स्तम्भन्युज
-खेम राज अधिकारी![]()
काठमाडौं, भदौ २६ – त्रिभुवन विश्वविद्यालयले मुलुकमा विद्यमान असामान्य परिस्थितिका कारण कात्तिक १० गतेसम्म सम्पूर्ण पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालय तथा जनसम्पर्क महाशाखाले आज सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित कक्षा सञ्चालन हुने जनाएको छ।
सूचनामा भदौ २९, ३० र ३१, असोज १, २ र ५ तथा कात्तिक ९ गतेका लागि पूर्वनिर्धारित पठनपाठन बन्द गरिने उल्लेख छ। यी दिनहरूलाई भने आगामी हिउँदे बिदाबाट कटौती गर्ने निर्णय गरिएको छ।
त्रिविले विद्यार्थी र शिक्षकलाई यसबीच धैर्य धारण गर्न अनुरोध गरेको छ।










