• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

Stambha News by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
in विशेष, समाज
0
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।

आयोजनाका इन्निियर सौजन्य नेपालका अनुसार चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले एक वर्ष म्याद थप गर्न माग गरेकाले प्रक्रिया प्रारम्भ भएको छ । कास्की र तनहुँमा पर्ने उक्त खण्डमा २०७८ साल भदौदेखि काम सुरु भएको हो ।

तीनवर्षे ठेक्का अवधि गत भदौमा सकिएपछि दुई पटक म्याद थप हुन लागेको हो । पछिल्लो समय निर्माणको काम दु्रतगतिमा भइरहेकाले आगामी एक वर्षभित्र काम सम्पन्न हुने आधार देखिएको इन्जिनियर नेपालले बताए ।

‘तालचोकदेखि गगनगौँडासम्मको क्षेत्रमा मात्र काम सुरु भएको छैन, अन्यत्र सबै ठाउँमा कामले गति लिएको छ, निर्माण कम्पनीले जनशक्ति र उपकरण थपेर तीव्र गतिमा काम जारी राखेको छ’, उनले भने ।

चार लेनको उक्त सडकमा हालसम्म एकतर्फी २२ किमी सडक, पश्चिमतर्फ तनहुँको थर्पु, तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छभने पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधा चार लेनको बन्ने इन्जिनियर नेपालले जानकारी दिए ।

वियजपुर खोला र सेती नदीमा पुल निर्माणको काम पनि सँगसँगै भइरहेको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम दु्रत गतगतिमा भइरहेको छ । निर्माण कम्पनीले एक वर्षभित्रमा निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको छ । कोभिड–१९ महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको इन्जिनियर नेपालले बताए ।

पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा पनि सडक विस्तारमा ढिलाइ हुन पुगेको छ । ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा पर्ने १२ मध्ये नौवटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ ।

सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि सकिएको जनाइएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति समयमा पूरा नहुँदा जनगुनासो बढेको छ । निर्माणको चरणमा रहेको सडकबाट आवातजावत गर्दा पर्यटकलगायत सर्वसाधारणलाई सास्ती थपिएको छ ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो । कुल ८१ किमी लामो पोखरा–मुग्लिन विस्तारका निम्ति सडक एसियाली विकास बैंकले ऋण प्रदान गरेको हो । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ६८ प्रतिशत भएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उक्त खण्डमा १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए। आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्र सय खण्डमा अहिले धमाधम कालोपत्र भइरहेको, पूर्वी खण्डअन्तर्गत २९ किमीमा चार लेन र पाँच किमीमा दुई लेन सडक कालोपत्र भइसकेको बताए ।

एकचालीस दशमलव ४५ किमी लामो पूर्वी खण्डमा रु छ अर्ब २१ करोड ३१ लाखमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको हो । यो खण्डको दमौली र डुम्रे बजारमा छ लेन र अन्य स्थान चार लेनको सडक हुनेछ ।

Facebook Comments Box
Previous Post

देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल

Next Post

रुपन्देहीमा ‘संघीयता विरुद्धको मञ्च’ गठन, संयोजकमा बद्रे आलम

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ मंसिर ९, आईतवार १२:२०
Next Post
रुपन्देहीमा ‘संघीयता विरुद्धको मञ्च’ गठन, संयोजकमा बद्रे आलम

रुपन्देहीमा ‘संघीयता विरुद्धको मञ्च’ गठन, संयोजकमा बद्रे आलम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

बर्दियामा निर्वाचन अवधिभर मदिरा निषेध

२०८१ मंसिर ९, आईतवार १२:२०
दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं नजिकिँदै : विमानस्थलमा यात्रुको चाप, टिकट पाउन मुस्किल

२०८१ मंसिर ९, आईतवार १२:२०
संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

संसद् भवनमा प्रदर्शनकारीद्वारा आगजनी

२०८१ मंसिर ९, आईतवार १२:२०

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?