• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विचार/ब्लग

नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै

स्थानीय बासिन्दाले पुरानै माग सम्बोधन नभएको भन्दै चैत ३ गतेदेखि काम अवरूद्ध गरेका छन्।

Stambha News by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
in विचार/ब्लग, विशेष, स्तम्भ विशेष
0
नागढुंगा सुरूङमार्गको काम १९ दिनदेखि ठप्प, आयाेजना भन्छ नयाँ तरिकाले जान्छाै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

२१ चैत,काठमाडौं । चन्द्रागिरि र धुनिवेशी नगरपालिकामा निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरूङ मार्गको निर्माण कार्य १९ दिनदेखि ठप्प छ। निर्माण कार्य अन्तिम चरणमा पुग्दा पनि स्थानीयको निरन्तर अवरोधका कारण काम अघि बढ्न सकेको छैन। स्थानीय बासिन्दाले पुरानै माग सम्बोधन नभएको भन्दै चैत ३ गतेदेखि काम अवरूद्ध गरेका छन्। हाल काठमाडौं र धादिङ दुबै छेउमा निर्माण रोकिएको छ। स्थानीयले सुरूङ मार्ग निर्माणका क्रममा अपनाइएको प्रविधिले उनीहरूको खानेपानी मुहान सुक्न पुगेको, घर चर्किएको र जमिन भासिएको गुनासो गर्दै आएका छन्।  प्रारम्भिक सहमतिअनुसार अत्याधुनिक टिबिएम  प्रविधि प्रयोग गरिनुपर्नेमा सस्तो र जोखिमयुक्त  ड्रिलिङ एण्ड ब्लास्टिङ  प्रणाली प्रयोग गरिएपछि यस्ता समस्या उत्पन्न भएको स्थानीयको आरोप छ। यसअघि पटक–पटक अवरोध हुँदा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले समस्या समाधान गर्न चासो नदेखाएको उनीहरूको भनाइ छ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले खानेपानी समस्या समाधान गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।   खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरहरूको उचित क्षतिपूर्ति दिनुपर्ने, सिँचाइको वैकल्पिक व्यवस्था मिलाइनुपर्ने, सुरूङ मार्गको पश्चिम पोर्टलमा बगेको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गर्नुपर्ने, सुरूङ मार्गको कारण सिर्जित खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक योजनाहरू सञ्चालन गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता र क्षमताको आधारमा रोजगारीको अवसर दिनुपर्ने, खानेपानी आयोजनामा भएका अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गरिरहेका छन्। नागढुंगा सिस्नेखोला सुरूङ मार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिका अध्यक्षले गाेपी सुर्खेतीले समस्याको समाधान नभए अझ कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्। उनले भने, ‘हामीले धेरै पटक सरकारलाई हाम्रो समस्याबारे जानकारी गराइसक्यौं, तर अहिलेसम्म ठोस कदम चालिएको छैन। हाम्रो प्राकृतिक स्रोत सुक्दै गएका छन्, घरहरू चर्केका छन्, तर सरकारले कानमा तेल हालेर बसेको छ। यदि छिटो समाधान नभए हामी अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं।’ यता आयोजनाले पटक पटक वार्ताका लागि बोलाएन पनि प्रभावित क्षेत्रका बासिन्दा आउन अस्वीकार गरेको बताएको छ। ‘दुई साताअघि मन्त्रालयमा बैठक बसेको थियो। छलफल नमिलेपछि उहाँहरू बैठकबाट उठेर हिँड्नुभयो।  बिना निष्कर्ष बैठक टुंगियो,’ आयोजनाका निमित्त प्रमुख सन्जय पन्थीले भने,‘अब हामी नयाँ तरिकाले जाने योजनामा छौं।’

Facebook Comments Box
Previous Post

मकवानपुर भीमफेदीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Next Post

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८१ चैत्र २१, बिहीबार १४:२९
Next Post
अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

अल्टिमा लाइफस्टाइलले पसलनै नखोली झुक्कायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

शक्ति बस्नेत, निकोलस र श्रम संस्कृतिलाई २५ हजार जरिबाना

२०८१ चैत्र २१, बिहीबार १४:२९
बारापाकले गुमाएको त्याे मौलिक पहिचान !

बारापाकले गुमाएको त्याे मौलिक पहिचान !

२०८१ चैत्र २१, बिहीबार १४:२९
प्रधानन्यायाधीशमा राउत सिफारिस

प्रधानन्यायाधीशमा राउत सिफारिस

२०८१ चैत्र २१, बिहीबार १४:२९

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?