काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित ढल्कुबाट प्रहरीले लागुऔषध एम्फेटामाइन आइससहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ घर भएर मनमैजु बस्ने ४५ वर्षीया फुलमाया तामाङ र गोरखा सिरानचोक घर भएर मनमैजु बस्ने ४१ वर्षीय टेक बहादुर गुरुङ छन् ।
आरोपीहरूको साथबाट ३६० ग्राम प्रतिबन्धित लागुऔषध एम्फेटामाइन आइस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सो लागुऔषधको बजार मुल्य ३९ लाख ६० हजार हुने आकलन गरिएको छ । आरोपीहरुविरुद्ध लागुऔषध मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Facebook Comments Box









