काठमाडौं, ७ मंसिर । मिस प्लानेट २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै कम्बोडियामा पुगेकी अनिसा पराजुली विभिन्न वातावरणीय गतिविधिमा सक्रिय रहेकी छिन ।
प्राकृतिलाइ माया गर्नुहोस् भन्ने नाराका साथ वातावरणीय काममा लागेकी पराजुलीले शुक्रबार दुई सय बिरुवा रोपेकी छिन । नोभेम्बर १९ देखि सुरु मिस प्लानेट नोभेम्बर २७ सम्म हुने छ ।
मंसिर ३ गते राति कम्बोडिया पुगेकी पराजुलीले प्रतियोगितामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाइकी छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बी धेरै हुने भएकोले बुद्धको थिम बनाएकी हुन् ।

नेपालको नाम विश्वमा चिनाउने अवसर पाएकीले त्यसको सक्ने प्रयासगर्ने उनले बताइन् । ‘मिस प्लानेट’मा यो वर्ष थिम ‘दिगो विकास सँंगसगै मेन्टल हेल्थ अवरनेस’ रहेको छ । उनलाई नेपालको प्रतिनिधित्व गर्न नेक्स्ट मोडल्स नेपाल मार्फत कम्बोडिया गएकी हुन् ।
वीर नर्सिङ क्याम्पसमा मास्टर अध्ययनरत अनिसा पेसाले मनोचिकित्सक नर्स हुन् । अनिसा केही अगाडि काठमाडौँमा सम्पन्न नर्सहरू सहभागी सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को फस्टरनर पप विजेता हुन् समेत हुन् । ‘मिस नेपाल पिस’मा विजेता बनेको कारण नै उनले ‘मिस प्लानेट २०२४’मा सहभागी अवसर प्राप्त गरेकी हुन् ।









