• Login
Upgrade
News Around the world
Advertisement
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • विचार/ब्लग
  • अपराध
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
News Around the world
No Result
View All Result
Home विशेष

थानकोटमा २५ वर्षपछि क्षेत्र ‘ग’ जेसीज सम्मेलन, ७ सय सहभागिता, पर्यटन प्रवर्द्धनमा आशा

Stambha News by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
in विशेष, समाज
0
थानकोटमा २५ वर्षपछि क्षेत्र ‘ग’ जेसीज सम्मेलन, ७ सय सहभागिता, पर्यटन प्रवर्द्धनमा आशा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

१४ जेठ,काठमाडौं । काठमाडौंको थानकोटमा २५ वर्षपछि पहिलोपटक नेपाल जेसीज क्षेत्र ‘ग’ को क्षेत्रीय सम्मेलन भव्य रूपमा हुने भएको छ। थानकोट जेसीजको रजत जयन्तीको अवसर पारेर जेठ १६ र १७ गते आयोजना हुने सम्मेलनको तयारी पूरा भएको सम्मेलन निर्देशक तथा नेपाल जेसीजका पूर्व कोषाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिएका छन्।

सम्मेलनको उद्घाटन उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने कार्यक्रम रहेको छ। थानकोट जेसीजका संस्थापक अध्यक्ष सिनेटर नन्ददास अमात्यका अनुसार करिब ७ सय सहभागी हुने अनुमान गरिएको छ। उनले चन्द्रागिरिमा यस सम्मेलनले बहुआयामिक सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सम्मेलन सभापति तथा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटाले सम्मेलनलाई इतिहासमै स्मरणीय बनाउने अठोट लिएको बताए। राष्ट्रिय उपाध्यक्ष संगम कार्कीले कार्यक्रम ऐतिहासिक, सभ्य र भव्य हुने दाबी गरे।

थानकोट जेसीज अध्यक्ष विराज शाहीले सम्मेलनले सम्पूर्ण जेसीज युवाहरू र चन्द्रागिरि नगरपालिकाको पहिचानमा योगदान पुर्‍याउने बताए।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा संविधानविद डा. भीमार्जुन आचार्य, कलाकार दीपकराज गिरी, ईगभरनेशनका प्रमुख दिपेश विष्ट सहभागी हुने ‘थिम सेमिनार’ पनि हुनेछ।

शुक्रबार शान्ति र्‍याली तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिनेछ भने पहिलो दिन थानकोट बजारदेखि कोटघरसम्म शान्ति र्‍याली, प्रकरण गोष्ठी र थानकोट नाइट सहित नेवारी परिकारको स्वाद दिइनेछ।

दोस्रो दिन चन्द्रागिरि हिल्स, दहचोकस्थित ईन्द्रः कालुपाण्डे समाधिस्थल अवलोकन भ्रमण गरिनेछ। बैठक संसदीय प्रणालीबाट सञ्चालन हुनेछ।

कार्यक्रममा व्यक्तित्व विकास प्रतियोगिता, व्यापार प्रवर्द्धन, “समाजमा जेसीज किन” भन्ने विषयमा प्रशिक्षण लगायत विभिन्न युवा लक्षित सत्रहरू हुनेछन्। राष्ट्राध्यक्ष रजनी थापा लगायत पदाधिकारीहरूको उपस्थिति रहनेछ।

साधारण नागरिकले १५ सय रुपैयाँ शुल्कमा ‘भिजिटर पास’ मार्फत सहभागिता जनाउन सक्नेछन् भने जेसीज सदस्यहरूका लागि खानपान र आवासको व्यवस्था आयोजकले गर्नेछ। विजनेस पार्टनरलाई मायाको चिनो प्रदान गरिनेछ भने सोही अवसरमा ‘शोनितपुर स्मारिका’ विमोचन गरिने छ।

सम्मेलनले युवा नेतृत्व, व्यक्तित्व विकास तथा चन्द्रागिरिको आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन्।

तस्बिरहरू :

Facebook Comments Box
Previous Post

मध्यविन्दुमा तीन जना सवार मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

Next Post

पर्साका दुई जना बलात्कारको अभियोगमा पक्राउ

Stambha News

Stambha News

Related Posts

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
विशेष

बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
विशेष

पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने
विशेष

रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा
राजनीति

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय: राहत, सहुलियत र सार्वजनिक बिदा

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’
मनोरञ्जन

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

by Stambha News
२०८२ जेष्ठ १४, मंगलवार १८:५३
Next Post
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पर्साका दुई जना बलात्कारको अभियोगमा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सिफारिस

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

निर्वाचन नजिकिँदै जाँदा ८ लाख मतदाता काठमाडौँ उपत्यका बाहिरिँदै

२०८२ जेष्ठ १४, मंगलवार १८:५३

नेपालगन्जमा चियागन्जको मोह

२०८२ जेष्ठ १४, मंगलवार १८:५३
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

२०८२ जेष्ठ १४, मंगलवार १८:५३

विधागत

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • खेलकुद
  • जीवनशैली
  • निर्वाचन
  • निर्वाचन बिशेष
  • नेपाल प्रहरी
  • नेपाली सेना
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विशेष
  • समाज
  • सशस्त्र प्रहरी
  • स्तम्भ विशेष
  • स्वास्थ्य
News Around the world

अब देश, दुनियाँको समग्र खबर एकैठाउँमा स्तम्भ न्यूज डटकम ।
सूचना विभाग दर्ता नम्बरः ४६२०-२०८०/२०८१
प्रधान सम्पादक : रोशन दानी
निर्देशक : झविला (झिविन्द्र) बेलवासे
सम्पादकः खेमराज अधिकारी
सह-सम्पादक : डम्बर कार्की
कार्यकारी सम्पादक : पेशलकुमार खतिवडा

संवाददाता
लुम्विनी प्रदेश: कृष्ण पौडेल
रोल्पाः नन्दराम खड्का
अमेरिकाः दधिराम खतिवडा

ताजा अपडेट

  • बाढी प्रभावित एक सय परिवारलाई आमर्ट नेपालद्वारा राहत सामग्री वितरण
  • पेप्सीकोला प्लानिङमा भीषण आगलागी: १० पसल र ३ घरमा क्षति, मानवीय क्षति भने टर्यो
  • रसुवाको टिमुरेमा पहिरोले पुरिएका ९८ शव एकै ठाउँमा फेला, डीएनएबाट पहिचान गरिने

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

No Result
View All Result

© 2023 STAMBHANEWS - Site by GoSA Desktop.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?