकी भए पनि भुक्तानी प्रक्रिया जारी छ।
मन्त्री घिसिङले प्राधिकरणलाई आर्थिक रूपमा सबल बनाउन बाँकी सबै रकम असुली गर्न दृढतापूर्वक अघि बढाइने बताएका छन्।









