• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अपराध नेपाल प्रहरी

प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण

Stambha News by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
in नेपाल प्रहरी, विचार/ब्लग, विशेष, समाज, स्तम्भ विशेष
0
प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित भवन उद्घाटन: सहकार्य र एकताको गतिलो उदाहरण
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

 


— खेम राज अधिकारी

स्तम्भन्युज खबर

२३ श्रावण, काठमाडौँ ।  नवयुवा आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी प्रभाग काँडाघारीको पुनर्निर्मित भवन एक विशेष समारोहबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच उक्त भवन प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भयो।

यसअघि नवयुवा आन्दोलनका क्रममा आगजनीबाट प्रभागको भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो।

स्थानिय  सरकार, टोल सुधार समिति, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाको संयुक्त प्रयास र सहयोगमा भवनको पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो।

भवन निर्माणमा आर्थिक, भौतिक र नैतिक रूपमा योगदान पुर्‍याउने स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सहयोगी महानुभावहरूलाई आईजीपी कार्कीद्वारा कदरपत्र सहित सम्मानित गरियो।

सहकार्यबाट सम्भव भएको पुनर्निर्माण प्रहरी प्रभाग काँडाघारीको भवन पुनर्निर्माण हुनु केवल एउटा भौतिक संरचना तयार हुनु मात्र नभई स्थानीय सरकार, समुदाय, प्रहरी र सामाजिक संघ–संस्थाबीचको आपसी सहकार्य र जिम्मेवारीबोधको उत्कृष्ट नमुना बनेको छ। कठिन परिस्थितिको समेत सामना गर्दै सार्वजनिक संरचनाको पुनर्निर्माणमा स्थानीय बासिन्दा र संघ–संस्थाले देखाएको सक्रियता र हातेमालो निकै सराहनीय रहेको कार्यक्रममा वक्ताहरूले बताएका थिए।

सार्वजनिक सम्पत्ति राज्यको मात्र नभई हामी सबैको साझा जिम्मेवारी हो। स्थानीय सरकारको दायित्व विकास निर्माणसँगै नागरिकको सुरक्षा, शान्ति र सुव्यवस्था कायम गर्न आवश्यक सबै पक्षसँग सहकार्य गर्नु पनि हो।”

कार्यक्रममा बोल्दै यस किसिमका सहकार्यले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरियो। काँडाघारी प्रहरी प्रभागको यो पुनर्निर्माण कार्यले यस क्षेत्रमा शान्ति सुरक्षा कायम राख्दै सुरक्षित, व्यवस्थित र जिम्मेवार समाज निर्माण गर्न थप ऊर्जा प्रदान गर्नेछ।
“सहकार्य गरौँ, सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ र सुरक्षित समाज निर्माणमा सबैले आफ्नो भूमिका निभाऔँ” भन्ने मुख्य सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो।

 

Facebook Comments Box
Previous Post

काठमाडौँ जिल्ला अदालतका १९ न्यायाधीशको एकैपटक सरुवा: को कहाँ पुगे?

Next Post

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८३ श्रावण २३, शनिबार १६:४७
Next Post
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा थापा सर्वसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी  धमाधम भुक्तानी हुदै

नेपाल विद्युत प्राधिकरणलाई करोडौँ बक्यौता रकम आज देखी धमाधम भुक्तानी हुदै

२०८३ श्रावण २३, शनिबार १६:४७
राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

राजमोले बुझायो समानुपातिक उम्मेदवारीको बन्दसूची

२०८३ श्रावण २३, शनिबार १६:४७
वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

वाणिज्य बैंकका जेठ महिनाको नयाँ ब्याजदर सार्वजनिक

२०८३ श्रावण २३, शनिबार १६:४७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?