• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

३७ स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

Stambha News by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
in राजनीति, विशेष
0
३७ स्थानको नतिजा सार्वजनिक, कहाँ कसले जिते ?

झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएका स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल । स्वतन्त्र उम्मेदवार ओली ४९३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । तस्बिरः सन्तोष शर्मा/रासस

0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत सोमबार साँझसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार अब ४ स्थानको मात्रै परिणाम आउन बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाए।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन्। उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मतमा चित्त बुझाउनुपरेको छ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने ४ हजार २७२ मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द ९सिंह० ले ३ हजार १४७ मत पाए।

रुकुम ९पूर्व० को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा ३ हजार ६२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाइन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। उन १ हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन्।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरिन्।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत पाएका छन्।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४ सय ४० मत प्राप्त गरी विजयी भएका छन्। उनीसँग एमालेका बुद्धबहादुर लिम्बु ३६० मत प्राप्त गरी पराजित भए।

सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भएका छन्।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई विजयी भए। उनले ९ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन्। उनीसँग कांग्रेसका भुलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन्।

डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका जोगीन्द्रराय अमातले २७७ मत पाए।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेका छन्।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी भएका छन्। एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए।

रौतहटकै गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६३१ मत पाइन्।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी भएका छन्। माओवादीका जिकरलाह ४६३ मत पाएर पराजित भए।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरी पराजित भए।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का ९अधिकारी० ले ४९५ मत पाइन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान १ हजार ५६० मतसहित पराजित भए।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत पाए।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले १ हजार १५० मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत पाए।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका बेगम पुनले ५३५ मत पाए।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा चित्त बुझाउन पुगिन्।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाएर पराजित हुनुपरेको छ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाएका छन्।

रुकुम ९पश्चिम भाग० को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए।

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मत पाएर पराजित भए।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मतमा सीमित हुनुपरेको छ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मत पाएर पराजित भए।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मतमै चित्त बुझाउनुपरेको छ।

Facebook Comments Box
Previous Post

गौरीशंकरको उपाध्यक्षमा एमाले विजयी

Next Post

२५ हजार घुससहित रोल्पा ट्राफिक प्रमुख पक्राउ

Stambha News

Stambha News

Related Posts

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
विचार/ब्लग

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
विचार/ब्लग

भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड  ​
विशेष

चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा
विचार/ब्लग

वीरता लेडी जेसीजमा चरम लापरबाही कागजात प्रकरणले शाखा नै खारेजीको जोखिममा

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने
राजनीति

५ वटा बैठकमा लगातार अनुपस्थित भए सांसदलाई समितिबाट हटाइने

by Stambha News
२०८१ मंसिर १८, मंगलवार ०५:२७
Next Post
२५ हजार घुससहित रोल्पा ट्राफिक प्रमुख पक्राउ

२५ हजार घुससहित रोल्पा ट्राफिक प्रमुख पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

दुई जना बोकेर २१ मिनेटसम्म उड्न सक्ने हवाई ट्याक्सी भृकुटीमण्डपमा प्रदर्शनीमा

२०८१ मंसिर १८, मंगलवार ०५:२७
मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

मन्त्रिपरिषद्को निर्णय : असोज १ गते शोकदिवस, सहिद परिवारलाई १५ लाख सहयोग

२०८१ मंसिर १८, मंगलवार ०५:२७
संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

संसद विघटनपछि अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश कार्की

२०८१ मंसिर १८, मंगलवार ०५:२७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?
  • भारी वर्षासँगै बाढी–पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह
  • चन्द्रागिरि स्वास्थ्य शाखाको चरम लापरबाही: कार्यालय सहयोगीको भरमा औषधि र भ्याक्सिन वितरण, जनस्वास्थ्यमाथि खेलबाड ​

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?