• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल

Stambha News by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
in राजनीति, विशेष
0
देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ ।

प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘हामी कहिल्यै राष्ट्रविहीन भएनौँ, त्यसैले देशविहीन हुनुको पीडा हामीलाई थाहा छैन’ उहाँले भन्नुभयो– ॅराष्ट्रविहीन हुनुको पीडा के हुन्छ, त्यो प्यालेस्टाइनका सिक्न सकिन्छ ।’

उहाँले गत सात दशकभन्दा बढी समयदेखि प्यालेस्टाइनी जनता राष्ट्रका लागि सङ्घर्ष गरिरहेको धारणा राख्नुभयो ।

‘महिला, बालबालिकासहित ठुलो सङ्ख्यामा प्यालेस्टाइनीहरू यतिखेर इजरायली आक्रमअणको नरसंहार झेलिरहेका छन्’ फरक प्रसङ्गमा उहाँले भन्नुभयो– ‘साम्राज्यवादको त्यो आक्रमण नेपालमा पनि हुन सक्दछ र हाम्रो अवस्था पनि भोलि प्यालेस्टाइनको जस्तो हुन सक्दछ ।’
उहाँले नेपालले कहिले इजरायलको पक्षमा मतदान गर्ने त कहिले तटस्थ बस्ने नेपाल सरकारको कूटनीतिको पनि विरोध गर्नुभयो ।

गत मङ्सिर ५ गते प्रधानमन्त्रीसँगको भेटमा यो विषय उठाएको स्मरण गर्दै अगाडि भन्नुभयो– ‘प्रधानमन्त्रीले त्यस मामिलामा गल्ती भएको र त्यो गल्ती सच्याइन थालेको दाबी गरे पनि पनि हामीलाई यस्तो लाग्दैन ।’

कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधि आनन्द शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य परि थापा, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रवेश हमाल, नेकपा (क्रान्तिकारी माओवादी) का राम कार्की, नेकपा (संयुक्त) का सरोज बिसी, जनता समाजवादी पार्टीका रणध्वज कन्दङ्वा, राष्ट्रियसभाका सांसद ओहम्मद खालिद, जनता समाजवादी पार्टी नेपालका विद्यत बज्राचार्य, वैज्ञानिक समाजवादी पार्टीका आहुति, राष्ट्रिय क्रान्तिकारी मोर्चाका लोकनारायण सुवेदी, नागरिक अगुवा सञ्जीव उप्रेती, अपूर्वाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता श्याम श्रेष्ठले र सञ्चालन पुष्कर गौतमले गर्नुभएको थियो ।

सो अवसरमा प्यालेस्टाइनलाई समर्थन गरिएको, नाटक, कविता र मनोवाद पनि प्रस्तुत गरिएको थियो ।

माइतीघर मण्डलाबाट निस्केको सयौँको जुलुस बबरमहल हुँदै पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो ।

Facebook Comments Box
Previous Post

धरहरा चढ्न अबदेखि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क लाग्ने

Next Post

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:१७
Next Post
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

देशका यी स्थानमा शुक्रबार वर्षा रहने

२०८१ मंसिर ९, आईतवार १२:१७
मुग्लिङ–नारायणघाट सडक अवरुद्ध : तुईन खोलामा झरेको पहिरो हटाउन कठिनाई

मुग्लिङ–नारायणघाट सडक अवरुद्ध : तुईन खोलामा झरेको पहिरो हटाउन कठिनाई

२०८१ मंसिर ९, आईतवार १२:१७
डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

२०८१ मंसिर ९, आईतवार १२:१७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?