• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा

Stambha News by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
in अन्तर्राष्ट्रिय, विशेष, स्तम्भ विशेष
0
भारतकाे जम्मू–काश्मीरमा भएको आतङ्कवादी आक्रमणको नेपालले गर्‍याे निन्दा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१० वैशाख,काठमाडौं । छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो ।

साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाउनुभएको छ । उहाँले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिनुभएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।

जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।

Facebook Comments Box
Previous Post

अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै

Next Post

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

Stambha News

Stambha News

Related Posts

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
राजनीति

बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास

by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
विचार/ब्लग

मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा

by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
विचार/ब्लग

नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन
विचार/ब्लग

एटीएम कारोबार सीमा घटाइयो : राष्ट्र बैङ्कको नयाँ निर्देशन

by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न
विचार/ब्लग

महिला फोटोग्राफर सशक्तिकरण कार्यशाला सम्पन्न

by Stambha News
२०८२ बैशाख १०, बुधबार ०९:३७
Next Post
पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

त्रिविको ५० औं दीक्षान्त समारोहमा १४ हजारभन्दा बढी विद्यार्थी आज दीक्षित हुँदै

२०८२ बैशाख १०, बुधबार ०९:३७
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

२०८२ बैशाख १०, बुधबार ०९:३७
ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

ह्यारिसनभिल सिटीका मेयरद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अवलोकन

२०८२ बैशाख १०, बुधबार ०९:३७

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बजेटमा निजी क्षेत्र उत्साहित: अर्थतन्त्र चलायमान हुने र लगानी बढ्ने विश्वास
  • मदिरा र चुरोटमा कर वृद्धि, माइक्रो ब्रुअरी पनि अन्तःशुल्कको दायरामा
  • नेपाल फोटोग्राफर महासंघद्वारा शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?