• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home राजनीति

सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष

Stambha News by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
in राजनीति, विशेष, स्तम्भ विशेष
0
सङ्घीयता विरोधी राजधानी केन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको मसालको निष्कर्ष
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ । नेकपा (मसाल) ले सङ्घीयताको विरुद्धमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको राजधानीकेन्द्रित आन्दोलन भव्य रूपमा सफल भएको निष्कर्ष निकालेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ वैशाख १ गते सार्वजनिक गरिएको प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रारम्भ गरिएको उक्त विज्ञप्तिमा चैत १५ गतेको घटनाबाट प्रतिगमनको खतरा गम्भीर भएकाले नारा परिमार्जन गर्नुपरेको बताइएको छ ।
राजधानीकेन्द्रित आन्दोलन सफल पार्ने सम्बन्धित सबै पक्षप्रति धन्यवाद दिँदै विज्ञप्तिमा राप्रपाको प्रतिगामी नीतिका कारण ऊसित सङ्घीयताको सन्दर्भमा सहकार्य गर्न नसकिएको उल्लेख छ ।
देशमा प्रतिगमनको खतरा बढ्दै गएकोबारेमा चर्चा गरिएको सो विज्ञप्तिमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि पार्टीले स्पष्ट नीति अपनाएको उल्लेख छ ।
साम्राज्यवाद र विश्वशान्तिको पक्षमा धारणा व्यक्त गरिएको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ :
१. २०८२ को नयाँ दिनको अवसरमा नेकपा (मसाल) ले सम्पूर्ण नेपाली जनताप्रति हार्दिक शुभकामना प्रकट गर्न चाहन्छ । आज एकातिर देशमा प्रतिगमनको खतरा बढ्दै गएको छ । त्यो अवस्थामा नेपाली जनताले करिब एक शताब्दीसम्म त्याग, बलिदान र सङ्घर्ष गरेर प्राप्त गरेका महान् उपलब्धिहरू खास गरेर गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्ने जिम्मेवारी हाम्रा अगाडि छन् भने अर्कातिर, विश्वस्तरमा साम्राज्यवादका कारणले बढ्दै गएको युद्ध खतराबाट शान्तिको रक्षाका लागि बढीभन्दा बढी योगदान दिने जिम्मेवारी पनि हाम्राअगाडि छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उक्त जिम्मेवारी पूरा गर्दै नयाँ जनवादी क्रान्तिको लागि आधार तयार पार्ने जिम्मेवारी पनि हाम्राअगाडि छ । हामीलाई आशा र विश्वास छ, नयाँ वर्षमा हामी उक्त जिम्मेवारी पूरा गर्न बढीभन्दा बढी सफल हुनेछौँ ।
२. नेकपा (मसाल) को केन्द्रीय समिति बैठक हालै सम्पन्न भएको छ । त्यसले राष्ट्रिय जनमोर्चाका तर्फबाट हालै आयोजित सङ्घीयताका विरुद्धको राजधानीकेन्द्रित आन्दोलनको समीक्षा गऱ्यो । हामी आन्दोलनको तयारीमा रहेको बेलामा नै चैत १५ गते काठमाडौँमा राजावादीको हिंसात्मक प्रदर्शन भएर प्रतिगमनको खतरा गम्भीर हुन गएको थियो । त्यो अवस्थामा गणतन्त्रको रक्षाका लागि पनि सङ्घर्षलाई तीव्र पार्नुपर्ने आवश्यकता हुन गयो । त्यसैले सङ्घीयताका विरुद्ध केन्द्रित आन्दोलनलाई गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि पनि अगाडि बढाउनुपर्ने आवश्यकता हुन गयो । त्यसैले पहिले सङ्घीयताका विरुद्ध मात्र केन्द्रित आन्दोलनको नारालाई परिमार्जन गरेर “गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताको खारेजी” नाराको आधारमा सङ्घर्ष गर्ने निर्णय गरियो । त्यसअनुसार उक्त आन्दोलन भव्य रूपमा सफल भएको केन्द्रीय समितिको निष्कर्ष रहेको छ ।
३. उक्त आन्दोलन अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा सम्पन्न भएको थियो । देशभरि र प्रवासबाट समेत ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू काठमाडौँंमा आउनु र पुगनपुग एक हप्तासम्म काठमाडौँमा बस्नु सामान्य कुरा थिएन । त्यही बेलामा प्रदूषण बढेर काठमाडौँ संसारको नै एक नम्बरको प्रदूषित सहर बनेको थियो । त्यो स्थितिमाथि ध्यान दिँदै पहिले चैत २४ गतेदेखि ३० गतेसम्मका लागि निर्धारित कार्यक्रमलाई २ दिन घटाएर २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो तैपनि आर्थिक स्थिति, खाने, बस्ने व्यवस्था तथा मौसमको प्रतिकूलताको अवस्थामा पनि आन्दोलन भव्य रूपमा सफल हुनु कार्यकर्ताको उच्च प्रकारको चेतनाका कारणले नै सम्भव हुन गएको हो । त्यसका लागि आन्दोलनमा सहभागी सबै कार्यकर्ता र उनीहरूलाई सहयोग पुऱ्याउने देशभित्र, प्रवास र विदेशका समेत सम्पूर्ण जनतालाई हाम्रो पार्टीले धन्यवाद दिन चाहन्छ ।
४. सङ्घीयता विरुद्धको उक्त आन्दोलन हाम्रो लागि यसकारणले पनि धेरै कठिन थियो कि देशका अन्य सबैजसो राजनीतिक पार्टीले सङ्घीयतालाई नै समर्थन गर्दछन् । त्यसकारण ती सबै हाम्रो आन्दोलनका विरुद्ध थिए । राप्रपाले पनि सङ्घीयताको विरोध गर्दछ तर उसको उद्देश्य सङ्घीयताको ठाउँमा राजाको निरङ्कुश शासन कायम गर्नु हो । त्यसैले उसले सङ्घीयताको विरोध गरे पनि त्यसको उद्देश्य पुरानो प्रकारको केन्द्रीकृत सामन्ती र नोकरशाही प्रकारको एकात्मक प्रणाली कायम गर्नु हो । त्यसकारण त्यसले कायम गर्ने एकात्मक प्रणालीको प्रकृति प्रतिगामी प्रकारको भएको कुरा प्रष्ट छ । त्यसको विपरीत हामीले सङ्घीयतालाई समाप्त गरेर कायम गर्न खोजेको एकात्मक प्रणाली प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित हुनेछ । त्यसैले राप्रपासित सङ्घीयताका विरुद्धको आन्दोलनमा एकता हुन नसक्ने कुरा प्रष्ट नै थियो ।
५. अन्य सबै राजनीतिक शक्ति ता हाम्रो सङ्घीयता विरोधी आन्दोलनका विरोधी नै थिए । त्यसैले हामीले चौतर्फी विरोधका बिचमा सङ्घीयताको आन्दोलन सञ्चालन गर्नुपरेको थियो तैपनि त्यो आन्दोलन भव्य रूपमा सफल भएको कुराले देशमा सङ्घीयताका विरुद्ध व्यापक जनमत भएको कुरालाई बताउँछ ।
६. जुन बेला सङ्घीयताका विरुद्धको आन्दोलन चलिरहेको थियो, त्यही बेला गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध राजावादीको गतिविधि पनि भइरहेको थियो र अहिले पनि उनीहरूको त्यस प्रकारको गतिविधि बढिरहेको छ । त्यसले देशमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर भएको कुरालाई बताउँछ । त्यो कुरामाथि ध्यान दिँदै हाम्रो पार्टीले वैशाख २० देखि २६ गतेसम्म प्रतिगमनका विरुद्ध देशव्यापी रूपमा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ । आन्दोलनलाई जनताको तल्लो तहसम्म पुऱ्याउनको लागि त्यो आन्दोलनलाई पालिका तहमा नै केन्द्रित गरिनेछ । वैशाख २० गतेभन्दा पहिले आन्दोलनको प्रचारात्मक कार्य र आन्तरिक सङ्गठनात्मक तयारीमा लगाइनेछ र २० गतेदेखि २६ गतेसम्म आन्दोलनमा जोड लगाइनेछ । पूर्व राजाको नेतृत्वमा राजावादीले राजतन्त्रको पुनर्स्थापनाका लागि घोषित र सङ्गठित रूपले प्रयत्न गरिरहेका छन् । त्यसकारण गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि पूरा जोड लगाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । त्यसरी नै देशलाई प्रतिगमनको दिशामा जानुबाट रोक्न सकिन्छ र रोक्नु पनि पर्दछ ।
७. यो खुसीको कुरा हो कि अहिले देशमा गणतन्त्रको रक्षाका लागि सत्ता वा प्रतिपक्षका धेरै राजनीतिक शक्तिहरू अगाडि आएका छन् । त्यस प्रकारका राजनीतिक शक्तिमध्ये माओवादी, एकीकृत समाजवादी, एमाले, नेका आदि उल्लेखनीय छन् । प्रतिगमनका विरुद्ध र गणतन्त्रका पक्षमा उनीहरूका त्यस प्रकारका कदमलाई हाम्रो पार्टीले समर्थन गर्दछ । हाम्रो नीति सत्ता वा विपक्षमा भएका विभिन्न राजनीतिक शक्तिसित हाम्रा विगतमा वा अहिले पनि विभिन्न प्रकारका मतभेद भए पनि हाम्रो नीति उनीहरूका प्रतिगमनका विरुद्धका सङ्घर्षलाई समर्थन गर्ने, उनीहरूका त्यस प्रकारका आन्दोलनसित सामञ्जस्यता कायम गर्ने वा केन्द्र र स्थानीयस्तरमा सम्भव भएसम्म सहकार्य वा कार्यगत एकता गर्ने नै हुनेछ । निश्चय नै त्यसो गर्दा उनीहरूसितका मतभेदलाई राजनीतिक रूपले सञ्चालन गर्ने हाम्रो नीति कायम रहनेछ ।
८. नेपालको राजनीतिक इतिहासमा वामपन्थी वा प्रजातान्त्रिक पक्षका कतिपय नेताहरूले आफ्ना महत्त्वाकाङ्क्षा वा पदप्राप्तिका लागि आफ्नो सिद्धान्त वा नीतिलाई त्यागेर राजासित मिलेका कैयौँ उदाहरण छन् । त्यस सन्दर्भमा कम्युनिस्ट पार्टीका डा. केशरजङ्ग रायमाझी र नेपाली काङ्ग्रेसका तुलसी गिरी र विश्वबन्धु थापाका उदाहरणलाई विशेष रूपले चर्चा गर्न सकिन्छ । अहिले पनि नेका वा कतिपय कम्युनिस्ट नेताहरूले दिएका अभिव्यक्तिबाट त्यस प्रकारका घटनाको पुनरावृत्ति हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । व्यक्तिगत महत्त्वाकाङ्क्षा वा पदलोलुपताका कारणले नेपालका धेरै नेताको पतन हुने गरेको छ । त्यसकारण त्यस प्रकारको घटनाको पुनरावृत्ति तथा त्यसबाट देशको राजनीतिमा असर पर्ने सम्भावनातिर पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।
९. यो थाहा भएको कुरा हो कि नेपालका प्रतिगामी शक्तिले एकातिर, पिछडिएका वा जनप्रियतावादी सोचाइलाई आधार बनाएर तथा अर्कातिर, विभिन्न वामपन्थी वा प्रजातान्त्रिक सङ्गठनमा क्रियाशील अवसरवादी तत्त्वलाई उपयोग गरेर नै आफ्ना प्रतिगामी नीतिलाई सफल पार्ने प्रयत्न गर्ने गरेका छन् । अहिले पनि विभिन्न वामपन्थी वा प्रजातान्त्रिक शक्तिका प्रतिगमनप्रति सम्झौतापरस्त दृष्टिकोण राख्ने नीतिबाट प्रतिगमनलाई बल पुग्ने गरेको पाइन्छ । अहिले नेकाभित्रको एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनर्स्थापना वा हिन्दु राष्ट्र स्थापनाको पक्षमा छ । माओवादीले पनि पदको लागि विभिन्न पक्षसित सिद्धान्तहीन प्रकारले सौदाबाजी गर्ने गरेका उदाहरण हाम्राअगाडि छन् । अहिले एमालेले प्रतिगमनका विरुद्ध स्पष्ट नीति लिएको देखिन्छ तर गत कालमा त्यसले प्रतिगामी शक्तिप्रति बारम्बार सम्झौतापरस्त नीति अपनाएको तथा धर्मनिरपेक्षताका विरुद्ध काम गरेका कैयौँ उदाहरण छन् । कतिपय वामपन्थी शक्तिले पनि गणतन्त्र र धर्मनिरपेक्षता वा प्रतिगमनको खतराको प्रश्नमा ढुलमुल र अवसरवादी वा सम्झौतापरस्त नीति अपनाएको पाइन्छ । यी सबै कारणले पनि प्रतिगमनलाई एक वा अर्को प्रकारले बल पुऱ्याउने गरेका छन् । त्यसकारण देशमा प्रतिगमन विरुद्धको सङ्घर्षलाई सशक्त रूपले अगाडि बढाउनका लागि विभिन्न राजनीतिक शक्तिमा भएका त्यस प्रकारका गलत सोचाइको आलोचना गर्ने र त्यसबाट आम जनतामा पर्न गएको भ्रमलाई साफ गर्न हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ । त्यस प्रकारका कमजोरीका बाबजुद उनीहरूले जुन हदसम्म गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा वा प्रतिगमन विरुद्धको सङ्घर्षमा सकारात्मक भूमिका खेल्दछन्, हाम्रो नीति उनीहरूसित तालमेल गर्ने नै हुनेछ वा हुनुपर्दछ ।
१०. अन्तमा, आज विश्वस्तरमा साम्राज्यवाद र युद्ध तथा नेपालमा प्रतिगमनको खतरा धेरै नै गम्भीर भए पनि विश्वस्तरमा र नेपालमा पनि जनताको उच्च चेतनाका कारणले साम्राज्यवादका युद्धका नीतिलाई पराजित गरेर युद्धलाई रोक्नु र शान्ति कायम गर्नु, नेपालमा प्रतिगमनको खतराबाट देशमा गणतन्त्र र धर्मनिरपेक्षताको तथा राष्ट्रियताको समेत रक्षा गर्नु सम्भव हुनेछ भन्ने हामीले आशा गरेका छौँ । त्यसका साथै विश्वस्तरमा पनि साम्राज्यवादका विरुद्ध र शान्तिका पक्षमा बढीभन्दा बढी योगदान दिने हाम्रो प्रयत्न हुनेछ । त्यसैले आगामी वर्ष समग्र रूपमा उज्ज्वल हुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ ।”
Facebook Comments Box
Previous Post

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

Next Post

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

Stambha News

Stambha News

Related Posts

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम
विचार/ब्लग

पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया
राजनीति

चुनावको मूल्याङ्कन र परराष्ट्रनीतिबारे राजमोको अन्तरक्रिया

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !
विशेष

सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत !

by Stambha News
२०८२ बैशाख ७, आईतवार १५:५२
Next Post
लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

लायन मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालका गभर्नरमा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

स्कुटर चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ, मुख्य योजनाकार अझै फरार

स्कुटर चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ, मुख्य योजनाकार अझै फरार

२०८२ बैशाख ७, आईतवार १५:५२
लामो समय किन लाग्छ रुघाखोकी निको हुन

लामो समय किन लाग्छ रुघाखोकी निको हुन

२०८२ बैशाख ७, आईतवार १५:५२
उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजार नाघ्यो

२०८२ बैशाख ७, आईतवार १५:५२

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
  • महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
  • पोखरामा ऐसेलुको सिजन सुरु, पहाडी स्वादको रमाइलो मौसम

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?