• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान

Stambha News by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
in विशेष, समाज
0
हल्ट प्राइज एट शंकर देव क्याम्पसद्धारा प्रतिस्पर्धीहरूलाई दक्षता अभिवृद्धि गर्न विशेष सेसन प्रदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । हल्ट प्राइज एट शंकर देव क्याम्पस (पुतलीसडक) द्वारा आयोजित उद्यमशीलता प्रतिस्पर्धामा सहभागी टिमहरूको दक्षता अभिवृद्धि गर्न विभिन्न सेसनहरू प्रदान गरिएको छ।

क्याम्पसको हलमा आयोजित कार्यक्रममा उत्कृष्ट १५ टिमलाई मार्केटिङ, कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन, र आइडिया पिचिङका विषयमा प्रशिक्षण दिइएको हो।

हल्ट प्राइज सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने एक अन्तर्राष्ट्रिय मञ्च हो, जसमा नवप्रवर्तनशील व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिन्छ। यस वर्ष करिब ४६ टिमले प्रतिस्पर्धामा भाग लिएका थिए, जसमध्ये उत्कृष्ट १५ टिम छनोट भएका छन्। अब यी टिमहरू अन्तिम पाँच स्थान सुरक्षित गर्न कडा तयारी गरिरहेका छन्, जसलाई सघाउन क्याम्पसले विशेष सेसनको आयोजना गरेको हो।

सेसनको पहिलो दिन मार्केटिङ विशेषज्ञ रिया श्रेष्ठले प्रतिस्पर्धीहरूलाई बजार रणनीति, उपभोक्तासम्म उत्पादन पुर्याउने तरिका, तथा व्यावसायिक चुनौतीहरूको सामना गर्ने उपायहरूबारे प्रशिक्षण दिइन्। त्यसैगरी, कानुनी विषयमा अजय बुढाथोकीले स्टार्टअप दर्ता, कम्पनी कानून, तथा आवश्यक कानुनी प्रक्रिया बारे विस्तृत जानकारी दिए। प्रतिस्पर्धीहरूले कानुनी व्यवस्थासम्बन्धी जिज्ञासाहरू राख्दा उनले स्पष्ट जवाफ दिएका थिए।

स्टार्टअपको वित्तीय व्यवस्थापनबारे रोहित मिश्रले प्रशिक्षण दिँदै व्यवसाय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रकाश पारे। त्यसैगरी, प्रतिस्पर्धीहरूलाई आइडिया पिचिङमा अझ प्रभावकारी बनाउन विशेष सेसन सञ्चालन गरियो, जसमा उत्कृष्ट प्रस्तुति दिने तरिका सिकाइएकाे थियाे

आयोजकहरूका अनुसार, यी सेसनहरूले प्रतिस्पर्धीहरूलाई आगामी चरणमा प्रभावकारी प्रस्तुति दिन तथा उद्यमशीलताको यात्रालाई अझ सशक्त बनाउन मद्दत गर्नेछन्। सहभागीहरूले सेसनलाई उपयोगी ठहर गर्दै धन्यवाद व्यक्त गरेका छन्।

उक्त कार्यक्रमको सञ्चालन आकृति सापकोटाले गरेकी थिइन् भने संयोजन क्याम्पस निर्देशक सृष्टि न्यौपानेले गरेकी थिइन्।

Facebook Comments Box
Previous Post

स्याङ्जाका पवन राेकाले ल्याए र्‍याप गीत ‘खोक्का’

Next Post

ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८१ माघ २९, मंगलवार ०४:३९
Next Post
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ

ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

२०८१ माघ २९, मंगलवार ०४:३९
घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

घोडेजात्रा आज: टुँडिखेलमा विशेष कार्यक्रम, उपत्यकामा सार्वजनिक बिदा

२०८१ माघ २९, मंगलवार ०४:३९
काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

काठमाडौं सहित देशका विभिन्न स्थानमा वर्षा

२०८१ माघ २९, मंगलवार ०४:३९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?