• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली

Stambha News by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
in नेपाल प्रहरी, विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
आइजीको भावुक सम्बोधन पछि गृहमन्त्रीले समर्थन गरेर बजाए ताली
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter


    • — खेम राज अधिकारी

स्तम्भन्युज खबर

चैत्र १६, काठमाडौं । आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, सुधन गुरुङको सवारी भित्रियो।

सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी अर्पण गर्‍यो। प्रधान कार्यालयमा उपस्थित अधिकारीहरू सतर्क मुद्रामा उभिएका थिए, वातावरणमा औपचारिकता र अपेक्षाको मिश्रण थियो। सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च अधिकृतहरूसँग छोटो भेटघाट गरे।

त्यसपछि उनी विभिन्न शाखाहरूको निरीक्षणतर्फ लागे- अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्म। प्रत्येक कक्षमा उनी चासोपूर्वक सुन्दै, सोधपुछ गर्दै अघि बढिरहेका थिए। त्यसपछि भएको सम्बोधनमा उनले आफ्ना विगतका अनुभव सम्झिए-तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, चिउरा र चाउचाउको भरमा ड्यूटी गर्नुपर्ने अवस्था, सीमित स्रोतसाधनमा ठूलो जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता। उनको स्पष्ट भनाइ थियो- अब यस्तो अवस्था बदलिनेछ।

सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने, कसैले गलत कामका लागि दबाब दिए सिधै आफूलाई जानकारी दिन आग्रह गर्दै उनले ‘आफ्नै पार्टीका भए पनि नछोड्ने’ चेतावनी दिए। उनले प्रहरी–नागरिक सम्बन्धलाई ‘मामा–भान्जा’ जस्तो आत्मीय बनाउनुपर्ने बताए। ‘Respect goes mutual’ भन्दै, सम्मान दुवैतर्फबाट हुनुपर्ने र अपमान सहन नहुने स्पष्ट पारे।

प्रहरीको बोली व्यवहार सुधार, ‘service with smile’ को अभ्यास, र नागरिकसँगको व्यवहारमै परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए।

गुरुङले प्रहरीलाई आधुनिक र जिम्मेवार बनाउने योजनासमेत अघि सारे- प्रहरी गाडीलाई आपतकालीन अवस्थामा एम्बुलेन्सको रूपमा प्रयोग गर्ने, मेडिकल फर्स्ट रिस्पोन्डर तालिम दिने, ड्रोनमार्फत टियर ग्यास प्रयोग गर्ने, र दंगा नियन्त्रणमा आवश्यक सुरक्षा सामग्री बिना प्रहरी नपठाउने।

VIP/VVIP सवारीमा ट्राफिक रोकेर नागरिकलाई दुःख नदिनुपर्ने, बढुवा र सरुवा कार्यसम्पादनकै आधारमा हुने, पहुँच र सिफारिसको अन्त्य हुने उनले स्पष्ट पारे। प्रहरीको मनोबल बढाउन उनले रासन वृद्धि, राम्रो पोशाक, स्थानीय स्तरमै उत्पादन गर्ने योजना, र प्रविधिमैत्री उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

‘तपाईंहरू जनताको लागि लड्नुस्, म तपाईंहरूको साथमा छु,’भन्दै उनले तल्ला तहका प्रहरीका लागि आफ्नो ढोका खुला रहने आश्वासन दिए। कार्यक्रमकै क्रममा आइजीपी दान बहादुर कार्कीले पनि सम्बोधन गरे।

उनले प्रहरी संगठनभित्र बढ्दो जागिर छोड्ने समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै त्यसको समाधान तत्काल आवश्यक रहेको बताए। उनले संगठनलाई टिकाइराख्न २० वर्षे सेवा अवधिको पुनरावलोकन गर्नुपर्ने, सेवा–सुविधा बढाउनुपर्ने र १६ वर्षमै पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे।

यही क्रममा, आफ्नो कुरा राख्दै जाँदा उनी एकाएक भावुक बने। ‘मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,’ भन्दै उनी केही क्षणका लागि स्तब्ध भए।

हलमा सन्नाटा छायो। उनका आँखा रसाए-आवाज भारी भयो। त्यो दृश्यले उपस्थित सबैलाई झस्कायो। त्यसैबेला, एक अप्रत्याशित क्षण आयो- गृहमन्त्री गुरुङ आफैँ सिटबाट उठे।

आइजीको सम्बोधनबाट प्रभावित हुँदै उनले ताली बजाउन सुरु गरे। त्यसपछि उनले हलमा उपस्थित सबै प्रहरीलाई पनि उठ्न संकेत गर्दै भने- समर्थन गर्नुस्। केही क्षणमै, सम्पूर्ण हल उभिएर तालीले गुञ्जियो।

त्यो ताली केवल औपचारिक थिएन- त्यो समर्थन, भावना र पीडाको प्रतिध्वनि जस्तो थियो। तर ताली सकिएपछि फेरि एकाएक गहिरो सन्नाटा छायो- जसले त्यो क्षणलाई अझ गम्भीर र अर्थपूर्ण बनायो।

Facebook Comments Box
Previous Post

चाबहिलमा एमालेको प्रदर्शन, एमालेको रणनीति माथि प्रश्न

Next Post

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ चैत्र १६, सोमबार १३:५७
Next Post
सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

सरकारको कडा निर्णय: आन्दोलनमा पक्राउ परे स्वतः मुद्दा, स्थायी अभिलेखमा राखिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि राप्रपाका अध्यक्ष लिङ्देन पक्राउ

२०८२ चैत्र १६, सोमबार १३:५७
प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

प्रसिद्ध अमेरिकी रेसलर हल्क होगनको ७१ वर्षको उमेरमा निधन

२०८२ चैत्र १६, सोमबार १३:५७
डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु

२०८२ चैत्र १६, सोमबार १३:५७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?